सांख्य दर्शनका आचार्यहरु
सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराका लागि तयार परिएको छलफल पत्र, २०७२÷०१÷१२ ।
सांख्य दर्शनका आचार्यहरु
टीकाराम आचार्यआरुणि
१.सांख्य दर्शनको पृष्टभूमि
वैचारिक दृष्टिले दक्षिण एसियाली दर्शनमा सांख्य दर्शनको एक विशिष्ट स्थान रहेको छ । मीमांसा, वैशेषिक, न्याय र योग दर्शनको विचारले गतिशील विश्वको वैचारिक व्याख्या गर्न असमर्थ भएको ठान्दै सांख्य दर्शन एक पाइला अगाडि बढेर आना विचारहरू प्रस्तुत गरेको छ । यसले सृष्टिको रचना प्रक्रियाको वर्णन गर्दै पूर्वीय विकासवादको प्रर्वतन गरेर ‘अलौकिक तत्त्वबाट सांसारको रचना भएको’ भन्ने अन्य पूर्वीय दर्शनको प्रखर खण्डन गरेको छ । यस दर्शनका विचारमा यो संसार कुनै सृष्टिकर्ता ईश्वरको कार्य होइन बरु यो संसार असंख्य आत्माहरू तथा सदा कर्मशील प्रकृतिको परस्पर पतिक्रियाको परिणाम हो (राधाकृष्णन्, २०१३ ः २१४) ।
ऋग्वेदमा सांख्य दर्शन सम्बन्धी सामान्य विचाहरू प्रस्तुत गरिएको पाइन्छ । ऋग्वेदमा विश्व विज्ञानका वारेमा चर्चा गरिएको छ । त्यहाँ प्रकृति र पुरुषका सैद्धान्तिक धारणाका बारेमा अस्पष्ट विचार पाइन्छ (ऐजन, २१५) । उपनिषद्मा सांख्य दर्शनका मुख्य मुख्य विचारहरू पाइन्छन् भने यस दर्शनले पनि उपनिषद्लाई आनो विचारको आधरभूमि मानेको पाइन्छ तर उपनिषद्को अद्वैतवाद सांख्य दर्शनको सिद्धान्तसँग नितान्त भिन्न रहेको छ । सांख्य दर्शनले उपनिषद्बाट विश्वसम्बन्धी विचार ग्रहण गर्दै यथार्थवादी प्रवृत्तिलाई अँगालेको पाइन्छ । सांख्य दर्शनका सम्बन्धमा सर्वप्रथम ‘श्वेताश्वतरोपनिषद्’ ६.१३ मा उल्लेख गरिएको पाइन्छ भने ‘कठोपनिषद्’ ३.१०.११ मा र ‘छान्दोग्य उपनिषद् ६.३१ मा सांख्य दर्शनका पूर्ववर्ति अवस्थाहरू प्राप्त गर्न सकिन्छ । उल्लिखित उपनिषद्का सम्बन्धका अतिरिक्त बुद्ध दर्शनको प्रारम्भिक अवस्थासँग पनि यस दर्शनको मत केही मेल खाने हुँदा यी दुबै विचारबिच तत्कालीन अवस्थामा विचार आदानप्रदान गर्ने काम भएको हुन सक्ने अनुमान गर्न सकिन्छ किन्तु वर्तमानमा उपलब्ध सांख्य दर्शनका ग्रन्थहरू बुद्धको समयपछिका हुन् भन्ने राधाकृष्णन्को धारणा रहेको छ ।
