Posts

Showing posts from 2017

आत्माराम शर्मा पुडासैनी Atma Ram Sharma Pudasaini

Image
आत्माराम शर्मा पुडासैनी विसं २०२० साल असार २२ गते काडमाडाँैको भद्रवासमा जन्मिएका आत्माराम नेपाली भाषाका कवि तथा कथाकार हुन् । उनका माता पिताको नाम क्रमशः मदोदरा र विनायक पुडासैनी हो । स्नातकोत्तर तहमा नेपाली भाषा अध्ययन गरेका शर्मा दूरसञ्चार सेवामा कार्यरत कर्मचारी हुन् । पहिलो रचना ‘लहर’ २०४० पत्रिकामा कविता प्रकाशन गरेका शार्माका ‘माफ गर बहिनी चिन्न सकिन’ (कविता संग्रह २०५७), ‘धुवाँ’ (कथा संग्रह २०६०), ‘डा. अंकल’ (२०६७) कृति प्रकाशित छन् । उनले ‘हातेमालो’ द्वैमासिक २०४२, ‘उत्साह’ साहित्यिक पत्रिका २०५४, ‘प्राची’ द्वैमासिक २०५४, ‘संचार’ र ‘शब्द संयोजन’ २०६१ प्त्रिका सम्पादन गरेका छन् । हाल च|बेलमा बसोबास गर्ने शर्मा मानवीय जीवनका अनुभूति सजिलो र रोचक पाराले अभिव्यक्त गर्न khप्पिस देखिन्छन् ।

राजेश्वर देवकोटाको ‘उत्सर्ग प्रेम’ उपन्यासमा सांख्य दर्शन by aruni acharya

राजेश्वर देवकोटाको ‘उत्सर्ग प्रेम’ उपन्यासमा सांख्य दर्शन टीकाराम आचार्य आरुणि  १. विषयवस्तु     गोर्खा जिल्लाको लिगलिग गा.वि.स.मा वि.सं. १९८६ सालमा जन्मिएका राजेश्वर देवकोटा मध्यमवर्गीय परिवारका हुन् । उनले पिता हरिभक्त देवकोटा र माता बसुन्धरा देवकोटाका जेठा सुपुत्रका रुपमा जन्मी, हुर्की, आफ्ना पण्डित पिताबाटै आरम्भिक शिक्षा ग्रहण गरेका हुन् । उनले संस्कृत साहित्यमा शास्त्री, अंग्रेजीमा बी.ए. र हिन्दीमा साहित्यरत्नसम्मको औपचारिक अध्ययन गरेको बुझिन्छ  ।  उनले औपचारिक अध्ययनका अतिरिक्त, कला, साहित्य र दर्शनका बारेमा प्रशस्त स्वाध्ययन गरेको पाइन्छ । हिन्दी भाषाबाट कलम चलाएका देवकोटाले कविता विधाबाट लेखनको आरम्भ गरेका पनि खुल्न आउँछ । साहित्यका क्षेत्रमा देवकोटाले निबन्ध बालसाहित्य जीवनी साहित्य, कविता, कथा र उपन्यास विधामा क्रियाशिलता रहेको देखिन्छ । उनका कृतिहरु निबन्ध विधातर्फ ‘शाही भोज’ (२०१४) ‘नेपाली निबन्धावली’ (२०१८) (सहलेखन), बाल साहित्य तर्फ ‘बाल साहित्य’ (सहलेखन), जीवनी साहित्यतर्फ ‘हाम्रा पुर्खाहरु’ (२०२४), कविता सँगालोका रुपमा ‘युगकाव्य’ (२०३९) र उ...

dharma

आजका तथाकथित विकसित मान्छे प्राचिन धर्मान्धता र अहङकारबाट ग्रस्त भई आ आफ्नै धर्मको उच्चतामा यति कठोर र अमानवीय रूपले आस्था भएको अभिनय गरेका छन् कि आफ्नो धर्म छोडेर अरु सबैका धर्महरू गलत र निकृष्ट हुन् भन्ने आशय मात्र दिदैनन् व्यवहारमा नै लागु गरेर देखाइ दिन्छन् ।

Class 11 Nepali

Image