स्फोट संस्कृत व्याकरण परम्परामा आविष्कृत पाणिनीय दर्शनको महत्त्वपूर्ण विषय हो। केही व्यक्तिहरू यस स्फोट (नित्य शब्द) लाई विश्व उत्पत्तिको कारण वा ब्रह्म मान्दछन्। तिनै शब्द स्फोटलाई विश्वको मूल कारण मान्नेहरूलाई स्फोटवादी र यसको नियमलाई स्फोटवाद भनिन्छ। पाणिनी दर्शनमा वर्णहरुको वाचकत्वलाई भन्दा त्यसबाट प्रवाह हुने स्फोटात्मक अर्थलाई बढी जोड दिइएको छ । वर्णद्वारा जे अर्थ प्रस्फुटित हुन्छ त्यो वर्णातिरिक्त हुन्छ भन्ने उनीहरुको मान्यता छ । जस्तै: कमल शब्दका क, म र ल वर्णबाट जुन कमल भन्ने वास्तविक फूल अर्थ निस्कन्छ त्यो कमल शब्दको सामूहिक अर्थ हो वर्णको होइन । हो त्यही स्फोट हो र स्फोट नित्य छ । पाणिनीय दर्शनको मतअनुसार स्फोटात्मक निरवयव नित्य शब्द नै यो सारा जगत्काे आदि कारण हो र त्यसलाई परब्रह्म पनि भनिन्छ । अनादि अक्षर रूप शब्द ब्रह्मको सामर्थ्यबाट भाषिक व्यवस्था अर्थमा पर्वर्तित हुन्छ । शब्दका नित्य र अनित्य दुई भेद छन् । नित्य शब्द स्फोट मात्र हो । सम्पूर्ण वर्णात्मक उच्चरित शब्द अनित्य हुन् । अर्थबोधन सामर्थ्य केवल स्फोटमा हुन्छ । वर्ण भनेका (स्फोट) अभिव्यक्ति...