महाभारतमा सांख्य दर्शनसम्बन्धी केही विचाहरू पाइन्छन् । जसमा प्रकृति र पुरुषलाई एउटै ब्रह्मको अंशका रूपमा स्वीकार गरिएको पाइन्छ । मनुस्मृतिमा सांख्य दर्शन भनेर उल्लेख नगरिए पनि प्रथम अध्यायमा सृष्टिको वर्णन, ज्ञानका तीनओटा उद्भव स्थान, तथा तीन गुणहरूको स्वभावको वर्णन गरिनुले सांख्य दर्शनको धेरथोर उपयोग गरिएको छ भन्न सकिन्छ ।
यसरी सांख्य दर्शनका पृष्टभूमिका रूपमा उपनिषद्, महाभारत, भगवद्गीता र मनुस्मृति उपस्थित भएका पाइन्छन् । यस दर्शनले ईश्वरलाई सृटिकर्ता नमाने पनि संसारको कारणका रूपमा चेतन पुरुषलाई स्वीकार गरेको तथ्य स्पष्ट हुन्छ ।
२.सांख्य दर्शनको परिचय
सांख्य दर्शन पूर्वीय दर्शनमध्ये प्राचीन दर्शन हो । यसको नामकरणका विषयमा अनेक मत मतान्तर रहेका छन् । केही विद्वान्ले सं+ख्या = संख्या शब्द बनेको बताएका छन् । सं को अर्थ सम्यक् र ख्याको अर्थ ज्ञान भएको हुनाले संख्या शब्दको अर्थ सम्यक् ज्ञान भन्ने हुन्छ । ‘संख्या शब्दको भाव’ भन्ने अर्थमा बृद्धि सन्धि भएर सांख्य शब्द बनेको हो भन्ने धारणा रहेको पाइन्छ । सम्यक् ज्ञानको अर्थ पुरुष र प्रकृतिका बिचको भिन्नताको बोधा हो (सन्हा, २०१२ ः२२९) । सम्यक् ज्ञानलाई अवलम्बन गर्नाले नै प्रकृति र पुरुषका बिच भेदको ज्ञान सम्भव छ । प्रकृति र पुरुषका बिचमा एकत्व बोध गर्दा बन्धन र पृथक्त्व बोध गर्दा मोक्ष प्राप्त हुन्छ भन्ने धारणा पाइन्छ ।
कसैले सांख्य नाम संख्या शब्दबाट रहन गएको हो भन्ने उल्लेख गरेका छन् । सांख्य दर्शनको सम्बन्ध संख्यासँग भएको हुनाले यसलाई सांख्य भनिएको हो भन्ने कतिपयको धारणा रहेको पाइन्छ । सांख्य दर्शनमा तत्त्वको संख्याका बारेमा बताइको छ । ती तत्त्वहरू पचिस रहेका छन् । यही तत्त्व संख्यामा आधारित भएको हुनाले यसको नाम सांख्य रहन गएको हो (शास्त्री, २०१२ ः १९) । खासमा जड (प्रकृति) र चेतन (पुरुष)को भेद ज्ञान नै सांख्य को तात्पर्य हो । तेस्रो तर्क संख नामक विद्वान् यस दर्शनका प्रणेता रहेको हुनाले यसको नामा सांख्य रहन गएको हो भन्ने रहेको पाइन्छ । तर सांख्य दर्शनका प्रणेता संख नामक कोही व्यक्ति नपाइको हुनाले यो तर्क निराधार सावित हुन्छ । उल्लिखित नमकरण सम्बन्धी विचारबाट सांख्य दर्शनको नाम ज्ञानार्थक ख्या धातुमा सम् उपसर्ग लागेर बनेको हो भन्न सकिन्छ । यस दर्शनमा ‘संख्या तत्त्व ज्ञान’लाई मोक्षका साधन मानेर मूल सिद्धान्तका रूपमा स्वीकर गरिएको छ । यिनै तत्त्वका आधारमा सांख्य को विवेचना गरिएको छ । अतः यस दर्शनको नाम सांख्य रहन गएको हो भन्न सकिन्छ ।
