Posts

Showing posts from 2016

नेपाली गृहकार्य

नेपाली गृहकार्य कक्षा १० तपार्इंलाई यो पेजमा स्वागत छ । तपाईको गृहकार्य यस प्रकार छ ः १. आमा अथवा बाबाको जीवनी लेखी फोटो टाँस्नु होस् । २. पुराना प्रश्नको सँगालो हेरी एक सेट प्रश्नको उत्तर लेख्नु होस् । ३. यस पेजमा प्रकाशित लेखको सूची बनाउनु होस् ।

darsanko bikas पूर्वका दर्शनको विकास

पूर्वका दर्शनको विकास प्रक्रिया टिकाराम आचार्य ‘आरुणि’ सारः यस आलेखमा पूर्वीय दर्शनको विकास प्रक्रियाको सामान्य आरेख प्रस्तुत गरिएको छ । वैदिक कालदेखि लिएर आधुनिक कालसम्मका दार्शनिकहरूको समान्य परिचय र तिनका कृतिको विवरण एवं समयको जानकारी गाराइएको छ । प्रस्तुत आलेखलाई व्यवस्थित गर्नका लागि सात अध्यायमा विभाजन गरिएको छ । यस आलेखबाट पाठकले दर्शनको विकासबारे सामान्य जानकारी प्रप्त गर्न सक्नेछन् । १. विषय प्रवेश        पूर्वीय संस्कृति, साहित्य, कला, भाषा र दर्शनको पृष्ठभूमि भनेर ‘‘ऋग्वेद’’लाई मानिदै आएको पाइन्छ । ‘वेद’ समावेशात्मक अर्थयुक्त शब्द रहेको पाइन्छ । जस अन्तर्गत संहिता, ब्राह्मण, आरण्यक, उनिषद् आदि समावेश भएको पाइन्छ । वैदिक कालीन ऋषिहरूले आफ्ना विचार र व्यवहारलाई मानिसको कल्याणका लागि सुखवादी सोच अँगाल्दै अघि बढाएको पाइन्छ (शर्मा र अन्य, २०६९ः ४८) । मानवीय सभ्यताको विकासमा पूर्वीय आर्यहरूको इतिहास, समाजिक नीति, चालचलन, मूल्य र मान्यता, सदाचार, दर्शन र धर्मको पूर्वाधार वेद रहेको बुझिन्छ (मिश्र, सन् २०१२ः ४७) । वेद, ब्राह्मण र आरण्यक आदि ग्रन्थह...

पूर्वका दर्शनको विकास प्रक्रिया

पूर्वका दर्शनको विकास प्रक्रिया टिकाराम आचार्य ‘आरुणि’ सारः यस आलेखमा पूर्वीय दर्शनको विकास प्रक्रियाको सामान्य आरेख प्रस्तुत गरिएको छ । वैदिक कालदेखि लिएर आधुनिक कालसम्मका दार्शनिकहरूको समान्य परिचय र तिनका कृतिको विवरण एवं समयको जानकारी गाराइएको छ । प्रस्तुत आलेखलाई व्यवस्थित गर्नका लागि सात अध्यायमा विभाजन गरिएको छ । यस आलेखबाट पाठकले दर्शनको विकासबारे सामान्य जानकारी प्रप्त गर्न सक्नेछन् । १. विषय प्रवेश        पूर्वीय संस्कृति, साहित्य, कला, भाषा र दर्शनको पृष्ठभूमि भनेर ‘‘ऋग्वेद’’लाई मानिदै आएको पाइन्छ । ‘वेद’ समावेशात्मक अर्थयुक्त शब्द रहेको पाइन्छ । जस अन्तर्गत संहिता, ब्राह्मण, आरण्यक, उनिषद् आदि समावेश भएको पाइन्छ । वैदिक कालीन ऋषिहरूले आफ्ना विचार र व्यवहारलाई मानिसको कल्याणका लागि सुखवादी सोच अँगाल्दै अघि बढाएको पाइन्छ (शर्मा र अन्य, २०६९ः ४८) । मानवीय सभ्यताको विकासमा पूर्वीय आर्यहरूको इतिहास, समाजिक नीति, चालचलन, मूल्य र मान्यता, सदाचार, दर्शन र धर्मको पूर्वाधार वेद रहेको बुझिन्छ (मिश्र, सन् २०१२ः ४७) । वेद, ब्राह्मण र आरण्यक आदि ग्रन्थहरूमा द...

सांख्य दर्शनका आचार्यहरु

सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराका लागि तयार परिएको छलफल पत्र, २०७२÷०१÷१२ । सांख्य दर्शनका आचार्यहरु टीकाराम आचार्य आरुणि  १.सांख्य दर्शनको पृष्टभूमि वैचारिक दृष्टिले दक्षिण एसियाली दर्शनमा सांख्य दर्शनको एक विशिष्ट स्थान रहेको छ । मीमांसा, वैशेषिक, न्याय र योग दर्शनको विचारले गतिशील विश्वको वैचारिक व्याख्या गर्न असमर्थ भएको ठान्दै सांख्य दर्शन एक पाइला अगाडि बढेर आना विचारहरू प्रस्तुत गरेको छ । यसले सृष्टिको रचना प्रक्रियाको वर्णन गर्दै पूर्वीय विकासवादको प्रर्वतन गरेर ‘अलौकिक तत्त्वबाट सांसारको रचना भएको’ भन्ने अन्य पूर्वीय दर्शनको प्रखर खण्डन गरेको छ । यस दर्शनका विचारमा यो संसार कुनै सृष्टिकर्ता ईश्वरको कार्य होइन बरु यो संसार असंख्य आत्माहरू तथा सदा कर्मशील प्रकृतिको परस्पर पतिक्रियाको परिणाम हो (राधाकृष्णन्, २०१३ ः २१४) ।     ऋग्वेदमा सांख्य दर्शन सम्बन्धी सामान्य विचाहरू प्रस्तुत गरिएको पाइन्छ । ऋग्वेदमा विश्व विज्ञानका वारेमा चर्चा गरिएको छ । त्यहाँ प्रकृति र पुरुषका सैद्धान्तिक धारणाका बारेमा अस्पष्ट विचार पाइन्छ (ऐजन, २१५) । उपनिषद्मा सांख्य द...
मेरो कोट मेरो कोट करङहरुका काँटीमा टाँगिएको छ यसको ठाँटबाँठ र रबाफ हराएको छ माउजुङ साहेबका पालामा जस्तो यसको इमान र इज्जत हराएको छैन पेट्रोल, ग्याँस, औषधी र बिजुलीका लाइनहरुमा खोक्रो रित्तो राष्ट्रियताको पाइनमा । तर पनि कोट काँधबाट हट्न मानेको छैन उसलाई उसका दुई पखेटाको दम्भ छ खाने चामल, नुन, तेल लगायत पदार्थ नभए पनि उसलाई टाइको माथिपट्टि बस्न साह्रै मन लाग्छ त्यसैले निस्कनै नमिल्ने गरी टाँसिएर बसेको छ मेरा करङहरुमा । पख्लास् फुकालिस् भने ‘नाकाबन्दी गरिदिन्छु’ ।