मेरो कोट
मेरो कोट करङहरुका काँटीमा टाँगिएको छ
यसको ठाँटबाँठ र रबाफ हराएको छ
माउजुङ साहेबका पालामा जस्तो
यसको इमान र इज्जत हराएको छैन
पेट्रोल, ग्याँस, औषधी र बिजुलीका लाइनहरुमा
खोक्रो रित्तो राष्ट्रियताको पाइनमा ।
तर पनि कोट काँधबाट हट्न मानेको छैन
उसलाई उसका दुई पखेटाको दम्भ छ
खाने चामल, नुन, तेल लगायत पदार्थ नभए पनि
उसलाई टाइको माथिपट्टि बस्न साह्रै मन लाग्छ
त्यसैले निस्कनै नमिल्ने गरी टाँसिएर बसेको छ मेरा करङहरुमा ।
पख्लास् फुकालिस् भने ‘नाकाबन्दी गरिदिन्छु’ ।

Comments

  1. कुनै पनि नेपाली जनताललाई रुप, रंग, लवज र भेषभुषाका आधारमा मात्र राष्ट्र भक्त मान्नु किमार्थ ठिक होइन । सप्तरीको तिलाठीवासीले जुन नेपाली पनको छनक दिएका छन् प्रशंशनीय छ । यस अवस्थामा नेताका पछि लागी टायर र पुत्ला बाल्ने विद्यार्थी नेता गण तिलाठी जाऊ र होस्टेमा हैसे मिलाऊ ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Bharat Raj Panta भरतराज पन्त

प्रेतकल्प उपन्यास एक दृष्टि

प्रभा भट्टराई