३.सांख्य दर्शनका आचार्यहरू
सांख्य दर्शनका संस्थापक आचार्यहरू धेरै थिए । उनीहरूले यस दर्शनका बारेमा आफ्ना धारणा प्रासङ्गिक या ग्रन्थकै व्याख्याका क्रममा भाष्य लेखेको पाइन्छ । यहाँ सांख्य दर्शनका आचार्यहरूका बारेमा संक्षेमा चर्चा गरिन्छ ः
३.१ महर्षि कपिल
संस्कृत वाङ्मयमा कपिल नामक आचार्यहरू धेरै रहेको उल्लेख पाइन्छ । त्यसैको फलस्वरूप सांख्य दर्शनका प्रणेता कपिल कुनचाहिँ हुन् त भन्ने कुरामा द्विविधा उत्पन्न भएको छ । वास्तविक सांख्याचार्य कपिलको परिचयका लागि सर्वप्रथम कपिल नाम गरेका आचार्यहरूको संक्षेपमा चर्चा गरिन्छ ।
कपिल नामक चारओटा ऋषिहरू थिए भन्ने विद्वन्हरूको धारणा रहेको पाइन्छ । उल्लेखित चार मध्ये एक कपिल कलियुगमा उत्पन्न भएका थिए । उनी महर्षि गौतमका वंशज थिए । तिनकै नामबाट नेपालको कपिलवस्तु नामक नगरको विकास भएको थियो । जो वर्तमान नेपालको कपिलवस्तु जिल्लामा पर्दछ । यस कुराको प्रमाण बौद्ध ग्रन्थहरूमा पनि उल्लेख भएको पाइन्छ (शास्त्री, २०१२ ः ३) । धेरैजसो पाश्चात्य विद्वान्हरूले यिनैलाई सांख्यशास्त्रका प्रणेता मानेका छन् तर यो कुरा सत्य छैन किनभने सांख्य दर्शन यस समयभन्दा प्राचीन विचार हो (शास्त्री, ऐजन) । कपिल नामक अन्य तीन ऋषिहरूमा एक ब्रह्माजीका मानस पुत्र थिए भने अर्का अग्नि अवतार कपिल थिए । तेस्रा कपिल देवहुूत र कर्दम ऋषिका पुत्र विष्णुका अवतार थिए । विष्णुका अवतार तेस्रा कपिल सांख्य शास्त्रका व्याख्याता र उपदेशकर्ता थिए । पहिला र दोस्रा आचार्य मध्ये ब्रह्म पुत्र कपिल ‘तŒवसमास’का रचयिता थिए भने अग्नि अवतार कपिल ‘सूत्रषडध्यायी’का रचयिता थिए ।
३.१.क) ब्रह्मपुत्र कपिल
उनलाई आदि कपिल पनि भन्ने गरिन्छ । ब्रह्माजीका मानस पुत्र उनै कपिल सांख्य दर्शनका रचयिता थिए भन्ने कुरा श्रीमद्भागवत महापुराणमा उल्लेख गरिएको पाइन्छ । कपिललाई मानस पुत्र भन्नुको अर्थ उनी पिता समान विद्वान् र गुणवान् थिए भन्ने धारणा पाइन्छ ।
३.१.ख) विष्णु अवतार कपिल
श्रीमद्भागवत पुराणको तृतीयस्कन्धको एक्कासौं अध्यायमा विष्णुका अवतार कपिलको चर्चा गरिएको पाइन्छ । जस अनुसार ठुलो तपस्या गरेर विष्णु भगवान् प्रसन्न भएपछि कर्दम र देवहूतिको गर्भबाट आफ्नो जन्म हुने वरदान दिएका थिए । त्यसैको फलस्वरूप विष्णुका अंशका रूपमा कर्दम र देवहूतिका गर्भबाट कपिलको जन्म भएको हो । तिनै कपिलले कालान्तरमा माता देवहूतिलाई सांख्य तत्त्वको उपदेश दिएका थिए ।
