सेरोफेरो ः कुस्मिसेराको

सेरोफेरो ः कुस्मिसेराको 
                                                                                                                    डा.टीकाराम आचार्य ‘आरुणि’ 
                                                                                                                    जैमिनि न.पा. १, कुस्मिसेरा । 
१ विषय प्रवेश
     झोलुङ्गे पुलको जिल्लाका रूपमा परिचित बागलुङ गण्डकी प्रदेशको उत्तर पश्चिम दिशातिर पर्दछ । नेपालभित्रको सानो नेपालका नामले पनि प्रख्यात बागलुङ साहसिक शिकार आरक्षणका नामबाट पनि संसारभर प्रसिद्ध छ । नेशनल जियोग्राफी टेलिभिजमा डकुमेन्टी प्रकाशित भएपछि संसारभर चर्चाको शिखरमा रहेको यो आरक्षण गण्डकी प्रदेशमा छ । गण्डकी प्रदेशकै राजधानी पोखराबाट ७६ किलोमिटर दूरीमा बागलुङ सदरमुकाम छ । त्यहाँबाट जैैमिनि नगरपालिकाको वडा नम्बर १ कुस्मिसेरा २१ किमी दूरीमा दक्षिणतिर रहेको छ । जम्माजम्मी पोखराबाट ९७ किमी दूरीमा छ कुस्मिसेरा । सेरा ठेउले खोला र टिमुर खोलाको किनारमा पूर्वी दिशादेखि उत्तरी दिशातर्फ सलक्क सुतेको छ । खोलाको किनारतिर पाटापाटा परेर चिटिक्क परेको अधिकांश धानखेत र त्यसको सिरानमा बस्ती छ । त्यसको माथिल्लो भागमा प्रायसः भिरालो जमिन, घना वन र बारीका पाटाहरू रहेका छन् । खर्क र चरनहरू पनि प्रशस्त छन् । कुस्सिेराको नक्सा उड्न लागेको परेवाजस्तो छ । कुस्मीसेराबासीले पूर्वतिर मुख फर्काउँदा कालीगण्डकीको किनार र जैमिनिघाट देख्छ भने पश्चिम दिशातिर हेर्दा दमेकको धुरी देख्छ । उत्तरतिर फिर्कियो भने ओख्ले र रायडाँडाका सुन्दर दृश्य नियाल्न पुुग्छ । दक्षिणतिर मोहोरा बनाउँदा थन्थाप र राङ्खानीका भूभागहरू नियाल्न पुग्छ । कुस्मिसेरा टिमुरखोलाको किनारतिर मात्र फर्र्किएको छैन यसको पुरानो वडा नं ७ बाँसटारी पूर्वोतरतिर फर्किएको छ । तत्कालीन दमेक गा.वि.स.को पुछारमा रहेको बाँसटारी रणनैेतिक हिसाबले कुस्मिसेरामा राख्न उपयुक्त हुने ठानी खोलापारिको यो भूभागलाई पनि कुस्मिसेरा मातहतमा नै राखिएको बुझिन्छ । यसका अतिरिक्त यसको बिस्तारित परिचय पनि छ । यो त्यही पवित्र भूमि हो जहाँ जैमिनि ऋषिले पौराणिक कालमा कालीनदीको किनार स्थित जैमिनि घाटमा बसेर तपस्या गरेका थिए । यस आलेखमा कुस्मिसेराको साँध सीमानसहित यहाँको शिक्षा, स्वास्थ्य, जनघनत्व, आर्थिक क्रियाकलाप, प्राकृतिक स्रोत र पर्यटकीय स्थानहरूको परिचय दिइएको छ । यस्ता फरकफरक शीर्षकमाथि व्यापक अध्ययन हुन सक्ने भए पनि यहाँ परिचयपरक अध्ययन गरिएको छ । त्यसैले यस आलेखको उद्देश्य विवरणात्मक परिचय दिनु मात्र हो । यसका शीर्षक उपशीर्षकको परिचयात्मक विवरणका अतिरिक्त अन्य काम नगर्नु यसको सीमा हो । २ नामकर्म कुस्मिसेरा नाम कसरी रहन गयो भन्ने विषयमा हालसम्म कुनै ठोस अध्ययन भएको छैन । यसको नाम कसरी रहन गयो भन्ने विषय आम सेराबसीको चासो रहँदै आएको छ । कुस्मिसेरको नामकरणको रोचक जानकारी यहाँ क्रमशः प्रस्तुत गरिन्छ । कुस्मि स्थानीय वा लौकिक शब्द हो भने सेरा कोशीय शब्द हो । यिनै दुई कुस्मि र सेरा नामपद समास भएपछि कुस्मिसेरा शब्द बनेको हो । सेरा भनेर शब्द ठाउँ विशेषलाई बुझाउनका लागि यस वडामा मात्र प्रयोग नभएर पर्वत, तनहुँ, स्याङ्जा, लमजुङ, अछाम, बैतडी, दोलखा, सुनसरी र रुकुम जस्ता जिल्ला पनि प्रयोग भएको पाइन्छ । नापोको अर्थमा प्रयोग हुने सेर शब्द संस्कृत, प्राकृत र अपभ्रंश हुँदै सेरा बन्न गएको हो । फारसी भाषामा पनि सेरा शब्दको प्रायोग भएको पाइन्छ । प्राकृत मूल हुने सेरा शब्दको अर्थ सिमसारको फाँचिलो जमिन वा खेत, माडुखेत, ठूलो खेत, फाँटप्रकारको रसिलो खेत हो भने यसको फारसी अर्थ भने खूब धनी, धनाढ्य, जगरसेठ भन्ने हो (शर्मा नेपाल, २०६२ः १३४३) । नेपालका विभिन्न ठाउँमा प्रयोग भएको देखिने सेरा शब्द फाँटको रसिलो खेत बुझाउनका लागि अधिक प्रयोग भएको भेटिन्छ । सेराबजारको आसपासमा ज्यादै रसिलो धानखेत रहेको हुनाले त्यही फाँटलाई बुझाउनका लागि सेरा शब्दको प्रयोग भएको हो । त्यसैले सेरा शब्दले फाँचिलो जमिन वा रसिलो खेत भन्ने अर्थ अर्थपूर्ण रूपमा बहन गरेको देखिन्छ । लौकिक कुस्मि शब्दको उत्पत्ति पनि कम रोचक छैन । कुस्मि शब्द कुसीगाउँको कुसे खर्कसँग सम्बन्धित छ । सेरामा बाक्लो सिरु उम्रने ठाउँ सिरूपाटा भएझैँ कुसीगाउँमा प्रशस्त कुस उम्रने कुसखर्क रहेको छ । त्यहाँका बासिन्दाले कुसे खर्कलाई सम्बोधन गर्दा कुस, कुसा, कुसे र कुसी जस्ता शब्द प्रयोग गर्दै गए । प्रयोगगत असावधानी र मुखसुखमा आएको परिवर्तनका कारण कुस शब्दमा अनुस्वार आगम भयो र कुसाँ (कुसमा भन्ने अर्थमा) हुँदै इकारान्त शब्द कुस्मि बन्न गयो । आकारान्त भन्दा इकारान्त शब्द जिब्रोलाई उच्चारण गर्न सजिलो हुने भएको हुनाले कुसाँ शब्द कुस्मीमा परिणत भयो । त्यसपछि कुस्मि शब्द मौखिक र लिखित दुबै रुपमा प्रचलनमा आयो । २०४६ सालमा जनआन्दोलन भएपछि २०४७ सालमा बहुदलीय व्यवस्थाको आरम्भ भयो । त्यस समयसम्म पुरानो कुस्मि गाउँ पञ्चायतले कुसीगाउँलाई प्रशासनिक केन्द्र बनाएको थियो । त्यो भाग रायडाँडा मातहतमा रहेको र गाविसको पुनर्संरचना हुँदा कुस्मिलाई सेरामा गाभियो । सेरामा कुस्मि गाभिएपछि दुबैको संयुक्त रूप कुस्मिसेरा बन्न पुग्यो (यदुनाथ आचार्यसँग भएको संवादमा आधारित) । नेपाल सरकारले मिति २०४७ मा कुस्मिसेरालाई गा.वि.सको प्रशासनिक केन्द्र घोषणा गरेपछि यस नामले औपचारिकता पाएको हो । वर्तमान समयमा कुस्मिसेराले समग्र कुस्मिसेराबासीको मनोभावनालाई प्रतिनिधित्व गरेको छ । ३ भौगोलक अवस्था र सीमाना कुस्मिसेरा नेपालको मध्य भागमा पर्ने कम सदरिया पहाडी इलाका हो । यो ठेउले खोलो र कालीगण्डीको दोभानमा पूर्वदेखि पश्चिमोत्तरतिर लमतन्न परेर सुतेको छ । कुस्मिसेराको भौगोलिक क्षेत्र समुद्र सतहबाट ६१८ मिटरदेखि १०४२ मिटरसम्मको उच्चाइमा अवस्थित छ । सेराको यस प्रकृतिको उच्चइमा समशीतोष्ण जलवायु रहेको पाइन्छ । नेपाल सरकारले २०७३ साल फागुन १७ गते राजपत्रमा जैमिनि नगरपालिका भनी प्रकाशित गरेपछि नगरपालिकाको नामले औपचारिकता पाएको हो । यसको केन्द्र १० वडाको मध्य भागमा रहेको कुस्मिसेरा बजार प्रमुख प्रशासनिक केन्द्र बनेको छ । कुल ११८.७१ वर्ग किमी क्षेत्रमा फैलिएको नगरपालिकाको जनसंख्या २०६८ सालको जनगणनाअनुसार ३१४३० रहेकोे छ । यसअन्तर्गत जैमिनि न.पा.१ कुस्मिसेराको ९.८० वर्ग किमी क्षेत्रफल, ३२४४ जनसंख्या र ८१९ घरधुरी रहेका छन् । ३२४४ जनामा १४३९ पुरुष र १८२८ पुरुष रहेको तथ्याङ्क भेटिन्छ (जततउकस्ररवबष्mष्लष्mगल।