साङ्ख्य दर्शनका कोणबाट उपन्यासको विश्लेषण
मिति २०७६।०५।१४
सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको नियमित कार्यक्रम अन्तर्गत आज शनिवार राजेश्वर देवकोटाका उपन्यासमाथि विमर्श कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा संस्थाका आजीवन सदस्य श्री डा.टीकाराम आचार्य ‘आरुणि’ले आफ्नो ‘राजेश्वर देवकोटाका उपन्यासमा साङ्ख्य दर्शन’ शीर्षकको विद्यावारिधि शोधप्रबन्धको सार प्रस्तुत गर्दै साङ्ख्य दर्शनका आधारभूत अवधारणाका आधारमा देवकोटाका उपन्यास विश्लेषण गरिएको बताएका थिए ।
साङ्ख्य दर्शन द्वैतवादमा आधारित रहेको र यसका मूल तव प्रकृति र पुरुषका विशेषताका आधारमा पहिलोबाजि समालोचना कर्म गरिएको धारणा उनको रहेको थियो । देवकोटाका उपन्यासको विश्लेषणका क्रममा २८ वटा दार्शनिक विशेषता सघन रुपमा पाइएको उनको जिकिर रहेको थियो । देवकोटाका आठवटा औपन्यासिक कृतिमध्ये चारवटा उपन्यासमा साङ्ख्य दर्शनको घनत्व बढी पाइने र दर्शनको प्रभावका आधारमा तिनको वर्गीकरण पनि गर्न सकिने उनको विचार रहेको थिायो । उनले भनेका छन् ः “आध्यात्मिक ज्ञान र साङ्ख्य दर्शनको वैराग्य सम्बन्धी विचार प्रखर मात्रामा प्रस्तुत गर्ने ‘पूर्वकथा’ पहिलो कोटिको उपन्यास हो । त्यस्तै त्याग, कर्मशीलता, परोपकार, पूर्वजन्म र पुनर्जन्ममा विश्वास गर्ने ‘उत्सर्ग प्रेम’ दोस्रो स्तरको कृति हो । प्रकृतिका रहस्य खोतल्ने र आधुनिक ज्ञानलाई ससीम ठान्ने ‘आवर्तन’ तेस्रो र नैतिक आदर्शमा विश्वास गर्ने ‘पूर्णिमा’ चौथो स्तरका कृति रहेको तथ्यविश्लेषणद्वारा प्रमाणित भएको छ ।”
कार्यक्रममा प्रा.डा. विष्णुप्रसाद पौडेल, प्रा.डा. नरहरि गौतम, डा यमनाथ तिमिल्सिना, डा वासुदेव भण्डारी, डा नवराज न्यौपाने, डा. भोलानारायण रेग्मी, डा सवीन्द्रराज भण्डारी, तारा पाखे, वसन्त पराजुली, सूर्यभक्त सिग्देल र गणेश चालिसेलगायत सहभागीले ईश्वरीय सत्ता, शोधको सामाजिक उपादेयता, मोक्षको अवस्था र ज्ञानको गरिमाका विषयमा जिज्ञासा राखेका थिए ।
प्रतिष्ठानका अध्यक्ष डा. भूमिराज बस्ताकोटीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संयोजन डिल्लीराम पौडेलले गरेका थिए ।

Comments
Post a Comment