३.१.ग) अग्नि अवतार कपिल
अग्नि अवतार कपिलका सम्बन्धमा महाभारतमा विभिन्न ठाउँमा वर्णन गरिएको पाइन्छ । महाभारतको प्रसङ्ग अनुसार सगर राजाले अश्वमेध यज्ञ गर्नका लागि छोडिएका घोडा हराएपछि उनका साठी हजार पुत्रहरू घुम्दै कपिलले तपस्या गरेको ठाउँमा पुग्छन् र कपिललाई घोडा चोरेको आरोप लगाउँछन् । सगर पुत्रबाट कुपित भएका कपिलले सगर पुत्रलाई एकसाथ भस्म गरिदिन्छन् । यसकारण उनलाई अग्निका अवतार भनिएको हो भन्ने मत पाइन्छ । यसका अतिरिक्त महाभारतमै कपिललाई वासुदेव कपिल पनि भनिएको पाइन्छ । यस कुरालाई आदि गुरु शंकराचार्यले पनि स्वीकर गरेको पाइन्छ । बाल्मीकि रामायणमा पनि महाभारतकै प्रसंगलाई जोड दिदै सनातन वासुदेव कपिलले सगर पुत्रहरूलाई एक हुंकारमै नस्ट गरिदिएको पाइन्छ । उल्लिखित सन्दर्भबाट एउटै कपिललाई विभिन्न नामले पुकार गरिएको कुरा स्पष्ट हुन्छ ।
निष्कर्षमा श्रीमद्भागवत पुराणमा ‘कपिलस्तŒवसंख्याता’ भनिएको र त्यसै श्लोकको व्याख्याका क्रममा ‘तŒवानां संख्याता गणक सांख्यप्रवर्तक इत्यर्थ’ भनिएका कारण अग्नि, ब्रह्मपुत्र या वासुदेव जे नाम दिइए पनि सांख्य दर्शनका प्रवर्तक वा आदि आचार्य विष्णुका अवतार कपिल नै थिए । देवहूति र कर्दम पुत्र कपिल नै सांख्यशास्त्रका प्रवर्तक थिए । उनी अत्यन्तै प्रतिभाशाली र तेजश्वी भएका कारण माता देवहूतिलाई प्रकृति र पुरुषको भिन्नता बोध गराई मुक्ति दिलाएका थिए । त्यसैले विष्णु अवतार कपिल नै सांख्य दर्शनका प्रवर्तक थिए ।
३.२ आसुरी
सांख्य दर्शनको प्रवर्तनपछि कपिलले आसुरीलाई शिष्य बनाएका थिए । उनले आफूले आर्जन गरेको ज्ञान र बौद्धिक सम्पत्ति आसुरी नामक शिष्यलाई दिएर ज्ञानको हस्तान्तरण गरेका थिए । आसुरी पञ्चशिखका गुरु थिए । यस कुरालाई ‘योगसूत्र’ र ‘बृहदारण्यक उपनिषद्’मा पनि उल्लेख गरिएको पाइन्छ । आसुरीको आफ्नो कुनै मौलिक ग्रन्थ पाइदैन (मिश्र, २०१२ः ४२५) तर पनि सांख्य दर्शनको विकासमा उनले महत्त्वपूर्ण योगदान दिएका थिए ।
३.३ पञ्चशिख