नयख।लउरअयलतभलतर) । नेपालमा अधिकतम घनाबस्ती प्रतिवर्ग किमी ३८१ जनाको बसोबास रहेकोमा यस वडामा एक वर्ग किमीमा ३३१ जनाको बसोबास रहनु भनेको जमिन र बस्तीको अनुपातका हिसाबले यहाँको बस्ती बाक्लो छ भन्नु हो । यस नगरपालिकाको सीमाना पूर्वमा काली नदी वा फलेबास, पश्चिममा दमेक, उत्तरमा अमलाचौर÷भकुण्डे र दक्षिणमा सर्कुवाले बाँधेको छ । नगरपालिकाले प्रकाशन गरेको वेभसाइटमा साँधसीमानाको निर्धारण त्रुटिपूर्ण रहेको छ (जततउकस्ररवबष्mष्लष्mगल।नयख।लउरअयलतभलतर वडा–१–कुस्मिसेरा) । यस वडामा ब्राह्मण, क्षत्री, ठकुरी, मगर, सार्की, मुसलमान, बोटे, माझी, दमै आदि जातजातिको बसोबास भए पनि ब्राह्मण, क्षत्री र मगरको घना बस्ती रहेको छ । बोटे र माझी जातिहरू कालीगण्डकीको तीर जैमिनि घाटमा बसोबास गर्दै आएका भए पनि संरक्षणका अभावमा तिनको बसोबास भेटिन छोडेको छ । ३.१ प्राकृत भूबनोट कुस्मिसेराको भौगोलिक आकृति वा नक्सा उड्न लागेको परेवा जस्तो देखिन्छ । यहाँ जमिन प्राय भिरालो छ । पानीढलो आकृतिको भूबनोटमा टुनिबोटदेखि लिएर कुसीगाउँसम्मै मोटरबाटो मुनितिर खोलाको कुलो लाग्ने र प्रशस्त धान फल्ने खेतको फाँट छ । मोटरबाटोका माथिपट्टि टारी खेत, बारी, खर्क र बाक्लो जङ्गलले ढाकेको छ । कुस्मिसेराको पुछारतिर नदी र खोलाको साँध छ भने माथितिर कुस्मिसेराले प्रशासन गर्दा निकट हुने र पानीको बहाब कुस्मिसेरैतिर ढल्किने गरी पानीढलो सिद्धान्त अवलम्बन गरी यहाँको सीमाङ्कन गरिएको छ । टुनिबोट, किसेक र सिरुबारीले अमलाचौरसँग, टार, आमटारी, कुस्मिसेरा र बाँसटारीले ठेउले खोलासँग एवं भण्डार र खौरले भकुण्डेसँग सीमाना गाँसेका छन् । यहाँको लगभग पचास प्रतिशत जमिन ऊर्बर रहेको छ । बाँकीलाई वन, खर्क र भिरले ओगटेको छ । कुस्मिसेराको यस्तो भौगोलक सम्पत्ति भए पनि यहाँका बिसिन्दाको कर्म, तिनको शारीरिक र बौद्धिक सामथ्र्य मूल सम्पत्ति वा वास्तविक कुस्मिसेरा हो । ३.२ बाटोको अवस्था कुस्मिसेरामा हाल दस किलोमिटर बाटो कालोपत्रे भएको छ । बाँकी सडक कच्ची छन् । यहाँको मूल बाटो भनेको कालीगण्डकी करिडोरले छोएर जैमिनिघाटदेखि सेरासम्म, बागलुङबाट सेरा हुँदै शन्तिपुरसम्म बिस्तारित हुने मूल चौरस्ता हो । यसका केही शाखा प्रशाखा पनि रहेका छन् । कुस्मिसेरादेखि प्राथमिक स्वास्थ्य चौकी हुँदै सिरुबारी र जलुकेनी हुँदै गिठे सडक, कुस्मिसेरा छिस्ती कृषि सडक, कालीगण्डकी करिडोर जैमिनि घाटबाट मरेबाटो हुँदै कुस्मिसेरा, कुस्मिसेरादेखि दमेक, कुस्मिसेरादेखि पैयुँ थन्थाप हुँदै राङखानी र बरेङसम्म, कुस्मिसेरादेखि बिनामारे, अर्जेवा, जैदी हुँदै छिस्ती, कुस्मिसेरादेखि फेदी रायडाँडा हुँदै बागलुङ सदरमुकामसम्म जोड्ने कच्ची सडक निर्मित छन् । यी प्राय सडक हिउँद याममा मात्र सञ्चालन हुन्छन् । यिनलाई स्तरोन्नति गर्ने, नाली बनाउने, ग्याबिन जाली भर्ने र चाक्लाबन्दी गरेर बाह्रै महिना सञ्चालन गर्न सकिने बनाउन नितान्त आवश्यक रहेको छ । २.३ खानेपानी कुस्मिसेराबासीका लागि खानेपानी व्यवस्थापन गर्नका लगि नगर, वडा र समुदायस्तरबाट प्रशंसनीय कार्य भएको देखिन्छ । टुनिबोटको खानेपानी आपूर्ति बाँध खोलाबाट, टारको खानेपानी आपूर्ति बाँसेखोला र ढँडेनीको पानीबाट, सिरुबारी र राम्चेका लागि बाँसेखोलाको मुहानतिरबाट आपूर्ति भएको छ । भण्डार र सामरुन्टाको लागि भण्डारेखोलाबाट, कुसिगाउँको लागि कुएँ खोलाबाट, खौर र टिमुरखोला गाउँको लागि टिमुरखोला र यसका सहायक खोल्साखाल्सीका पानीका मुहनबाट खाने पनीको जोहो हुँदै आएको छ । कुस्मिसेरालगायत सहरोन्मुख इलाकाको लागि दीर्घकालीन रूपमा खाने पानीको व्यवस्थापनका लागि कुस्मिसेरा रायडाँडा खानेपानी तथा सरसफाइ आयोजनाले ओख्लेदेखि कुस्मिसेराका प्राय भूभागलाई समेट्ने गरी योजना बनाएको छ (होमनाथ आचार्य, आयोजनाका सचिव) (यदि सो आयोजनाले नसमेटेको खण्डमा स्थानीय पानीका स्रोतको उपयोग गरी हरेक घरलाई एकएक धारा बनाइदिने आयोजनाको लक्ष्य रहेको बुझिन्छ) । उपल्लो भण्डार, सिरुबारी, राम्चे, जलुकेनी, किसेक, टुनिबोट र जैमिनिघाटका बासिन्दाको लागि यस आयोजनाले नसमेट्ने हुँदा तत्तत् स्थानकै पानीका स्रोतलाई उपयोग गरी खानेपानीको आपूर्ति गरिने बुझिन्छ । खानेपानीका लागि यस प्रकृतिको प्रयासले सेराबासीको सुविधा बढ्नेमा विश्वास गरिन्छ । ३.४ स्वास्थ्य जैमिनि नगरपालिकाको मध्य भागमा रहेको कुस्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्र यहाँको एक मात्र स्वास्थ्य क्षेत्रको पूर्वाधार हो । यो प्राथमिक स्वास्थ्य केन्द्रकै सुविधाबाट सुधारिन सकेको छैन । यसको प्राथमिक उपचार बाहेक अरु टेको छैन । यस भेगका बासिन्दालाई पोखरा र काठमाडौँ जस्ता पूर्वाधार सम्पन्न क्षेत्रमा रेफर गर्नु पनि प्राथमिक स्वाथ्य केन्द्रको थप जिम्मेबारी हो । यसका अतिरिक्त सामान्यदेखि लिएर जटिलसम्मका रोगको निदानका लागि पोखराकै भर पर्नु यहाँका बासिन्दाको बाध्यता हो । हुन त नगरपालिकाले सर्ने नसर्ने रोगको रोकथाम, औषधी सामग्रीको खरिद र जटिल रोगको निदानका लागि आव २०७७÷०८८ मा जम्मा बाइसलाख रुपियाँ पूरै नगरबासीलाई सुविधा पु¥याउने गरी बजेट छुट्याएको देखिन्छ (बजेट वक्तव्य, २०७७) । यसरी छरिएको बजेट पनि कर्मकाण्डी पाराको मात्र छ । त्यसको प्रभावकारिता र दीर्घकालीन लक्ष्य देखिँदैन । गर्भवती र आपत्कालीन अवस्थाका बिरामीको लागि एम्बुलेन्स किनिएको छ तर नियमित चल्नका लागि बाटो प्रभावकारी छैन । अल्ट्रासाउण्ड मेसिन छ तर चलाउने जनशक्ति छैन । ल्याब छ तर ल्यबका लागि चाहिने कीट छैनन् । एक जना एम् बी.बी एस्. डाक्टरको दरबन्दी छ त्यति मात्र नगरपालिका÷वडाको लागि पर्याप्त छैन । शिक्षा, स्वास्थ्य र रोजगारी नागरिकका न्यूनतम हक भएको हुनाले यिनको सुधारका लागि नगरपालिकाले आगामी दिनमा सुझबुझपूर्ण तरिकाले योजना बनाई काम गर्नु आवश्यक छ । फोहोर व्यवस्थापन र ढल नालीको निकास गर्ने काम पनि वडाबासीको स्वास्थ्यसँग जोडिएका विषय हुन् । फोहोर मैलाको उत्सर्जन र ल्याण्डफिल्ड साइटको निर्माणका लागि नगरपालिकाले बजेट छुट्याएको छ । त्यो बजेट के कसरी उपयोग गर्ने भन्ने योजना भने छैन । खासमा नगरपालिकाको योजना शिथिल रहेको छ । नगरपालिकाको स्वास्थ्य र सरसफाइको व्यवस्थापनका लागि कुशाग्रबुद्धिको खाँचो रहेको देखिन्छ । २.