Bharat Raj Panta भरतराज पन्त
>
भरतराज पन्तको(१९८६-२०६५) साल असार ३० गते काठमाडौंमा भएको थियो । उनी मणिदत्त पन्त र ललितादेवीका छोरा थिए । उनी जन्मेको तीन वर्षा नै उनकी आमा स्वर्गीय भइन् । अर्को वर्षनेपालमा महाभूकम्पमा परेर उनको घर नै भत्कियो । तर उनका बुवाले केही वर्षउनलाई त्यही भत्केको घरको छिंडीको कुनामा राखेर हुर्काएका थिए ।
कृतिः जुनकिरी शोककाव्य > दोभान महाकाव्य
शिक्षा : एम्ए
पन्त आसुकवि थिए ।
पन्तको पन्ध्र वर्ष पुग्दानपुग्दै गोपालराज पाण्डे र पूर्र्णोन्दूप्रियाकी छोरी चित्रकुमारी पाण्डेसँग विवाह भयो । यिनको बिहेको भोलिपल्ट नै यिनका बुवालाई हटात ज्वरो आयो र त्यसको छ दिनमा उनी स्वर्गीय भए । त्यसपछि पन्तको अत्यन्तै दुक्खको दिनचर्या आरम्भ भयो । एकातिर पतिपत्नी माझ दिनहुँको कलह र अर्को तिर दुखद आर्थिक अवस्थाले डाम्न थालेपछि उनी विछिप्त हुँदै गए ।
पन्तकी श्रीमती रूपकी राम्री थिइँन् र उनी तरुनी पनि हुँदै आइन् । त्यसैले उनको श्रीमतीप्रतिको प्रेम, वासना र कामुकता पनि बढ्दै गयो । तर बराबर लोग्नेस्वास्नीको झैंझगडाले त्याहाँ आगो बलिरहने पनि गथ्र्यो । अनि अनमेलमा नै भए तापनि यी दम्पतिबाट दिनेश र रमेश अनि कल्पना र मुना गरी ४ जना छोराछोरी जन्मे । त्यसपछि आर्थिक अवस्थाले त्यो परिवार झनसारो मरणसन्नै भयो । त्यही तापसमेत जोडिएपछि उनकी पत्नी झनै झोक्राउन थालिन्, अर्ध चेतनामा बोल्न थालिन र लोग्नेको वदनाममा टोलछिमेक थर्काउन थालिन् । अन्ततः उनी विछिप्तमा नै रित्तिइन् ।
दयनीय आर्थिक अवस्थाले पन्तको मन चकानाचुर थियो । त्यस घडी कहींकतै पुराण वाचन गर्न बोलाए भने उनी दङ्ग पर्दै त्यता हानिन्थे । पूजा पुराणबाट प्राप्त आम्दानीबाट पनि उनी घर चलाउँथे । तर पनि घरको भत्केको चालाका कारण यता टाल्यो उत फाट्ने क्रमले उनी घरिघरि भौंतारिने गर्थेे । वास्तवमा त्यसबेला उनको घर एक प्रकारको दर्रि्री अवस्थामा आइपुगेको थियो । त्यसैताक त्यसै परिवेशले आत्तिएर उनको जेठा छोरा प्रायः मातेर हिंड्न थालेका थिए । धेरै बर्षम्मको यस रीतमा कुण्ठित भएर २४ वर्षीय उनको छोराले विष खाएरै भूगोलबाट आफूलाई हुत्याइदिए । यस बेहोराले पन्त मर्दै बाँच्तै गरे । यतिहुँदाहुँदै पनि उनलाई उनका कान्छो छोराको आड र भरोसा थियो । उनका कान्छो छोराले चाहिं एउटा थोत्रो घरलाई नयाँ पार्ने कसरत गरिरहेका थिए । उनी सरकारी जागिरदार भएकाले प्रायः देशविदेशको भ्रमणमा पनि गइबस्थे । तर पन्त त्यस छोराको पौरख खानबाट पनि एकाएक तैरिए । भनौं जेठा छोरा ंहिडेको वीस वर्षछि उनका कान्छा छोराले पनि पोखराको डेबिट फल्समा प्राण त्यागे । त्यसपछि उनी झनै आक्रान्त भए र उनले सुक्खको सास त्यति सारो फेर्न नै सकेनन् ।
पन्त आसुकवि थिए । उनी बोल्दा पनि प्रायः कविता नै बोल्थे । अनि बोल्दाबोल्दै उनी थला परे । लामो समयसम्म थलिएपछि उनले २०६५ साल वैशाख १८ गते आफ्नो चोला विसाए । त्यतिबेला यिनका शत्रुमित्रुमध्ये धेरैले उनीप्रतिको कृतिम र मौलिक वेदना पनि पोखे । अनि त्यसबेला पनि यिनका कविता चाहिं बोलिरहेका थिए ।
साभार गरिएको हो है ।

Nice sir
ReplyDeleteNice biography sir
ReplyDeletehi sir
ReplyDeleteVery good sir.
ReplyDeleteVery sir
ReplyDeleteNice sir
ReplyDeleteNice biography sir 😍
ReplyDeletevery good sir
ReplyDeletei like it
Nice biography
ReplyDeleteYo ni padhnai parxa seeko lagi??
ReplyDeleteThis comment has been removed by a blog administrator.
DeleteThis comment has been removed by the author.
Delete