पञ्चशिख आसुरीका शिष्य थिए । उनले नै सांख्य दर्शनको सुसंगत एवं व्यवस्थित व्याख्या गर्ने काम गरेका थिए । ‘सांख्य कारिका’को सत्तरीऔं श्लोकमा उनको परिचय पाइन्छ । उनले अनेक शिष्यहरूलाई सांख्य दर्शनको उपदेश तथा अध्यापन गराएका थिए । उनले नै ‘षष्ठीतन्त्र’ श्लोकको व्याख्या गरेका थिए । विज्ञानभिक्षुको कथन अनुसार यिनले नै ‘तŒवसमास’को भाष्य लेखेको बुझिन्छ । माता कपिलाका छोरा पञ्चशिख पाराशर गोत्रीय ब्राह्मण रहेको बुझिन्छ । उनी ‘पञ्चरात्र’ सिद्धान्तका लेखक पनि थिए (मिश्र, २०१२ ः ४२६) भन्ने धारणा पाइन्छ ।
३.४ जैगिषव्य
जैगिषव्यको कुनै मौलिक कृति थिएन । उनका बारेमा विज्ञानभिक्षुले सांख्य प्रवचन भाष्यमा उल्लेख गरेका छन् । ‘योगसूत्र’ २.५५ मा जैगिषव्य र आवट्यको संवाद रहेको पाइन्छ । उनको समय लागभग इ.पू.५०० तिर रहेको मान्यता पाइन्छ (शास्त्री, १९९१ ः १३८) ।
३.५ देवल
देवलले पूर्ववर्ती आचार्यहरूको सांख्य सम्बन्धि विचारमा आफ्नो सहमति रहेको बताएका छन् । उनले सांख्य दर्शनको लक्ष्य पूर्ण सत्ताको ज्ञान हो भन्ने वताएका छन् । सांख्य शास्त्र केवल कल्पना मात्र होइन । यो त जीवनको वास्तविक स्वरुप हो भन्ने देवलको धारणा रहेको पाइन्छ । इ.पू.५०० तिर उनको समय रहेको उल्लेख गरिएको छ (शास्त्री, १९९१ ः १४१) ।
३.६ वार्षगण्य
वार्षगण्य सांख्य र योग दुवै शास्त्रका ज्ञाता थिए । कतिपय आचार्यहरूले वार्षगण्यलाई ‘षष्ठीतन्त्र’का रचयिता भनेका छन् तर उदयवीश शास्त्रीले ‘षष्ठीतन्त्र’ कपिलकै हो भनेर पुष्टि गरेका छन् । ‘महाभारत’ शान्तिपर्वमा सांख्याचार्यहरूको नामावलीमा वार्षगण्यको नाम उल्लेख भएको पाइन्छ । त्यसैले पतञ्जलीको निदान शास्त्रमा उनको चर्चा पाइन्छ । यसबाट उनी एक ख्यातिप्राप्त सांख्य आचार्य थिए भन्ने बोध गर्न सकिन्छ (शास्त्री, २०१२ ः ६०८) ।
३.७ ईश्वरकृष्ण
ईश्वरकृष्ण सांख्य दर्शनको विस्तृत व्याख्या गर्ने आचार्य हुन् । उनले सांख्य दर्शनका मूल तत्त्व प्रकृति र पुरुषको परस्पर भिन्नता, स्वर्थ र परमार्थको भित्री अन्तर, चैतन्य हुँदाहँदै पनि पुरुषको निस्क्रियता र निर्गुण अवस्था जस्ता सूक्ष्म कुराहरूको स्पष्ट र तार्किक व्याख्या गरेका छन् । ‘सुवर्णसप्तति’ पनि भनिने ‘सांख्यसप्तति’ नै ईश्वरकृष्णको आधिकारिक ग्रन्थ रहेको पाइन्छ । ‘सांख्यकारिका’को विस्तृत अध्ययनपछि उनले प्रकृतिको विकास र उत्क्रान्तिको धारणालाई स्थापित गरि दिएका छन् । उनको यही धारणाले नै यस दर्शनलाई सर्वाधिक लोकप्रिय बनाइदिएको पाइन्छ (शास्त्री, २०१२ ः ५२७) ।