५ सरसफाइ व्यवस्थापन जनघनत्व बढ्दै गएको कुस्मिसेरा बजारको फोहर र सरसफाइ व्यवस्थापन चुनौतिपूर्ण बनेको छ । बजार क्षेत्रमा ढल निकास नहुँदा र सेरा बजारको बिच भागबाट सिँचाइ कुलो हटाउन नसिकिँदा बाटो हिलाम्मे भएको छ । यहाँका व्यापरीहरूको ढोकाभित्रै गजगजे हिलो पस्ने र वर्षामा भल छिरेर सामान ढुब्ने कारणले गर्दा सेराका व्यापारी हैरान भएका छन् । सामरुन्टाबाट खस्नेबाट त्रस्त भएका छन् । आव २०७७÷०७८ को कार्यक्रममा सहरोन्मुुख इलाकामा ढलनाली बनाउने र फोहर व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइडको ठाउँ निर्धारण गरी त्यसलाई व्यवस्थित गर्ने योजना उल्लेख भएको देखिन्छ (आव २०७७÷०७८ को नीति तथा कार्यक्रम) । नगरपालिकाको यस्तो योजना भए पनि कतिपय सेराबासीहरू सार्वजनिक र निजी शौचालयको अभावमा खोलामा शौच बस्न जाने र घरबाट निस्किएको फोहोर पनि खोलाकै किनारमा लएर उत्सर्जन गर्ने बनीमा अभ्यस्त छन् । कतिपय नगरबासीको यस्तो बानी नगरपालिकाले हटाउन सकेको छैन । प्लाष्टिकजन्य फोहरको उचित व्यवस्थापन हुन नसक्दा बजारको बिच भागबाट बग्ने कुलोले बगाएर खेतमा नकुहिने फोहोर लैजानाले धानखेतको ऊर्बराशक्ति पनि क्षीण हुँदै गएको देखिन्छ । नकुहिने फोहर व्यवस्थाप गर्न यदि नगरपालिकाले बिलम्ब गरेमा जिभ पार्क, तल्लोबजार, उपल्लो बजार र नगरपालिका कार्यालय क्षेत्रतिरका इलाकाहरू कुरूप बन्दै जाने देखिन्छ । सेरा बजारलाई बाढीपहिरोको जोखिमबाट जोगाउनका लागि कुलामुनिदेखि फलाँटेसम्मको ठूलो कुलाको भागलाई स्थायी ढलान गर्ने र माथिबाट आउने बाढीलाई कुलो खनी तर्काएर खोलातिर सोझाउने काम गर्न पनि आवश्यक छ । ४. प्रमुख पेसा–व्यवसाय परम्परागत कृषिकर्म गरी पशुपालनलाई पनि साथसाथै डो¥याएर हिँड्नु यहाँका बासिन्दाको मूल कर्म हो । आफूलाई चाहिने तरकारी, फलफूल, मासु, खाद्यान्न र पशु आहार उत्पपादन गरी निर्वाहमुखी पेशामा कटिबद्ध हुनु यहाँका बसिन्दाको कर्म हो । जनचेतना, शिक्षा, तालिम र पुँजीको अभावमा कुस्मिसेराबासी निर्बाहमुखी पेसालाई नै निरन्तरता दिन बाध्य छन् । उनीहरूलाई थप जागरुक तुल्याउँदै कृषि र पशुपालनलाई व्यावसायिक र प्रविधिमैत्री बनाउँदै लैजानु आजको आवश्यकता हो । कुस्मिसेराका बासिन्दाको आयआर्जन बढाउने र सामुदायिक सहभागितामा पनि जोड दिने उद्देश्यअनुरूप कृषिसँग सम्बन्धित केही व्यावसायिक काम पनि भएका छन् । दुग्धजन्य पदार्थको बिक्रीका लागि सहकारी संस्थाहरू पनि सञ्चालित छन् । तिनमा कालीगण्डकी दुग्ध उत्पादन सहकारी संस्था, टाकुरी÷टुनिबोट २०५५, पल्लोपाखो दुग्ध उत्पादन सहकारी संस्था, टार २०६०, जैमिनि दुग्ध उत्पादन सहकारी, टार २०७५, कुस्मि–फेदी दुग्ध उत्पादन सहकारी, फेदी २०७७ पर्छन् (रुद्रनाथ पौडेल र डिल्लिप्रसाद शर्माबाट प्राप्त सूचनामा आधारित) । यहाँका पुराना सहकारीले निम्नआय भएका किसानलाई थप आम्दानीको स्रोत जुटाउन टेवा दिएका छन् । यस कामको सुरुवातकर्ता सहकारी कालीगण्डकी दुग्धउत्पादन सहकारी हो । कृषिकर्म यहाँको बासिन्दाको मूल पेसा हो । सेराबासीले जीवन निर्बाहका लागि धान, मकै, गहुँ, कोदो र आलु उत्पादन गर्छन् । यस वडामा फलफूलको त्यति ठूलो बगान छैन । घरैपिच्छे सुन्तला, कागती, कटहर, केरा, नास्पाती, निबुवा, चखत्रो जस्ता सामान्य फलफूल पाइन्छन् । ती पनि घरको सामान्य मागलाई अपूर्ति गर्ने प्रकृतिका मात्र हुन् । यहाँको माटोका लागि सुहाउँदो कृषि व्यवसाय अलैँची, अदुवा, बेसार, कफी र किबी खेती भए पनि त्यसको व्यापक विस्तार भने हुन सकेको छैन । तिनको व्यावसायिक उत्पादन र प्रशोधन गर्ने काम त झन भएकै छैन । जैमिनि नगरपालिकाले वडा नं. १ कुस्मिसेरालाई २०७६ सालमा केरा पकेट क्षेत्र घोषणा गरेको छ । यो योजना पहारिलो घाम लाग्ने टुनिबोट, किसेक, टार र सेरा क्षेत्रका जमिनमा केराखेती उपयोगी छ । यस योजनालाई कार्यान्वयन गर्नका लागि जैमिनि केरा पकेट क्षेत्र समूह गठन भई सदस्यता वितरण भएको छ । एक वडा एक उत्पादन भन्ने नारासहित हाल नगरपालिकाद्वारा टुनिबोट, खौर र किसेकमा केरा खेती गरी आर्यआर्जन गर्ने योजना बनाएको छ । त्यसका लागि भौतिक निर्माणका काम पनि अगाडि बढेकोे बुझिन्छ । सिङ्गो १ नं.वडालाई केरा–पकेट क्षेत्र बनाउने भावी योजना रहेको जानकारको भनाइ रहेको छ (गोपाल प्रासाद आचार्य, केरा पकेट समूका अध्यक्ष) । उल्लिखित स्थानका लागि केराखेती उपयोगी भए पनि कुसीगाउँ, काँल्ले र खौरका लागि भने केरा खेती भन्दा अलैँची, चिया, अम्रिसो र कफी खेती उपयुक्त हुने देखिन्छ । केरा भन्दा पनि सेराको लागि उपयोगी भनेको कागति, अदुवा, बेसार र कफी खेती नै हो । झापा र इलामले चिया, अकबरे खुर्सानी, ओलन र अलैँची बेचेर स्वदेशी विदेशी मुद्रा आर्जन गरि रहेको देख्दादेख्दै हामी पनि त्यहाँको सिको गर्दै व्यावसियकता बढाउँदै नजानुमा कुनै कारण छैन । परम्परागत कृषिका अतिरिक्त रोजगारीका विविध क्षेत्रमा यहाँका बासिन्दा संलग्न भएका छन् । यहाँका बासिन्दा देशभित्रै शिक्षण पेशा, निजामति कर्मचारी, संवैधानिक निकाय, सुरक्षा निकाय र गैरसरकारी संघसंस्थामा जागिर गरी जीवन निर्वाह गर्छन् । यहाँका युवाहरूको रोजकारीका लागि भारत, साउदी, दुबइ, कतार, मलेसिया, कोरिया जाने जमात ठुलो छ । एसियाली मुलुक जापानका अतिरिक्त युरोप, अमेरिका र अष्ट्रेलियाका विभिन्न सहरमा गई त्यहाँबाट विदेशी मुद्रा नेपाल भिœयाउने र पारिवारिक गर्जो पनि टार्ने काम गरेका छन् । यहीँ बसोबास गर्ने केही युवाहरू भने सिकर्मी, डकर्मी, रिपेयरिङ, वेरिङ, प्लम्बिङ, मेटल मिस्त्री जस्ता सीपमूलक पेशामा पनि संलग्न छन् । केही युवाहरू पोल्ट्री फार्म, बख्रापालन र स्थानीय जातका कुखुरा पालनमा पनि संलग्न छन् । अहिले आएर परम्परागत निर्बाहमुखी कृषि प्रणालीलाई बिस्थापन गरी व्यापारमुखी काम पनि हुन थालेका छन् तापनि यहाँको श्रीबृद्धिका लागि पर्याप्त भने छैनन् । जनघनत्व बाक्लै भए पनि कुस्मिसेरामा व्यावसायिक चेतनाको उच्चतम विकास भने हुन छैन । यस अवस्थामा औद्योगिक क्रियाकलाप पनि अतिसामान्य अवस्थामा छन् । कुस्मिसेरामा उद्यमशीलताको विकास गर्नुपर्छ भनेर योजना बनाई काम गर्ने आरम्भकर्ता सुब्बा लक्ष्मीनारायण सापकोटा हुन् (टङ्कप्रसाद सापकोटासँगको संवादमा आधारित) । अहिलेको बजार उनकै चिन्तनको प्रतिफल हो । उनले मिति २०२३ पौषमा कपडा, खाद्यान्न र कुटानी पिसानीका सामग्रीको जोरजाम गरी सेराफाँटलाई बजारीकरण गर्नुपर्छ भनी योजना बनाई उपल्लो बजारमा दुईवटा लामालामा घर बनाएका थिए । त्यसमा तिलक सापकोटाले पनि साथ दिएका थिए । पछि आएर छायादत्त चापागाईँ, नरबहादुर थापा, तुलसी सुवेदी, गणेश शर्मा र पिताखर शर्मालगायतका मानिसको समूहलाई समेत साथमा लिई व्यापारमा पृथकीकरण गर्ने ध्येय राखिएको थियो । उनले बनाएको घरमा उमाकान्त सापकोटा, प्रेम सापकोटा लगायतले लामो समयसम्म व्यापार गरेको देखिँदै आएको छ । २०३२ साल माघमा टिमुर खोलाको पानी कुलामुनिको कुलोबाट (हाल बन्द अवस्थामा रहेको) सेरासम्म ल्याएर धौलागिरी अञ्चलमै पहिलोबाजी र व्यक्तिगत रूपमा नेपालमै पहिलोपल्ट बिजुली उत्पादन गरी बत्तीबालेको सुब्बाको दाबी छ (सुब्बा लक्ष्मीनारायण सापकोटासँगको संवादमा आधारित) । उदयपुरमा घरेलुको हाकिम हुँदा उनले सेरामा बजार बिस्तार गर्ने योजना बनाए । पाँच वर्षकोे जागिरे जीवनलाई विश्राम दिँदै कुस्मिसेरामा सुविधा विस्तार गर्ने योजना बनाए । पानी मिलको स्थापना गर्नका लागि छ महिनासम्म काठमाडौँमा बसे । त्यहाँ उनले स्वीजरल्याण्डका इन्जिनियरलाई भेटे । उसलाई सेरासम्मे भ्रमण गराएर भौगोलक अध्ययन पनि गराए । इन्जिनियरकै सल्लाहबमोजिम पानीमिल र आठ किलोवाट क्षमताको टर्बाइन जडान गरी बिजुली निकाल्ने काम पनि गरे । पानीबाट चल्ने धान, सेरोफेरो ः कुस्मिसेराको
