Jaimini song

काली नदी छेउतिर पाउ सारेर पूर्वतिर मोहोडाले हिस्सी भरेर जैमिनिले ज्ञान पाए हामी सम्झिनि मातृभूमि प्यारो छ हाम्रो जैमिनि... ज्ञान, ध्यान तपस्याको बेनी बनेको ढुङ्गे छाना घरघर चट्ट परेको कुश्मिसेरा जम्मगायो बल्छ इन्द्रेनी लोकगीतको शिरताज हाम्रो जैमिनि मातृभूमि प्यारो छ हाम्रो जैमिनि कालुङ पालुङ खोलीभित्र ऊर्जा बग्दछ धान, मकै, सुन्तलाले आँटी भर्दछ। पसिनाको सुवाशले आँत भर्दछ स्वर्गपथ खोज्यौ कि त ? यतै पर्दछ ? मातृभूमि प्यारो छ हाम्रो जैमिनि गाजा रिेठे दहभित्र हिमालको छायाँ हाँडीकोटका औषधीमा अमिट छ माया आशिक् दिऊन् माइथानीले देउरालीमा बसी देवतुल्य अतिथिलाई डाक कम्मर कसी मातृभूमि प्यारो छ हाम्रो जैमिनि मगर, गुरुङ, बोटे, आर्य, नेवारीका भाका टारीखेतमा तोरी फुल्छ बन्छ मह चाका मुख आँखा नबोले नि मनको भाव खुल्नी माला एक, फूल धेर प्यारो जैमिनि मेरो जन्म भूमि मेरी आमा तिमी प्यारो जैमिनी नगर जैमिनि...

Comments

Popular posts from this blog

Bharat Raj Panta भरतराज पन्त

Thanthap Bhagwati Mandir and Handikot थन्थाप भगवती (माई) मन्दिर र हाँडीकोट