ईश्वरकृष्णको कालका सम्बन्धमा विभिन्न विद्वान्हरूको फरफरक धारणा रहेको पाइन्छ । डा. विद्याभूषणले वसुबन्धु नामक विद्वान्का समकालिक मानेर इसाको ४०० तिर निर्धारण गरेका छन् भने डा. विन्सेन्ट स्मिथले वसुबन्धुको समय इसाको २८० देखि ३६०को समय मानेका छन् किनभने इसाको ४०४ मा वसुबन्धुका रचनाको अनुवाद चिनिया भाषामा भएको पाइन्छ । डा. दास एण्ड गुप्ताले इसाको २०० तिर ईश्वरकृष्णको समयावधि रहेको बताएका छन् । डा.वेल्वलकरले ईशाको प्रथम शताब्दीतिर उनको काल रहेको बताएका छन् । उदयवीर शास्त्रीले विभिन्न प्रमाणहरू प्रस्तुत गर्दै शङ्कराचार्य पछि अर्थात् इ.पू. ५०९तिर ईश्वरकृष्णको समय रहेको बताएका छन् (शास्त्री, २०१२ ः ५३६) ।
३.८ विन्ध्यवासी (रुद्रिल)
उदयवीर शास्त्रीले विन्ध्यवासी नामक आचार्य तीनओटा रहेको बताएका छन् । उनले व्याडी विन्ध्यवासीलाई व्याकरण शास्त्रका आचार्य बताएका छन् । अर्का माण्डव्य नामक मुनिलाई पनि विन्ध्यवासीकै नामले सम्बोधन गरिएको उल्लेख गरेका छन् । तेस्रा रुद्रिल विन्ध्यवासी वार्षगण्य सम्प्रदायका रहेका र तिनै व्यक्ति सांख्य दर्शनका आचार्य रहेको शास्त्रीको धारणा छ (शास्त्री, २०१२ ः५३५) । उनको समय इसा पूर्व ३०० तिर रहेको अनुमान छ ।
आचार्य विन्ध्यवासी सांख्यदर्शनका एक गम्भीर विवेचक थिए । उनको वास्तविक नाम ‘रुद्रिल’ थियो । लगातार विन्ध्याचल पर्वतको जङ्गलमा भ्रमण गरिरहने भएर उनको नाम विन्ध्यवासी रहन गएको भन्ने विभिन्न विद्वान्हरूको धारणा रहेको पाइन्छ । विन्ध्यवासीका ग्रन्थहरू हालसम्म उपलब्ध नभए पनि कतिपय दार्शनिक ग्रन्थमा उनका विचाहरू प्रक्षेपण गरिएको पाइन्छ । जसका आधारमा उनी विलक्षण प्रतिभा सम्पन्न, सारगर्भित रूपमा दर्शनको व्यख्या गर्नसक्ने सामथ्र्यवान् र विवेकी विवेचक थिए भन्ने बुझिन्छ । उनले सांख्य दर्शनका सूत्रहरूलाई सरल भाषाशैलीमा व्याख्या गरेका थिए । उनका उद्धरणहरू ‘भोजवृत्ति’, ‘मेधातिथि भाष्य’, ‘श्लोकवार्तिक’, ‘षड्दर्शन समुच्चय’ आदि ग्रन्थहरूमा उद्धरित भएका पाइन्छन् । कतिपयले विन्ध्यवासी र ईश्वरकृष्ण एउटै भएको धारण राखेको पाइन्छ तर यी दुइ फरक फरक आचार्य रहेको पइन्छ (शास्त्री, ऐजन) ।
३.९ माठर