डा.टीकाराम आचार्य ‘आरुणि’
जैमिनि न.पा. १, कुस्मिसेरा ।
१ विषय प्रवेश
झोलुङ्गे पुलको जिल्लाका रूपमा परिचित बागलुङ गण्डकी प्रदेशको उत्तर पश्चिम दिशातिर पर्दछ । नेपालभित्रको सानो नेपालका नामले पनि प्रख्यात बागलुङ साहसिक शिकार आरक्षणका नामबाट पनि संसारभर प्रसिद्ध छ । नेशनल जियोग्राफी टेलिभिजमा डकुमेन्टी प्रकाशित भएपछि संसारभर चर्चाको शिखरमा रहेको यो आरक्षण गण्डकी प्रदेशमा छ । गण्डकी प्रदेशकै राजधानी पोखराबाट ७६ किलोमिटर दूरीमा बागलुङ सदरमुकाम छ । त्यहाँबाट जैैमिनि नगरपालिकाको वडा नम्बर १ कुस्मिसेरा २१ किमी दूरीमा दक्षिणतिर रहेको छ । जम्माजम्मी पोखराबाट ९७ किमी दूरीमा छ कुस्मिसेरा । सेरा ठेउले खोला र टिमुर खोलाको किनारमा पूर्वी दिशादेखि उत्तरी दिशातर्फ सलक्क सुतेको छ । खोलाको किनारतिर पाटापाटा परेर चिटिक्क परेको अधिकांश धानखेत र त्यसको सिरानमा बस्ती छ । त्यसको माथिल्लो भागमा प्रायसः भिरालो जमिन, घना वन र बारीका पाटाहरू रहेका छन् । खर्क र चरनहरू पनि प्रशस्त छन् । 
कुस्सिेराको नक्सा उड्न लागेको परेवाजस्तो छ । कुस्मीसेराबासीले पूर्वतिर मुख फर्काउँदा कालीगण्डकीको किनार र जैमिनिघाट देख्छ भने पश्चिम दिशातिर हेर्दा दमेकको धुरी देख्छ । उत्तरतिर  फिर्कियो भने ओख्ले र रायडाँडाका सुन्दर दृश्य नियाल्न पुुग्छ । दक्षिणतिर मोहोरा बनाउँदा थन्थाप र राङ्खानीका भूभागहरू नियाल्न पुग्छ । कुस्मिसेरा टिमुरखोलाको किनारतिर मात्र फर्र्किएको छैन यसको पुरानो वडा नं ७ बाँसटारी पूर्वोतरतिर फर्किएको छ । तत्कालीन दमेक गा.वि.स.को पुछारमा रहेको बाँसटारी रणनैेतिक हिसाबले कुस्मिसेरामा राख्न उपयुक्त हुने ठानी खोलापारिको यो भूभागलाई पनि कुस्मिसेरा मातहतमा नै राखिएको बुझिन्छ । यसका अतिरिक्त यसको बिस्तारित परिचय पनि छ । यो त्यही पवित्र भूमि हो जहाँ जैमिनि ऋषिले पौराणिक कालमा कालीनदीको किनार स्थित जैमिनि घाटमा बसेर तपस्या गरेका थिए । 
यस आलेखमा कुस्मिसेराको साँध सीमानसहित यहाँको शिक्षा, स्वास्थ्य, जनघनत्व, आर्थिक क्रियाकलाप, प्राकृतिक स्रोत र पर्यटकीय स्थानहरूको परिचय दिइएको छ । यस्ता फरकफरक शीर्षकमाथि व्यापक अध्ययन हुन सक्ने भए पनि यहाँ परिचयपरक अध्ययन गरिएको छ । त्यसैले यस आलेखको उद्देश्य विवरणात्मक परिचय दिनु मात्र हो । यसका शीर्षक उपशीर्षकको परिचयात्मक विवरणका अतिरिक्त अन्य काम नगर्नु यसको सीमा हो । 

२ नामकर्म
कुस्मिसेरा नाम कसरी रहन गयो भन्ने विषयमा हालसम्म कुनै ठोस अध्ययन भएको छैन । यसको नाम कसरी रहन गयो भन्ने विषय आम सेराबसीको चासो रहँदै आएको छ । कुस्मिसेरको नामकरणको रोचक जानकारी यहाँ क्रमशः प्रस्तुत गरिन्छ ।
कुस्मि स्थानीय वा लौकिक शब्द हो भने सेरा कोशीय शब्द हो । यिनै दुई कुस्मि र सेरा नामपद समास भएपछि कुस्मिसेरा शब्द बनेको हो । सेरा भनेर शब्द ठाउँ विशेषलाई बुझाउनका लागि यस वडामा मात्र प्रयोग नभएर पर्वत, तनहुँ, स्याङ्जा, लमजुङ, अछाम, बैतडी, दोलखा, सुनसरी र रुकुम जस्ता जिल्ला पनि प्रयोग भएको पाइन्छ । नापोको अर्थमा प्रयोग हुने सेर शब्द संस्कृत, प्राकृत र अपभ्रंश हुँदै सेरा बन्न गएको हो । फारसी भाषामा पनि सेरा शब्दको प्रायोग भएको पाइन्छ । प्राकृत मूल हुने सेरा शब्दको अर्थ सिमसारको फाँचिलो जमिन वा खेत, माडुखेत, ठूलो खेत, फाँटप्रकारको रसिलो खेत हो भने यसको फारसी अर्थ भने खूब धनी, धनाढ्य, जगरसेठ भन्ने हो (शर्मा नेपाल, २०६२ः १३४३) । नेपालका विभिन्न ठाउँमा प्रयोग भएको देखिने सेरा शब्द फाँटको रसिलो खेत बुझाउनका लागि अधिक प्रयोग भएको भेटिन्छ । सेराबजारको आसपासमा ज्यादै रसिलो धानखेत रहेको हुनाले त्यही फाँटलाई बुझाउनका लागि सेरा शब्दको प्रयोग भएको हो । त्यसैले सेरा शब्दले फाँचिलो जमिन वा रसिलो खेत भन्ने अर्थ अर्थपूर्ण रूपमा बहन गरेको देखिन्छ ।
लौकिक कुस्मि शब्दको उत्पत्ति पनि कम रोचक छैन । कुस्मि शब्द कुसीगाउँको कुसे खर्कसँग सम्बन्धित छ । सेरामा बाक्लो सिरु उम्रने ठाउँ सिरूपाटा भएझैँ कुसीगाउँमा प्रशस्त कुस उम्रने कुसखर्क रहेको छ । त्यहाँका बासिन्दाले कुसे खर्कलाई सम्बोधन गर्दा कुस, कुसा, कुसे र कुसी जस्ता शब्द प्रयोग गर्दै गए । प्रयोगगत असावधानी र मुखसुखमा आएको परिवर्तनका कारण कुस शब्दमा अनुस्वार आगम भयो र कुसाँ (कुसमा भन्ने अर्थमा) हुँदै इकारान्त शब्द कुस्मि बन्न गयो । आकारान्त भन्दा इकारान्त शब्द जिब्रोलाई उच्चारण गर्न सजिलो हुने भएको हुनाले कुसाँ शब्द कुस्मीमा परिणत भयो । त्यसपछि कुस्मि शब्द मौखिक र लिखित दुबै रुपमा प्रचलनमा आयो । २०४६ सालमा जनआन्दोलन भएपछि २०४७ सालमा बहुदलीय व्यवस्थाको आरम्भ भयो । त्यस समयसम्म पुरानो कुस्मि गाउँ पञ्चायतले कुसीगाउँलाई प्रशासनिक केन्द्र बनाएको थियो । त्यो भाग रायडाँडा मातहतमा रहेको र गाविसको पुनर्संरचना हुँदा कुस्मिलाई सेरामा गाभियो । सेरामा कुस्मि गाभिएपछि दुबैको संयुक्त रूप कुस्मिसेरा बन्न पुग्यो (यदुनाथ आचार्यसँग भएको संवादमा आधारित) । नेपाल सरकारले मिति २०४७ मा कुस्मिसेरालाई गा.वि.सको प्रशासनिक केन्द्र घोषणा गरेपछि यस नामले औपचारिकता पाएको हो । वर्तमान समयमा कुस्मिसेराले समग्र कुस्मिसेराबासीको मनोभावनालाई प्रतिनिधित्व गरेको छ ।

३ भौगोलक अवस्था र सीमाना
कुस्मिसेरा नेपालको मध्य भागमा पर्ने कम सदरिया पहाडी इलाका हो । यो ठेउले खोलो र कालीगण्डीको दोभानमा पूर्वदेखि पश्चिमोत्तरतिर लमतन्न परेर सुतेको छ । कुस्मिसेराको भौगोलिक क्षेत्र समुद्र सतहबाट ६१८ मिटरदेखि १०४२ मिटरसम्मको उच्चाइमा अवस्थित छ । सेराको यस प्रकृतिको उच्चइमा समशीतोष्ण जलवायु रहेको पाइन्छ ।
