जैमिनि क्षेत्र कुस्मिसेरा JAIMINI CHHETRA KUSHMISERA
जैमिनि क्षेत्र कुस्मिसेरा टीकाराम आचार्य ‘आरुणि’ जैमिनि न.पा. १ कुस्मिसेरा । बागलुङ जिल्ला सदरमुकामको दक्षिणतिर पहाडी भेगमा पर्ने जैमिनि नगरपालिको वडा नं. १ मा जैमिनि क्षेत्र रहेको छ । ९.७६ वर्ग कि.मी. मा फैलिएको कुुस्मिसेराबाट बग्ने ठेउले खोलाको पुछार र कालगण्डकी नदीको किनारमा जैमिनि क्षेत्र अवस्थित छ । जैमिनि क्षेत्र कुस्मिसेराको मात्र नभएर दमेक, सकुर्वा, बिनामारे, अर्जेवा, जैदी, छिस्ती, पैयुँथन्थाप र राङ्खानी जस्ता ठाउँहरूको पनि आस्थाको धरोहर हो । उक्त ठाउँका करिब एकतिस हजार (२०७५ साल सम्ममा) जनताहरूले जैमिनि घाट भनेर सम्बोधन गर्छन् । यस क्षेत्रको उत्तरतिरबाट ठेउले खोला बग्दैे आएको छ भने दक्षिणतिर कालीनदी बगिरहेको छ । उक्त स्थानबाट उत्तरतर्फ लाग्दा कुस्मिसेराको टुनिबोट पुगिन्छ भने दक्षिणतिर अवस्थित कालीनदीको पुल तरेर पर्वतको फलेबास पुगिन्छ । पूर्वतिरको भूभागमा सरङ्गी र पश्चिमतिर बिनामारे÷थन्थाप अवस्थित छ । वर्तमान समयमा गण्डकीकै पश्चिमतिरबाट कालीगण्डकी (करिडोर) राजमार्ग बनाइएको छ । यस मार्गले जैमिनि क्षेत्रसम...