माठरको जीवन काल पनि विक्रम संवत् भन्दा पूर्व रहेको पाइन्छ । उनले लेखेको ‘सांख्यकारिका’को ‘माठरवृत्ति भाष्य’ अद्यापि प्रसिद्ध रहेको छ । यस ग्रन्थको उल्लेख जैन ग्रन्थ ‘अनुयोगसूत्र’मा गरिएको पाइन्छ । इसाको छैटौं शताब्दीमा परमार्थ पण्डितले ईश्वरकृष्ण रचित सांख्यकारिकाको जुन टीका चिनिया भाषामा अनुवाद गरेका थिए त्यो वर्तमानको ‘माठरवत्ति’ थियो भन्ने धारणा रहेको पाइन्छ (शास्त्री, २०१२ ः ५४६) । अर्थात् परमार्थ पण्डितले ‘माठरवत्ति’को अनुवाद चिनिया भाषामा गरेका थिए ।
३.१० वाचस्पति मिश्र
मिश्र भारतीय उपमहाद्वीपका प्रकण्ड विद्वान् थिए । उनलाई बृहस्पतिका अवतारका रूपमा पनि सम्मान गरिएको पाइन्छ । प्रखर लेखनी, तार्किक क्षमता र विषयप्रतिको ज्ञानका कारण मिश्र आफ्नो समयमा प्रख्यात भएका थिए । उनले नास्तिक र आस्तिक दुवै दर्शनमाथि गहन विवेचना गरेका थिए । न्याय, मीमांसा, वेदान्त र सांख्य जस्ता आस्तिक दर्शन र बौद्ध, जैन, चार्वाक लगायत नास्तिक दर्शनका पनि टीका अनुवाद लेखेर ‘द्वादशदर्शनान्तकेशरी’ उपाधी समेत पाएका थिए । उनले अफूले टीका लेखेका विषयमा निष्पक्ष विचार राखेको पाइन्छ । उनी मिथिला निवासी मैथिल ब्राह्मण भएको विद्वान्हरूको मत रहेको छ (मिश्र, २०१२ ः ४२९) । उनको समय इसाको ८७० तिर रहेको मानिन्छ ।
३.११ अनिरुद्ध
अनिरुद्धले ‘अनिरुद्धवृत्ति’ नामक व्याख्याका माध्यमबाट सांख्य दर्शनको एक व्यवस्थित विमर्श गरेको पाइन्छ । ‘सांख्यषडाध्यायी’को व्याख्या गरिएको यस वृत्तिको डा. रिचर्ड गर्वेले प्रकाशित गरेको पाइन्छ । विज्ञानभिक्षुभन्दा पूर्ववर्ती आचार्य अनिरुद्धको समय इसाको पन्ध्रौं शताब्दी मानिन्छ (शास्त्री, २०१२ ः ३७१) ।
३.१२ महादेव वेदान्ती
महादेव वेदान्तीको समय इसाको सोह्रौं शताब्दी मानिन्छ । उनले ‘अनिरुद्धवृत्ति’लाई आधार बनाएर ‘सांख्यषडाध्यायी’को ‘वृत्तिसार’ टीका लेखेको पाइन्छ (ऐजन ः ३८१) ।
३.१३ विज्ञानभिक्षु
दर्शन शास्त्रका प्रकाण्ड विद्वान् वाचस्पतिले ‘सांख्य सूत्र’को ‘सांख्य प्रवचन भाष्य’, ‘व्यास भाष्य’को ‘योगवार्तिक’ तथा ‘ब्रह्मसूत्र’को ‘विज्ञानामृत भाष्य’को टीका लेखेको पाइन्छ । उनको नामका पछाडि ‘भिक्षु’ लेखे पनि उनी बौद्ध अथवा कुनै सन्यासी थिएनन् । उनले स्वतन्त्र र विद्वत्तापूर्ण तरिकाले शंकराचार्यको पनि व्यापक आलोचना गरेको पाइन्छ । उपनिषद्पछि पुराण र पुराणपछि छुट्टिएका वेदान्त र सांख्य दर्शनको सामञ्जस्य स्थापित गर्ने काम विज्ञानभिक्षुले गरेको पाइन्छ । उनलाई सांख्यशास्त्रका अन्तिम व्याख्याता मनिएको पाइन्छ । डा. गार्वे, डा. ए.वी किथ, हल, विन्टरनिज, गेटे तथा दासगुप्ता अदि विद्वान्हरूले उनको समय इसाको सोह्रौं शताब्दीतिर रहेको बताएका छन् ।