नेपाल सरकारले २०७३ साल फागुन १७ गते राजपत्रमा जैमिनि नगरपालिका भनी प्रकाशित गरेपछि नगरपालिकाको नामले औपचारिकता पाएको हो । यसको केन्द्र १० वडाको मध्य भागमा रहेको कुस्मिसेरा बजार प्रमुख प्रशासनिक केन्द्र बनेको छ । कुल ११८.७१ वर्ग किमी क्षेत्रमा फैलिएको नगरपालिकाको जनसंख्या २०६८ सालको जनगणनाअनुसार ३१४३० रहेकोे छ । यसअन्तर्गत जैमिनि न.पा.१ कुस्मिसेराको ९.८० वर्ग किमी क्षेत्रफल, ३२४४ जनसंख्या र ८१९ घरधुरी रहेका छन् । ३२४४ जनामा १४३९ पुरुष र १८२८ पुरुष रहेको तथ्याङ्क भेटिन्छ -https://jaiminimun.gov.np/content/। नेपालमा अधिकतम घनाबस्ती प्रतिवर्ग किमी ३८१ जनाको बसोबास रहेकोमा यस वडामा एक वर्ग किमीमा ३३१ जनाको बसोबास रहनु भनेको जमिन र बस्तीको अनुपातका हिसाबले यहाँको बस्ती बाक्लो छ भन्नु हो । यस नगरपालिकाको सीमाना पूर्वमा काली नदी वा फलेबास, पश्चिममा दमेक, उत्तरमा अमलाचौर÷भकुण्डे र दक्षिणमा सर्कुवाले बाँधेको छ । नगरपालिकाले प्रकाशन गरेको वेभसाइटमा साँधसीमानाको निर्धारण त्रुटिपूर्ण रहेको छ -https://jaiminimun.gov.np/content/वडा–१–कुस्मिसेरा) । यस वडामा ब्राह्मण, क्षत्री, ठकुरी, मगर, सार्की, मुसलमान, बोटे, माझी, दमै आदि जातजातिको बसोबास भए पनि ब्राह्मण, क्षत्री र मगरको घना बस्ती रहेको छ । बोटे र माझी जातिहरू कालीगण्डकीको तीर जैमिनि घाटमा बसोबास गर्दै आएका भए पनि संरक्षणका अभावमा तिनको बसोबास भेटिन छोडेको  छ ।

३.१ प्राकृत भूबनोट
कुस्मिसेराको भौगोलिक आकृति वा नक्सा उड्न लागेको परेवा जस्तो देखिन्छ । यहाँ जमिन प्राय भिरालो छ । पानीढलो आकृतिको भूबनोटमा टुनिबोटदेखि लिएर कुसीगाउँसम्मै मोटरबाटो मुनितिर खोलाको कुलो लाग्ने र प्रशस्त धान फल्ने खेतको फाँट छ । मोटरबाटोका माथिपट्टि टारी खेत, बारी, खर्क र बाक्लो जङ्गलले ढाकेको छ । कुस्मिसेराको पुछारतिर नदी र खोलाको साँध छ भने माथितिर कुस्मिसेराले प्रशासन गर्दा निकट हुने र पानीको बहाब कुस्मिसेरैतिर ढल्किने गरी पानीढलो सिद्धान्त अवलम्बन गरी यहाँको सीमाङ्कन गरिएको छ । टुनिबोट, किसेक र सिरुबारीले अमलाचौरसँग, टार, आमटारी, कुस्मिसेरा र बाँसटारीले ठेउले खोलासँग एवं भण्डार र खौरले भकुण्डेसँग सीमाना गाँसेका छन् । यहाँको लगभग पचास प्रतिशत जमिन ऊर्बर रहेको छ । बाँकीलाई वन, खर्क र भिरले ओगटेको छ । कुस्मिसेराको यस्तो भौगोलक सम्पत्ति भए पनि यहाँका बिसिन्दाको कर्म, तिनको शारीरिक र बौद्धिक सामथ्र्य मूल सम्पत्ति वा वास्तविक कुस्मिसेरा हो ।

३.२ बाटोको अवस्था
कुस्मिसेरामा हाल दस किलोमिटर बाटो कालोपत्रे भएको छ । बाँकी सडक कच्ची छन् । यहाँको मूल बाटो भनेको कालीगण्डकी करिडोरले छोएर जैमिनिघाटदेखि सेरासम्म, बागलुङबाट सेरा हुँदै शन्तिपुरसम्म बिस्तारित हुने मूल चौरस्ता हो । यसका केही शाखा प्रशाखा पनि रहेका छन् । कुस्मिसेरादेखि प्राथमिक स्वास्थ्य चौकी हुँदै सिरुबारी र जलुकेनी हुँदै गिठे सडक, कुस्मिसेरा छिस्ती कृषि सडक, कालीगण्डकी करिडोर जैमिनि घाटबाट मरेबाटो हुँदै कुस्मिसेरा, कुस्मिसेरादेखि दमेक, कुस्मिसेरादेखि पैयुँ थन्थाप हुँदै राङखानी र बरेङसम्म, कुस्मिसेरादेखि बिनामारे, अर्जेवा, जैदी हुँदै छिस्ती, कुस्मिसेरादेखि फेदी रायडाँडा हुँदै बागलुङ सदरमुकामसम्म जोड्ने कच्ची सडक निर्मित छन् । यी प्राय सडक हिउँद याममा मात्र सञ्चालन हुन्छन् । यिनलाई स्तरोन्नति गर्ने, नाली बनाउने, ग्याबिन जाली भर्ने र चाक्लाबन्दी गरेर बाह्रै महिना सञ्चालन गर्न सकिने बनाउन नितान्त आवश्यक रहेको छ । 

२.३ खानेपानी
कुस्मिसेराबासीका लागि खानेपानी व्यवस्थापन गर्नका लगि नगर, वडा र समुदायस्तरबाट प्रशंसनीय कार्य भएको देखिन्छ । टुनिबोटको खानेपानी आपूर्ति बाँध खोलाबाट, टारको खानेपानी आपूर्ति बाँसेखोला र ढँडेनीको पानीबाट, सिरुबारी र राम्चेका लागि बाँसेखोलाको मुहानतिरबाट आपूर्ति भएको छ । भण्डार र सामरुन्टाको लागि भण्डारेखोलाबाट, कुसिगाउँको लागि कुएँ खोलाबाट, खौर र टिमुरखोला गाउँको लागि टिमुरखोला र यसका सहायक खोल्साखाल्सीका पानीका मुहनबाट खाने पनीको जोहो हुँदै आएको छ । कुस्मिसेरालगायत सहरोन्मुख इलाकाको लागि दीर्घकालीन रूपमा खाने पानीको व्यवस्थापनका लागि कुस्मिसेरा रायडाँडा खानेपानी तथा सरसफाइ आयोजनाले ओख्लेदेखि कुस्मिसेराका प्राय भूभागलाई समेट्ने गरी योजना बनाएको छ (होमनाथ आचार्य, आयोजनाका सचिव)  (यदि सो आयोजनाले नसमेटेको खण्डमा स्थानीय पानीका स्रोतको उपयोग गरी हरेक घरलाई एकएक धारा बनाइदिने आयोजनाको लक्ष्य रहेको बुझिन्छ) । उपल्लो भण्डार, सिरुबारी, राम्चे, जलुकेनी, किसेक, टुनिबोट र जैमिनिघाटका बासिन्दाको लागि यस आयोजनाले नसमेट्ने हुँदा तत्तत् स्थानकै पानीका स्रोतलाई उपयोग गरी खानेपानीको आपूर्ति गरिने बुझिन्छ । खानेपानीका लागि यस प्रकृतिको प्रयासले सेराबासीको सुविधा बढ्नेमा विश्वास गरिन्छ ।

३.४ स्वास्थ्य
जैमिनि नगरपालिकाको मध्य भागमा रहेको कुस्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्र यहाँको एक मात्र स्वास्थ्य क्षेत्रको पूर्वाधार हो । यो प्राथमिक स्वास्थ्य केन्द्रकै सुविधाबाट सुधारिन सकेको छैन । यसको प्राथमिक उपचार बाहेक अरु टेको छैन । यस भेगका बासिन्दालाई पोखरा र काठमाडौँ जस्ता पूर्वाधार सम्पन्न क्षेत्रमा रेफर गर्नु पनि प्राथमिक स्वाथ्य केन्द्रको थप जिम्मेबारी हो । यसका अतिरिक्त सामान्यदेखि लिएर जटिलसम्मका रोगको निदानका लागि पोखराकै भर पर्नु यहाँका बासिन्दाको बाध्यता हो । हुन त नगरपालिकाले सर्ने नसर्ने रोगको रोकथाम, औषधी सामग्रीको खरिद र जटिल रोगको निदानका लागि आव २०७७÷०८८ मा जम्मा बाइसलाख रुपियाँ पूरै नगरबासीलाई सुविधा पु¥याउने गरी बजेट छुट्याएको देखिन्छ (बजेट वक्तव्य, २०७७) । यसरी छरिएको बजेट पनि कर्मकाण्डी पाराको मात्र छ । त्यसको प्रभावकारिता र दीर्घकालीन लक्ष्य देखिँदैन । गर्भवती र आपत्कालीन अवस्थाका बिरामीको लागि एम्बुलेन्स किनिएको छ तर नियमित चल्नका लागि बाटो प्रभावकारी छैन । अल्ट्रासाउण्ड मेसिन छ तर चलाउने जनशक्ति छैन । ल्याब छ तर ल्यबका लागि चाहिने कीट छैनन् । एक जना एम् बी.बी एस्. डाक्टरको दरबन्दी छ त्यति मात्र नगरपालिका÷वडाको लागि पर्याप्त छैन । शिक्षा, स्वास्थ्य र रोजगारी नागरिकका न्यूनतम हक भएको हुनाले यिनको सुधारका लागि नगरपालिकाले आगामी दिनमा सुझबुझपूर्ण तरिकाले योजना बनाई काम गर्नु आवश्यक छ ।
