Posts

डा. टीकाराम आचार्य ‘आरुणि’ : परिचय

डा. टीकाराम आचार्य ‘आरुणि’(2040) — विस्तृत जीवनी १. परिचय डा. टीकाराम आचार्य ‘आरुणि’ नेपाली भाषा, साहित्य, दर्शन तथा अनुसन्धानका क्षेत्रमा सक्रिय विद्वान्, शिक्षक, लेखक र अनुसन्धानकर्ता हुनुहुन्छ। उहाँका प्रकाशित लेखहरूमा विशेषगरी पूर्वीय दर्शन, नेपाली दर्शन, साहित्यिक कृति विश्लेषण, आख्यान, संस्कृति र स्थानीय इतिहास–सम्पदासम्बन्धी विषय देखिन्छन्। उहाँको लेखनमा दर्शन र साहित्यलाई जोडेर कृतिको विश्लेषण गर्ने प्रवृत्ति विशेष देखिन्छ। उदाहरणका रूपमा उहाँले राजेश्वर देवकोटाको उत्सर्ग प्रेम उपन्यासलाई सांख्य दर्शनको दृष्टिबाट अध्ययन गर्नुभएको छ। २. शैक्षिक पृष्ठभूमि उहाँले नेपाल संस्कृत विश्वविद्यालयबाट वि.सं. २०७६ मा विद्यावारिधि (PhD) प्राप्त गर्नुभएको छ। उहाँले स्नातक तथा स्नातकोत्तर तहमा लघु अनुसन्धान गरेको विवरण पनि पाइएको छ। उहाँको जन्ममिति २०४०, जन्मस्थान बागलुङ, अभिभावक (योगेश्वर ढाकाकुमारी ) तथा विद्यालय तह शान्ति मा. वि.मा र उच्च शिक्षा (PhD) गर्नु भएको छ । ३. शिक्षण तथा पेशागत जीवन टि.जि.टि. सैनिक आवासीय महाविद्यालय, पोखरा विशेषज्ञ, शितलादेवी सामुदायिक माध्यमिक विद्यालय, पोख...

Jaimini song

काली नदी छेउतिर पाउ सारेर पूर्वतिर मोहोडाले हिस्सी भरेर जैमिनिले ज्ञान पाए हामी सम्झिनि मातृभूमि प्यारो छ हाम्रो जैमिनि... ज्ञान, ध्यान तपस्याको बेनी बनेको ढुङ्गे छाना घरघर चट्ट परेको कुश्मिसेरा जम्मगायो बल्छ इन्द्रेनी लोकगीतको शिरताज हाम्रो जैमिनि मातृभूमि प्यारो छ हाम्रो जैमिनि कालुङ पालुङ खोलीभित्र ऊर्जा बग्दछ धान, मकै, सुन्तलाले आँटी भर्दछ। पसिनाको सुवाशले आँत भर्दछ स्वर्गपथ खोज्यौ कि त ? यतै पर्दछ ? मातृभूमि प्यारो छ हाम्रो जैमिनि गाजा रिेठे दहभित्र हिमालको छायाँ हाँडीकोटका औषधीमा अमिट छ माया आशिक् दिऊन् माइथानीले देउरालीमा बसी देवतुल्य अतिथिलाई डाक कम्मर कसी मातृभूमि प्यारो छ हाम्रो जैमिनि मगर, गुरुङ, बोटे, आर्य, नेवारीका भाका टारीखेतमा तोरी फुल्छ बन्छ मह चाका मुख आँखा नबोले नि मनको भाव खुल्नी माला एक, फूल धेर प्यारो जैमिनि मेरो जन्म भूमि मेरी आमा तिमी प्यारो जैमिनी नगर जैमिनि...

जोसमनी : एक व्यावहारिक दर्शन

जोसमनी एक व्यावहारिक दर्शन डा.टीकाराम आचार्य ‘आरुणि’ सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको गोष्ठीमा प्रस्तुत गर्नका लागि तयार पारिएको छलफलपत्र । मिति २०८०÷०६÷१३ १ परिचय नेपाली माटोमा जन्मे हुर्केको र सनातन धर्मका धार्मिक विधिविधानका कट्टताको पञ्जाबाट उम्काउनका लागि आविष्कार गरिएको सुधारपरक व्यावहारिक चिन्तन जोसमनी दर्शन हो । एउटा सम्प्रदायका भक्तहरुमा प्रचलित भएका कारण यसलाई ‘मत’ पनि भन्न सकिन्छ । यो दर्शन सनातनीहरूले स्वीकार गर्ने वेद निर्दिष्ट कर्ममा आधारित भए पनि यसले कट्टताका नियमलाई हुबहु मान्दैन बरु परिष्कार गरी सरल बनाएर जीवन चलाउनु पर्छ भन्ने मान्यता सहर्ष स्वीकार गर्छ । वैदिक विधिमुताक गरिने यज्ञयज्ञादिमा हुने अभिचार विधिको जटिलता एवं त्यसबाट पोषित छुवाछुत लगायत भेदभावपूर्ण नीति नियम बहिष्कार गर्दछ । मन, वचन र कर्मबाट अहिंसालाई जोड दिनु, ईश्वरीय आराधनालाई सजिलो र सर्वस्वीकार्य बनाउनु, समाजका सडेगलेका चिन्तनहरूलाई अफाल्नु, निर्गुण ईश्वरको अस्तित्व ग्रहण गर्नु, विभेद, भ्रष्टाचार, आडम्बर, नारीहिंसा, गरिब विरोधी तŒवको उछितो काड्नु र जातिप्रथाको खुेलेर विरोध गर्नु...

सनातनी कट्टरताको प्रखर विद्रोहमा उभिएको जोसमनी मत ः योगमाया उपन्यासका सापेक्षतामा

सनातनी कट्टरताको प्रखर विद्रोहमा उभिएको जोसमनी मत ः योगमाया उपन्यासका सापेक्षतामा डा.टीकाराम आचार्य ‘आरुणि’ मिति २०८० असोज १३ सार दुई सय वर्ष जति पुरानो जोसमनी मत नेपाली माटोको मौलिक आध्यात्मिक विचारधारा हो । सन्त शशिधरले आविष्कार गरेको यस मतले निर्गुण भक्तिका माध्यमबाट ईश्वरको आराधना गर्ने मात्र नभई धर्मलाई विधिविधानको जटिलताबाट मुक्त गरी मानवीय व्यवहारमा उतार्न सहज हुने काइदाहरू अवलम्बन गरेको छ । उनै शशिधरले प्रतिपादन गरेको समावेशी समाज सुधारपरक मतका सापेक्षताबाट योगमाया उपन्यासको अध्ययन गरी प्रस्तुत अनुसन्धान तयार गरिएको छ । निलम कार्की निहारिकाद्वारा लिखित यस उपन्यासको विश्लेषणका लागि सोही मतलाई सैद्धान्तिक आधारका रूपमा लिइएको छ । उपन्यासका साक्ष्यहरूलाई प्रमाणका रूपमा पेस गरी जोमनी मतको प्रभाव निरूपण गर्नका लागि विश्लेषणात्मक र व्याख्यात्मक विधिको प्रयोग गरिएको छ । उपन्यासको विश्लेषणका क्रममा जोसमनी मतका नौवटा मूलभूत विचारलाई ग्रहण गरी सोही कोणबाट अनुसन्धेय कृतिको विश्लेषण गरी जोसमनीहरूको उदारपरक र निर्गुण भक्तिवादी मान्यताको प्रभाव उपन्यासमा प्रस्ट रूपमा परेको छ भनी निचोड स्था...