३.१४ भावगणेश
भवगणेश विज्ञानभिक्षुका शिष्य थिए । ‘तŒवसमास’को ‘तŒवयथाथ्र्यदीपन’ नामक उनको व्याख्याले सांख्य दर्शनमा प्रखर दखल थियो भन्ने पुष्टि हुन्छ । उनले विज्ञानचिक्षुका मान्यताका आधारमा आफ्नो ग्रन्थको निर्माण गरेका थिए । उनको समय इसाको सोह्रौं शताब्दीको उत्तरार्ध रहेको पाइन्छ ।
४. निष्कर्ष
प्रकृति र पुरुषको पृथक् ज्ञान नै मुक्ति मान्ने सांख्य दर्शन मीमांसा, वैशेषिक, योग र न्यायपछि विकसित भएको दर्शन हो । यसमा प्रकृति र पुरुषलाई मूल तत्त्व मानिएको छ । जवकि वेदान्त दर्शनमा एक मात्र ब्रह्मलाई मूल मानिएको छ । त्यसैले यो दर्शन पछिल्लो वेदान्त दर्शन भन्दा सूक्ष्म हुन सकेको छैन । ऋग्वेद, श्वेताश्वतर उपनिषद्, सांख्यकारिका, सांख्यसूत्रम् र अन्य आधुृनिक टीका हुँदै यस दर्शनको परम्परा चलेको पाइन्छ । जसमा महर्षि कपिल, ईश्वरकृष्ण र अन्य आचार्यहरूको योगदान रहेको छ । विविध समयमा लगभग एक दर्जन भन्दा बढी आचार्यले यस दर्शनमा टीका टिप्पणी लेखेर अद्यापि यस दर्शनलाई जीवित तुल्याएका छन् । यस दर्शनलाई पूर्वको वैज्ञानिक दर्शन पनि भन्ने गरिन्छ । वर्तमानमा सांख्य दर्शनको सुसंगठित व्याख्या गरी जन समक्ष पुर्याउन महत्त्वपूर्ण काम गर्ने उदयवीर शास्त्री छुटाउनै नहुने नाम हो । वस् !
सन्दर्भ सूची
ईश्वरकृष्ण, सांख्य कारिका. प्रकाशक, समय र टीकाकार उपलब्ध नभएको ।
मिश्र, जगदीशचन्द्र. भारतीय दर्शन. वाराणसी ः चौखम्बा सुरभारती प्रकाशन. २०१२ ।
राधाकष्णन्, भारतीय दर्शन. पहिलो खण्ड. दिल्ली ः राजपाल एण्ड सन्ज. २०१२ ।
, भारतीय दर्शन. दोस्रो खण्ड. दिल्ली ः राजपाल एण्ड सन्ज. २०१३ ।
शास्त्री, उदयवीर. सांख्य दर्शनका इतिहास. दिल्ली ः विजयकुमार गोविन्दराम हासानन्द. सन् २०१२ ।
, सांख्य सिद्धान्त. दिल्ली ः विजयकुमार गोविन्दराम हासानन्द.सन् २०१२ ।
, प्राचीन सांख्य सन्दर्भ. दिल्ली ः विजयकुमार गोविन्दराम हासानन्द.सन् १९९१ ।
, सांख्य दर्शनम्. दिल्ली ः विजयकुमार गोविन्दराम हासानन्द.सन् २०१४ ।
सिन्हा, हरेन्द्र प्रसाद. भारतीय दर्शन की रूपरेखा. च.सं. दिल्ली ः मोतीलाल बनारसीदास.२०१२ ।
सिंह, अमलधारी. सांख्यतŒवप्रदीप. बाराणसी ः भारतीय विद्या प्रकाशन. १९७० ।

Comments
Post a Comment