फोहोर व्यवस्थापन र ढल नालीको निकास गर्ने काम पनि वडाबासीको स्वास्थ्यसँग जोडिएका विषय हुन् । फोहोर मैलाको उत्सर्जन र ल्याण्डफिल्ड साइटको निर्माणका लागि नगरपालिकाले बजेट छुट्याएको छ । त्यो बजेट के कसरी उपयोग गर्ने भन्ने योजना भने छैन । खासमा नगरपालिकाको योजना शिथिल रहेको छ । नगरपालिकाको स्वास्थ्य र सरसफाइको व्यवस्थापनका लागि कुशाग्रबुद्धिको खाँचो रहेको देखिन्छ ।

२.५ सरसफाइ व्यवस्थापन
जनघनत्व बढ्दै गएको कुस्मिसेरा बजारको फोहर र सरसफाइ व्यवस्थापन चुनौतिपूर्ण बनेको छ । बजार क्षेत्रमा ढल निकास नहुँदा र सेरा बजारको बिच भागबाट सिँचाइ कुलो हटाउन नसिकिँदा बाटो हिलाम्मे भएको छ । यहाँका व्यापरीहरूको ढोकाभित्रै गजगजे हिलो पस्ने र वर्षामा भल छिरेर सामान ढुब्ने कारणले गर्दा सेराका व्यापारी हैरान भएका छन् । सामरुन्टाबाट खस्नेबाट त्रस्त भएका छन् । आव २०७७÷०७८ को कार्यक्रममा सहरोन्मुुख इलाकामा ढलनाली बनाउने र फोहर व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइडको ठाउँ निर्धारण गरी त्यसलाई व्यवस्थित गर्ने योजना उल्लेख भएको देखिन्छ (आव २०७७÷०७८ को नीति तथा कार्यक्रम) । नगरपालिकाको यस्तो योजना भए पनि कतिपय सेराबासीहरू सार्वजनिक र निजी शौचालयको अभावमा खोलामा शौच बस्न जाने र घरबाट निस्किएको फोहोर पनि खोलाकै किनारमा लएर उत्सर्जन गर्ने बनीमा अभ्यस्त छन् । कतिपय नगरबासीको यस्तो बानी नगरपालिकाले हटाउन सकेको छैन । प्लाष्टिकजन्य फोहरको उचित व्यवस्थापन हुन नसक्दा बजारको बिच भागबाट बग्ने कुलोले बगाएर खेतमा नकुहिने फोहोर लैजानाले धानखेतको ऊर्बराशक्ति पनि क्षीण हुँदै गएको देखिन्छ । नकुहिने फोहर व्यवस्थाप गर्न यदि नगरपालिकाले बिलम्ब गरेमा जिभ पार्क, तल्लोबजार, उपल्लो बजार र नगरपालिका कार्यालय क्षेत्रतिरका इलाकाहरू कुरूप बन्दै जाने देखिन्छ । सेरा बजारलाई बाढीपहिरोको जोखिमबाट जोगाउनका लागि कुलामुनिदेखि फलाँटेसम्मको ठूलो कुलाको भागलाई स्थायी ढलान गर्ने र माथिबाट आउने बाढीलाई कुलो खनी तर्काएर खोलातिर सोझाउने काम गर्न पनि आवश्यक छ ।

४. प्रमुख पेसा–व्यवसाय
परम्परागत कृषिकर्म गरी पशुपालनलाई पनि साथसाथै डो¥याएर हिँड्नु यहाँका बासिन्दाको मूल कर्म हो । आफूलाई चाहिने तरकारी, फलफूल, मासु, खाद्यान्न र पशु आहार उत्पपादन गरी निर्वाहमुखी पेशामा कटिबद्ध हुनु यहाँका बसिन्दाको कर्म हो । जनचेतना, शिक्षा, तालिम र पुँजीको अभावमा कुस्मिसेराबासी निर्बाहमुखी पेसालाई नै निरन्तरता दिन बाध्य छन् । उनीहरूलाई थप जागरुक तुल्याउँदै कृषि र पशुपालनलाई व्यावसायिक र प्रविधिमैत्री बनाउँदै लैजानु आजको आवश्यकता हो ।  
कुस्मिसेराका बासिन्दाको आयआर्जन बढाउने र सामुदायिक सहभागितामा पनि जोड दिने उद्देश्यअनुरूप कृषिसँग सम्बन्धित केही व्यावसायिक काम पनि भएका छन् । दुग्धजन्य पदार्थको बिक्रीका लागि सहकारी संस्थाहरू पनि सञ्चालित छन् । तिनमा कालीगण्डकी दुग्ध उत्पादन सहकारी संस्था, टाकुरी÷टुनिबोट २०५५, पल्लोपाखो दुग्ध उत्पादन सहकारी संस्था, टार २०६०, जैमिनि दुग्ध उत्पादन सहकारी, टार २०७५, कुस्मि–फेदी दुग्ध उत्पादन सहकारी, फेदी २०७७ पर्छन् (रुद्रनाथ पौडेल र डिल्लिप्रसाद शर्माबाट प्राप्त सूचनामा आधारित) । यहाँका पुराना सहकारीले निम्नआय भएका किसानलाई थप आम्दानीको स्रोत जुटाउन टेवा दिएका छन् । यस कामको सुरुवातकर्ता सहकारी कालीगण्डकी दुग्धउत्पादन सहकारी हो । 
कृषिकर्म यहाँको बासिन्दाको मूल पेसा हो । सेराबासीले जीवन निर्बाहका लागि धान, मकै, गहुँ, कोदो र आलु उत्पादन गर्छन् । यस वडामा फलफूलको त्यति ठूलो बगान छैन । घरैपिच्छे सुन्तला, कागती, कटहर, केरा, नास्पाती, निबुवा, चखत्रो जस्ता सामान्य फलफूल पाइन्छन् । ती पनि घरको सामान्य मागलाई अपूर्ति गर्ने प्रकृतिका मात्र हुन् । यहाँको माटोका लागि सुहाउँदो कृषि व्यवसाय अलैँची, अदुवा, बेसार, कफी र किबी खेती भए पनि त्यसको व्यापक विस्तार भने हुन सकेको छैन । तिनको व्यावसायिक उत्पादन र प्रशोधन गर्ने काम त झन भएकै छैन ।
जैमिनि नगरपालिकाले वडा नं. १ कुस्मिसेरालाई २०७६ सालमा केरा पकेट क्षेत्र घोषणा गरेको छ । यो योजना पहारिलो घाम लाग्ने टुनिबोट, किसेक, टार र सेरा क्षेत्रका जमिनमा केराखेती उपयोगी छ । यस योजनालाई कार्यान्वयन गर्नका लागि जैमिनि केरा पकेट क्षेत्र समूह गठन भई सदस्यता वितरण भएको छ । एक वडा एक उत्पादन भन्ने नारासहित हाल नगरपालिकाद्वारा टुनिबोट, खौर र किसेकमा केरा खेती गरी आर्यआर्जन गर्ने योजना बनाएको छ । त्यसका लागि भौतिक निर्माणका काम पनि अगाडि बढेकोे बुझिन्छ । सिङ्गो १ नं.वडालाई केरा–पकेट क्षेत्र बनाउने भावी योजना रहेको जानकारको भनाइ रहेको छ (गोपाल प्रासाद आचार्य, केरा पकेट समूका अध्यक्ष) । उल्लिखित स्थानका लागि केराखेती उपयोगी भए पनि कुसीगाउँ, काँल्ले र खौरका लागि भने केरा खेती भन्दा अलैँची, चिया, अम्रिसो र कफी खेती उपयुक्त हुने देखिन्छ । केरा भन्दा पनि सेराको लागि उपयोगी भनेको कागति, अदुवा, बेसार र कफी खेती नै हो । झापा र इलामले चिया, अकबरे खुर्सानी, ओलन र अलैँची बेचेर स्वदेशी विदेशी मुद्रा आर्जन गरि रहेको देख्दादेख्दै हामी पनि त्यहाँको सिको गर्दै व्यावसियकता बढाउँदै नजानुमा कुनै कारण छैन । 
परम्परागत कृषिका अतिरिक्त रोजगारीका विविध क्षेत्रमा यहाँका बासिन्दा संलग्न भएका छन् । यहाँका बासिन्दा देशभित्रै शिक्षण पेशा, निजामति कर्मचारी, संवैधानिक निकाय, सुरक्षा निकाय र गैरसरकारी संघसंस्थामा जागिर गरी जीवन निर्वाह गर्छन् । यहाँका युवाहरूको रोजकारीका लागि भारत, साउदी, दुबइ, कतार, मलेसिया, कोरिया जाने जमात ठुलो छ । एसियाली मुलुक जापानका अतिरिक्त युरोप, अमेरिका र अष्ट्रेलियाका विभिन्न सहरमा गई त्यहाँबाट विदेशी मुद्रा नेपाल भिœयाउने र पारिवारिक गर्जो पनि टार्ने काम गरेका छन् । यहीँ बसोबास गर्ने केही युवाहरू भने सिकर्मी, डकर्मी, रिपेयरिङ, वेरिङ, प्लम्बिङ, मेटल मिस्त्री जस्ता सीपमूलक पेशामा पनि संलग्न छन् । केही युवाहरू  पोल्ट्री फार्म, बख्रापालन र स्थानीय जातका कुखुरा पालनमा पनि संलग्न छन् । अहिले आएर परम्परागत निर्बाहमुखी कृषि प्रणालीलाई बिस्थापन गरी व्यापारमुखी काम पनि हुन थालेका छन् तापनि यहाँको श्रीबृद्धिका लागि पर्याप्त भने छैनन् ।
