जोसमनी : एक व्यावहारिक दर्शन
जोसमनी एक व्यावहारिक दर्शन डा.टीकाराम आचार्य ‘आरुणि’ सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको गोष्ठीमा प्रस्तुत गर्नका लागि तयार पारिएको छलफलपत्र । मिति २०८०÷०६÷१३ १ परिचय नेपाली माटोमा जन्मे हुर्केको र सनातन धर्मका धार्मिक विधिविधानका कट्टताको पञ्जाबाट उम्काउनका लागि आविष्कार गरिएको सुधारपरक व्यावहारिक चिन्तन जोसमनी दर्शन हो । एउटा सम्प्रदायका भक्तहरुमा प्रचलित भएका कारण यसलाई ‘मत’ पनि भन्न सकिन्छ । यो दर्शन सनातनीहरूले स्वीकार गर्ने वेद निर्दिष्ट कर्ममा आधारित भए पनि यसले कट्टताका नियमलाई हुबहु मान्दैन बरु परिष्कार गरी सरल बनाएर जीवन चलाउनु पर्छ भन्ने मान्यता सहर्ष स्वीकार गर्छ । वैदिक विधिमुताक गरिने यज्ञयज्ञादिमा हुने अभिचार विधिको जटिलता एवं त्यसबाट पोषित छुवाछुत लगायत भेदभावपूर्ण नीति नियम बहिष्कार गर्दछ । मन, वचन र कर्मबाट अहिंसालाई जोड दिनु, ईश्वरीय आराधनालाई सजिलो र सर्वस्वीकार्य बनाउनु, समाजका सडेगलेका चिन्तनहरूलाई अफाल्नु, निर्गुण ईश्वरको अस्तित्व ग्रहण गर्नु, विभेद, भ्रष्टाचार, आडम्बर, नारीहिंसा, गरिब विरोधी तŒवको उछितो काड्नु र जातिप्रथाको खुेलेर विरोध गर्नु...