प्रभा भट्टराई
साभार ः सुलेख पत्रिका www.sulekhmasik.com.np लेखक ः बाजुराम पौडेल पिता नारायणदत्त शास्त्री र माता मिठ्ठू आचार्यका सुपुत्रीका रूपमा वि.सं. २०२२ कात्तिक १६ का दिन चँुदी रम्घा, तनहँुमा प्रभा भट्टराई (आचार्य) को जन्म भयो । हाल उनी भीमसेन थापा मार्ग–१०२, ताहाचल, वडा नं. १३, काठमाडौँमा छोरी सम्पदा र छोरा ्सत्येन्द्रका साथ पारिवारिक जीवन बिताउँदै छिन् । वि.सं. २०४६ मा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर पूरा गरी हाल पद्मकन्या क्याम्पसमा उपप्राध्यापक भई प्राध्यापन गरिरहेकी प्रभा भट्टराईले भारत तथा चीनका सीमावर्ती ठाउँ र नेपालका अधिकांश जिल्लाहरूमा भ्रमण गरेकी छन् । शिक्षित एवं उच्च कुलीन परिवारका जन्मेकी प्रभा भट्टराई (आचार्य) लाई आफ्नो व्यक्तित्व निर्माणका लागि त्यति सङ्घर्ष गर्नु नपरेको बुझिन्छ । हुन पनि शिक्षा, सङ्गत, पारिवारिक वातावरण तथा उनको आफ्नै तीक्ष्णताका कारण उनको जीवनउत्थान सहज बनेको अनुभव हुन्छ । सुशिक्षा र शिक्षित अभिभावकका मार्ग निर्देशन प्रभाका लागि उपयोगी अवसर बन्यो । यसैगरी अनुशासित र मर्यादित उनका जीवनयात्राले उनी स्वयम्लाई धैर्यशील र जीव...