जनघनत्व बाक्लै भए पनि कुस्मिसेरामा व्यावसायिक चेतनाको उच्चतम विकास भने हुन छैन । यस अवस्थामा औद्योगिक क्रियाकलाप पनि अतिसामान्य अवस्थामा छन् । कुस्मिसेरामा उद्यमशीलताको विकास गर्नुपर्छ भनेर योजना बनाई काम गर्ने आरम्भकर्ता सुब्बा लक्ष्मीनारायण सापकोटा हुन् (टङ्कप्रसाद सापकोटासँगको संवादमा आधारित) । अहिलेको बजार उनकै चिन्तनको प्रतिफल हो । उनले मिति २०२३ पौषमा कपडा, खाद्यान्न र कुटानी पिसानीका सामग्रीको जोरजाम गरी सेराफाँटलाई बजारीकरण गर्नुपर्छ भनी योजना बनाई उपल्लो बजारमा दुईवटा लामालामा घर बनाएका थिए । त्यसमा तिलक सापकोटाले पनि साथ दिएका थिए । पछि आएर छायादत्त चापागाईँ, नरबहादुर थापा, तुलसी सुवेदी, गणेश शर्मा र पिताखर शर्मालगायतका मानिसको समूहलाई समेत साथमा लिई व्यापारमा पृथकीकरण गर्ने ध्येय राखिएको थियो । उनले बनाएको घरमा उमाकान्त सापकोटा, प्रेम सापकोटा लगायतले लामो समयसम्म व्यापार गरेको देखिँदै आएको  छ । २०३२ साल माघमा टिमुर खोलाको पानी कुलामुनिको कुलोबाट (हाल बन्द अवस्थामा रहेको) सेरासम्म ल्याएर धौलागिरी अञ्चलमै पहिलोबाजी र व्यक्तिगत रूपमा नेपालमै पहिलोपल्ट बिजुली उत्पादन गरी बत्तीबालेको सुब्बाको दाबी छ (सुब्बा लक्ष्मीनारायण सापकोटासँगको संवादमा आधारित) । उदयपुरमा घरेलुको हाकिम हुँदा उनले सेरामा बजार बिस्तार गर्ने योजना बनाए । पाँच वर्षकोे जागिरे जीवनलाई विश्राम दिँदै कुस्मिसेरामा सुविधा विस्तार गर्ने योजना बनाए । पानी मिलको स्थापना गर्नका लागि छ महिनासम्म काठमाडौँमा बसे । त्यहाँ उनले स्वीजरल्याण्डका इन्जिनियरलाई भेटे । उसलाई सेरासम्मे भ्रमण गराएर भौगोलक अध्ययन पनि गराए । इन्जिनियरकै  सल्लाहबमोजिम पानीमिल र आठ किलोवाट क्षमताको टर्बाइन जडान गरी बिजुली निकाल्ने काम पनि गरे । पानीबाट चल्ने धान, मकै, गहुँ र तोरी एकैपटक कुट्न, पिस्न र पेल्न मिल्ने पानीमिलको स्थापना गरी यस क्षेत्रलाई उद्यमशीलतातर्फ अभिमुख बनाए । ढाका टोपी उद्योगको स्थापना गरे । उनले आरम्भमा सेराबजारको छेउमा हाल प्रहरी  चौकीतिर जाने बाटोको नजिकमा पानी मिलको स्थापना  गरे । विविध समस्या आएपछि दमेकमा सारे । उनी पदमा रहँदै सरकारसँग हुलाक मागे । राष्ट्रिय बाणिज्य बैँकका शाखा स्थापनाका लागि पहल गरे । भेटेनरी र प्राथमिक स्वास्थ्यकेन्द्र स्थापनाका लागि अनुरोध गरे । मादीबाट फलामको काम गर्ने सुबाने सुनारलाई झिकाए । सिलाइ कटाइका लागि रुम्टाबाट सूचीकार र चुरापोते पसल सञ्चालन गर्नका लागि बलेवाबाट मुसलमानलाई बोलाए । सिरूपाटाको प्राथमिक विद्यालयलाई भत्काउन लगाई सेराको फाँटमा निमावि विद्यालयको स्थापना गरे । अँखेलीहरूसँग जग्गा मागी स्याउलाको छानोले छाएपछि विद्यालयको आरम्भ भयो । त्यहाँका ठुलाठुला ढुङ्गा फुटाउन बुटवलबाट बम मगाए । रातिराति बम बिस्फोट गरी गुल्टाउन सकिने बनाएर फुटेका ढुङ्गा खोलामा गुल्टाए । शान्ति मा.वि.को स्थापना गर्नका लागि टुनिबोटदेखि कुसीगाउँसम्म र मौलाछलेखि दमेकसम्मका बासिन्दालाई जनश्रमदान गर्नका लागि आह्वान गरे । नगद लगानी गर्नुपर्ने ठाउँमा आफ्नो हात अघि सारे (सुब्बा लक्ष्मीनारायण सापकोटासँगको संवादमा आधारित) । यसरी कुस्मिसेराका बासिन्दालाई चाहिने न्यूनतम पूर्वाधारको विकासमा निकै राम्रो योगदान दिए । उनकै सोचका कारण कुस्मिसेरा बजार व्यापारिक र प्रशासनिक केन्द्रका रूपमा स्थापित हुन पुग्यो । सुब्बाको यस्तो दृष्टिकोण दूरगामी, परिवर्तनकारी र सामजसापेक्ष मात्र होइन यस क्षेत्रको मुहार फेर्नका लागि कोसे ढुङ्गा सबित हुन पुगेको छ । जसको ब्याज अद्यापि यहाँका जनताले उपभोग गर्दै आइरहेका छन् ।
सुब्बा लक्ष्मीनारायण सापकोटाले स्थापना गरेको मिल अद्यापि शिवपुरीको पुछारमा सञ्चालित छ । त्यसका अतिरिक्त टुनिबोट, किसेक, जलुकेनी, महोरिया, फलाँटे, फेदी, भण्डार, सिरुबारी जस्ता ठाउँमा मकै, गहु र कोदो पिस्ने ससाना मिसिनहरू राखिएका छन् । मिलको स्थापनाले टाढाटाढासम्म कुटानी पिसानीका लागि यात्रा गर्नु पर्ने बाध्यता हटेको छ र गृहिणीहरूको समयको वचत मात्र भएको छैन सुविधा पनि थप भएको छ । सेरा बाजरामा अहिले तिनवटा कमर्सियल बैँक (एन्एम्बी, ग्लोबल आइएम्ई र राष्ट्रिय बाणिज्य) का शाखा सञ्चालित छन् । सिवाइसी, सूर्योदय र जनसेवी सहकारी सञ्चालनमा छन् (टङ्कप्रसाद सापकोटाबाट प्राप्त सूचनामा आधारित) । घरेलुु तथा साना उद्योगमा मेटल उद्योग, ब्लक र इट्टा उद्योग, प्रिन्टिङ प्रेस, साइबर, होटल रेष्टुराँ, हार्डवेयर, स्टेशनरी, फेन्सी, टेलरिङ र फर्निचर निर्माण जस्ता प्रतिष्ठानहरू सञ्चालित  छन् । यहाँ सहारा युवा क्लब, जनचेतना युवाक्लब, जैमिनि सङ्कीर्तन समूह, लायन्सक्लब कुस्मिसेरा, जैमिनि नगर चेम्बर अफ कमर्स, शुभेच्छा एफ्. एम्. जस्ता सामाजिक संघ संस्था सामाजिक कार्य गर्नका लागि स्थापना भएका देखिन्छन् । यी सबैले आ–आफ्नो ठाउँबाट यहाँको विकासमा टेवा दिएका छन् ।
अहिलेको नयाँ समयमा सेरामा जनघनत्व विस्तारित हुँदै गएको छ । जनसङ्ख्याको घनत्व बृद्धि भएका आधारमा सुविधाको विस्तार हुन सकेको छैन । प्रभावकारी यातायातका साधन उपलब्ध छैनन् । बागलुङदेखि कुस्मिसेरासम्म यात्रा गर्नका लागि जेनतेन बस, जिभ र निजी सवारी उपयोग हुन्छन् तर सेराबाट माथिमाथि जाने यात्रुलाई भने पाइला खियाउनुको विकल्प छैन । बाटो, पुल, बिजुली, विद्यालय, महाविद्यालय, अस्पताल र रोजगारी नगरपालिकाका न्यूनतम पूर्वाधार भए पनि नगरपालिकाको योजना सुस्तप्राय छ । यी पूर्वाधारको विकास र प्रबद्र्धनका लागि वडाबासीले दीर्घकालीन योजना माग गरि रहेछन् । नगरपालिका भने कुहिरोको कागप्राय बनेको छ । 

५ प्राकृतिक स्रोत
कुस्मिसेराको प्रमुख पुँजी मानवीय पुँजी हो । मानवीय पुँजीका अतिरक्त वनपैदावार र पानी प्रकृतिप्रदत्त स्रोत हुन् । कुस्मिसेरा प्रशस्त पानीको स्रोत भएको वडा हो । यस वडाको पुछारबाट बग्ने कालीगण्डकी पानीको बृहद स्रोत हो । हुन त छोटो भूभाग भएर बग्ने कालीनदीबाट सेराले धेरै फाइदा उपभोग गर्न नसक्ला तर पनि भविष्यमा यसको उपयोगिता व्यापक रहनेछ । । त्यसछि ठेउले खोलो यहाँको ठूलो पानीको स्रोत हो । यस खोलामा मौलाछ जाने पुलमुनि बाँध बाँधी ठेउले खोला हाइड्रो पावरबाट २ मेगावाट बिजुली उत्पादन क्षमताको हाइड्रो पावर सञ्चालन भइसकेको छ । यस खोलामा सर्कुवाको पुछारमा, जाडीमा, ठेउलेमा एकएकवटा, रुम्टामा दुइवटा, लाम्सुको मुनि रुम्टाको पारि एउटा, सरातेमा एक गरी आठवटा जलविद्युत सञ्चालनमा रहेका छन् । छोटो दूरी भएको खोलामा यस्ता धेरै लघु र मध्यम स्तरका जलविद्युत आयोजना निर्माण भएका छन् । यहाँको बिजुली केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । उज्यालोको संवाहक यस खोलाको आसपासको क्षेत्रलाई नेपाल सरकाले ऊर्जा उपत्यका घोषणा गरेको छ (नवीन प्रताप जिसीबाट प्राप्त सूचनामा आधारित) । यी जलविद्युत आयोजनाको निर्माण गर्न (ठेउले खोला हाइड्रो पावरबाहेक) सरकारी अनुदानका अतिरिक्त त्यहाँका बासिन्दाले प्रशस्तै मात्रामा जनश्रमदान गरेका छन् । अतः ऊर्जा उपत्यका त्यहाँका बासिन्दाको मिहिनेतको फल वा शारीरिक श्रमको उज्यालो ज्योति हो जसकै कारण दुर्गम ग्रामीण भेग कहाली लाग्दो अन्धकारबाट उज्यालिएको छ ।
