राजेश्वर देवकोटाको ‘उत्सर्ग प्रेम’ उपन्यासमा सांख्य दर्शन by aruni acharya
राजेश्वर देवकोटाको ‘उत्सर्ग प्रेम’ उपन्यासमा सांख्य दर्शन टीकाराम आचार्य आरुणि १. विषयवस्तु गोर्खा जिल्लाको लिगलिग गा.वि.स.मा वि.सं. १९८६ सालमा जन्मिएका राजेश्वर देवकोटा मध्यमवर्गीय परिवारका हुन् । उनले पिता हरिभक्त देवकोटा र माता बसुन्धरा देवकोटाका जेठा सुपुत्रका रुपमा जन्मी, हुर्की, आफ्ना पण्डित पिताबाटै आरम्भिक शिक्षा ग्रहण गरेका हुन् । उनले संस्कृत साहित्यमा शास्त्री, अंग्रेजीमा बी.ए. र हिन्दीमा साहित्यरत्नसम्मको औपचारिक अध्ययन गरेको बुझिन्छ । उनले औपचारिक अध्ययनका अतिरिक्त, कला, साहित्य र दर्शनका बारेमा प्रशस्त स्वाध्ययन गरेको पाइन्छ । हिन्दी भाषाबाट कलम चलाएका देवकोटाले कविता विधाबाट लेखनको आरम्भ गरेका पनि खुल्न आउँछ । साहित्यका क्षेत्रमा देवकोटाले निबन्ध बालसाहित्य जीवनी साहित्य, कविता, कथा र उपन्यास विधामा क्रियाशिलता रहेको देखिन्छ । उनका कृतिहरु निबन्ध विधातर्फ ‘शाही भोज’ (२०१४) ‘नेपाली निबन्धावली’ (२०१८) (सहलेखन), बाल साहित्य तर्फ ‘बाल साहित्य’ (सहलेखन), जीवनी साहित्यतर्फ ‘हाम्रा पुर्खाहरु’ (२०२४), कविता सँगालोका रुपमा ‘युगकाव्य’ (२०३९) र उ...