Posts

Showing posts from 2020

प्रभा भट्टराई

साभार ः सुलेख पत्रिका  www.sulekhmasik.com.np लेखक ः बाजुराम पौडेल पिता नारायणदत्त शास्त्री र माता मिठ्ठू आचार्यका सुपुत्रीका रूपमा वि.सं. २०२२ कात्तिक १६ का दिन चँुदी रम्घा, तनहँुमा प्रभा भट्टराई (आचार्य) को जन्म भयो । हाल उनी भीमसेन थापा मार्ग–१०२, ताहाचल, वडा नं. १३, काठमाडौँमा छोरी सम्पदा र छोरा ्सत्येन्द्रका साथ पारिवारिक जीवन बिताउँदै छिन् । वि.सं. २०४६ मा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर पूरा गरी हाल पद्मकन्या क्याम्पसमा उपप्राध्यापक भई प्राध्यापन गरिरहेकी प्रभा भट्टराईले भारत तथा चीनका सीमावर्ती ठाउँ र नेपालका अधिकांश जिल्लाहरूमा भ्रमण गरेकी छन् । शिक्षित एवं उच्च कुलीन परिवारका जन्मेकी प्रभा भट्टराई (आचार्य) लाई आफ्नो व्यक्तित्व निर्माणका लागि त्यति सङ्घर्ष गर्नु नपरेको बुझिन्छ । हुन पनि शिक्षा, सङ्गत, पारिवारिक वातावरण तथा उनको आफ्नै तीक्ष्णताका कारण उनको जीवनउत्थान सहज बनेको अनुभव हुन्छ । सुशिक्षा र शिक्षित अभिभावकका मार्ग निर्देशन प्रभाका लागि उपयोगी अवसर बन्यो । यसैगरी अनुशासित र मर्यादित उनका जीवनयात्राले उनी स्वयम्लाई धैर्यशील र जीव...

जन्म दिनको शुभकामना गीत

Image
 सुदिनम् सुदिनम् जन्म दिन  मङ्गलम् मङ्गलम् जन्म दिन  कीर्ति प्रिति बढिरहोस्  चिरञ्जीवी दाहिना होऊन्  मङ्गलम् मङ्गलम् शुभकामना... पाइला अघि बढि रहनू  मनकामना पूर्ण होअोस्  मानव प्रेम बढिरहोस् । मङ्गलम् मङ्गलम् शुभकामना.... निरोगिता बनिरहोस्  हिम्मत सधैं साथमा रहोस् । मङ्गलम् मङ्गलम् शुभकामना.... ......तिमलाई अनगिन्ति शुभकामना...

अन्जसको अन्नप्राशन

आयुष्मान् पुत्र अन्जस आचार्य तिमीले आज २०७७/०२/२८ गतेको शुभ मुहूर्तमा अन्नप्राशन संस्कार ग्रहण गरेका छौ । छोरा ! भविष्यमा प्रकृतिबाट उत्पन्न खाद्यपदार्थको संरक्षणमा ध्यान दिनेछौ र आफ्नो शरीरलाई हृष्टपुष्ट तुल्याउने छौ । हामी ईश्वर, परिवार र इष्टमित्रको तिमीमाथि सदैव आशीर्वाद रहनेछ । शुभ आशीर्वाद !

Dream! But while you are awake

Image