हिन्दू विवाहका आठ प्रकारहरू
ब्रह्म विवाह: यसलाई सबैभन्दा उत्तम र श्रेष्ठ विवाह मानिन्छ। यसमा बुबाले राम्रो आचरण र ज्ञान भएको योग्य वरसँग आफ्नी छोरीलाई अलङ्कृत गरेर दान (कन्यादान) गर्छन्।
दैव विवाह: यसमा कन्याका पिताले कुनै धार्मिक कार्य वा यज्ञ पूरा गर्ने पुरोहित वा ऋत्विजलाई आफ्नी छोरी उपहारस्वरूप वा सम्मानका रूपमा विवाह गरिदिन्छन्।
आर्य विवाह: यसमा वर पक्षले कन्या पक्षलाई विवाहको सर्तअनुसार एक वा दुई जोर गोरू (गाई-गोरू) प्रदान गर्छन् र त्यसपछि विधिपूर्वक विवाह हुन्छ।
प्रजापत्य विवाह: यसमा पिताले दम्पतीलाई "तिमीहरूले सँगै मिलेर धर्मको आचरण गर" भनी आशीर्वाद दिँदै बराबरी रूपमा स्वीकार गराएर विवाह गरिदिन्छन्।
आसुर विवाह: यसमा वर पक्षले कन्याका परिवार वा कन्यालाई स्वेच्छाले धन वा सम्पत्ति दिएर (किनेर जस्तो गरी) आफ्नो इच्छाले विवाह गर्छन्।
गन्धर्व विवाह: यसमा मातापिता वा परिवारको स्वीकृति बिना केटा र केटी आपसी सहमति र प्रेमका आधारमा विवाह गर्छन्।
राक्षस विवाह: यसमा बल प्रयोग गरेर वा शत्रुतापूर्ण ढङ्गले रुँदैइ कराउँदै गरेकी कन्यालाई जबरजस्ती परिवारबाट खोसेर वा युद्ध गरेर विवाह गरिन्छ।
पैशाच विवाह: यसमा सोझ, बेहोस वा निदाएको अवस्थामा रहेकी कन्यामाथि छलकपट वा बल प्रयोग गरी मानसिक वा शारीरिक रूपमा वशमा पारेर विवाह गरिन्छ। यसलाई सबैभन्दा निन्दनीय र अधम विवाह मानिन्छ।यी आठ प्रकारमध्ये पहिलो चारवटा (ब्रह्म, दैव, आर्य, र प्रजापत्य) लाई धर्मसम्मत र श्रेष्ठ मानिन्छ भने पछिल्ला प्रकारहरूलाई समाज र धर्मको दृष्टिको आधारमा कमसल वा निन्दनीय मानिन्छ।
Comments
Post a Comment