टार र किसेकको बिचभागबाट जुम्ली खोलो बगेको छ । यसले बाँस्पोटको खेत, ठुलो खेत, किसेक लगायतका खेतमा सिँचाइ पु¥याएको छ । यसको मुहान सतिपखरामा हो । यसले  पल्लो पाखो नाम गरेको सामुदायिक वनभित्र ठूलो छहरो बनाएको छ । हेर्नका लागि त्यो चित्ताकर्षक रहेको छ । त्यसमा पानीको बहाब अली बक्लो बनाई पर्यटकलाई आकर्षित तुल्याउन सकिन्छ । छहराको खोलो सेरा बजार र फलाँटेको बिचमा छ । यसले पनि त्यस आसपासका जमिनमा सिँचाइ पु¥याएको छ । बुकेनी मुहान भएको भण्डारे खोेला सिरुबारी र भण्डारको बिचभागबाट बगेको छ । यसले भण्डारको खेत, सिरुवारीको खेत, ठाडाखेत र गैराको खेतमा सिँचाइ प¥याएको छ । टिमुर खोला भकुण्डेको पुछारबाट बग्दै आएको छ । यो कुसी गाउँ, गैरा फाँट, काँल्ले, पैरे, टिमुर खोला, खौर लगायतका ठाउँको जलाधार बनेको छ । दमेकको नौला मुहान भएर फेदीमा आई टिमुर खोलामा मिसिएपछि टिमुर खोलो बनेको ठूलो खोलो सेराबासीको जीवनको आधार बनेको छ । यसले यहाँका कर्मवीर किसानलाई सदियौँदेखि खोकिलामा राखी जलान्न उत्पादनबाट पालेको छ ।
सामुदायिक वन यहाँको मूल प्राकृतिक स्रोत हो । नेपाल सरकारले उजाड जमिनमा वृक्षारोपण गर्नका लागि समुदायलाई प्रोत्साहित गर्ने र वन पनि समुदायलाई नै रेखदेख गर्ने नीति अवलम्बन गरेपछि सामुदायिक वनको तीब्र विकास हुन पुग्यो । त्यसैको फलस्वरूप कुस्मिसेरामा पनि आधा दर्जन जति सामुदायिक वन जन्मिन पुगे । वनबाट परम्पारगत इन्धन दाउराका अतिरिक्त घाँस, स्याउला, काठ र अम्रिसो जस्ता वनपैदाबार समुदायले उपभोग गर्न थाले । वनको रेखदेखदेखि लिएर त्यसबाट उत्पादन हुने वन्यपैदाबार समुदायले उपभोग गर्न पाउँदा एकातिर वनस्पतिको संरक्षण हुन पुग्यो भने अर्कातिर स्थानीय वासिन्दाको सुविधा पनि बृद्धि हुँदै गयो । काठ, दाउरा, घाँस र स्याउला जस्ता सामग्री गाउँलेले सजिलै पाउन थाले । यस्ता सुविधा बढ्न गएको देखेपछि सबैले सामुदायिक वनको अवधारणालाई आत्मसात गरे । त्यसैको फलस्वरूप आधा दर्जन जति सामुदायिक वन कुस्मिसेरामा जन्मिन पुगे । सेरामा वनलाई सामुदायिकीकरण गर्नु पर्छ भनेर टार निवासी डिल्लीप्रसाद शर्माले धेरै राम्रा काम गरे । उनकै प्रयासमा पल्लोपाखो सामुदायिक वनको स्थापन हुन पुग्यो । उनको सिको गर्दै जलुकेनी अर्चलपाटाले तारेभिर सामुदायिक वन दर्ता गरे । डिल्लीप्रसादकै सक्रियतामा सोथ÷धुर्सेनी सामुदायिक वन जन्मियो । लगत्तै झब्रिखेत र अमटारीले सिरूपाटा सामुदायिक वन दर्ता गरी भोग चलनको सुरुवात गरे । भण्डार र कुसी गाउँले भने वनलाई सामुदायिकीकरण गर्ने काममा चासो दिएनन् । त्यसैले कुसीगाउँको रानीवन र भण्डारका सालघारी, सल्लाघारी सरकारीमै सीमित रहन पुगे । उल्लिखित सामुदायिक वनले कटान फडानी र चरिचरनबाट वनलाई हुने हानीबाट जोगाए । वनको क्षेत्र घना जङ्गलमा परिणत भयो तर फेरि बिनामेसा बिना योजनाका कच्ची सडक निर्माण हुँदै गए । सडक विस्तारले सन्तानसरह हुर्काएका बोटबिरुवा मासिँदै गए । अव्यवस्थित बाटोका कारण भल पसेर कुस्मिसेरामा बाढीको बितण्डा मच्चियो । कतिपय ठाउँमा दशकौँ समय लगाएर हुर्काएको वन निमेश भरमै स्वाह भयो । अव्यवस्थित र विना सर्भेक्षणका यस्ता आयोजनाले यहाँको प्राकृतिक वातावरणको मुहारमा कालो पोतो दल्यो । प्राकृतिक स्रोतमाथिको यस्तो मानवीय लापर्बाहीका कारण नेपालले विदेशीलाई कार्बन व्यापार गरी आम्दानी गर्ने अरबौँ रुपियाँ गुम्ने खतरा पनि देखिन्छ । कार्बन सञ्चयन र त्यस प्रकृतिको व्यापारको मुख्य स्रोत भनेका यस्तै सामुदायिक वन हुन् ।
कुस्मिसेरा क्षेत्रको वनमा कालिज पर्याप्त पाइन्छ । पहाडी चितुवा, जङ्गली खरायो, भार्से, बाँदर, ढेडु, काग, गिद्ध, न्याउली, सारस, लामपुच्छ«े, बाज, चिल, काकाकुल यहाँको वनका शोभा हुन् । कालिजको बथान बढेको छ । तिनको चोरी सिकारी अनियन्त्रित छ । यदि यस क्षेत्रको वनलाई जीवन्त वनाउने हो भने कालिज आरक्षण क्षेत्र बनाउनु पर्छ । जसरी ढोरपाटन उपत्यका नाउर र घोरलको सिकारका लागि संसारभर प्रख्यात छ त्यसरी कुस्मिसेरा क्षेत्रको वनलाई कालिज सिकार आरक्षण निर्धारण गरी आयआर्जन बृद्धि गर्न सकिन्छ ।
कुस्मिसेरामा वन र जलस्रोतको प्रशस्त भण्डार भए पनि खनिजकोे भण्डार के कति छ भन्ने यकिन हुन सकेको छैन । नदी र खोलाबाट उत्पादन हुने बालुवा, ढुङ्गा, गिटीबाहेक यहाँ कार्भ स्टोन र स्लेट ढुङ्गा पाइने बुझिन्छ तर पनि यहाँको भौगर्भिक स्रोतको उपलब्धताका बारेमा ठोस र आधिकारिक अध्ययन हुन सकेको छैन । जाने हीरा नजाने झुसिल्किरा भनेझैँ कुनै बहुमूल्य खनिज वस्तु हाम्रै आँगनमा छरपस्ट अवस्थामा पो छ कि हामीलाई थाह छैन । यसबारे अन्वेषण गर्नु नगरपालिकाको कर्तव्य हुन आउँछ ।

६. धर्म–संस्कृति 
कुस्मिसेरामा आर्य र मङ्गोलको ज्यादा घनत्व रहेको छ । आर्यहरूले सनातन धर्म मान्छन् भने मङ्गोलहरूले आफूहरू सनातनी तागाधारी नभएको हुनाले फरक धार्मिक अस्था रहेको स्वीकार गर्छन् । यहाँ इस्लाम धर्माबलम्बी पनि छन् । सनातनीहरूले कुल देवता, सरस्वती, दुर्गा, गणेश, शिव र विष्णु लगायतका देवी देवतामाथि विश्वास गरेको देखिन्छ । यहाँ सनातनीको प्रभुत्व रहेको हुनाले सोही बमोजिमका मठ मन्दिरहरू निर्मित देखिन्छन् । सनातन आस्थालाई द्योतन गर्ने मन्दिरहरू जैमिनीश्वर महादेव (१९९०) जैमिनि घाट (आचार्य, सन् २०१९), सत्यरूपा मन्दिर टुनिबोट, गणेश मन्दिर फँलाटे, शिवालय मन्दिर ओडार, कुलमन्दिर टार, सामरुन्टा, भाटी र भन्डारमा रहेका छन् । मन्दिरको पूजाआजा र रेखदेख स्थानीय जनसमुदायबाटै हुँदै आएको छ । यहाँका प्रायजसो हिन्दूहरूले दशैँ, तिहार, श्रीपञ्चमी, रक्षा बन्धन, माघे सङ्क्रान्ति, फागु पूर्णिमा, राम नवमी, मातातीर्थ औँसी, भूमे पूजा, नागपूजा, कुलपूजा जस्ता धार्मिक पूजाहरू सम्पन्न गर्छन् । न्वारन, पास्नी, चूडाकर्म, विवाह, मृत्यु जस्ता संस्कारहरू पनि आफ्नै परम्परा अनुसार मनाउने गर्छन् । यस्तै सामाजिक रीतिरिवाजमा हलो बार्ने, वर्ग गन्ने, पुर पुराउ जगाउने, अर्मपर्म गर्ने, कचहरी बस्ने जस्ता परम्परा पर्छन् (जी.सी, २०६६ः २०) । यस्तै हिन्दू धर्मग्रन्थमा लिखित षोडश संस्कारहरू यहाँका बासिन्दाका मुख्य संस्कार हुन् । यसका अतिरिक्त इस्लाम धर्म मान्ने समुदायले कुरान निर्दिष्ट संस्कारलाई मार्ग दर्शक ठान्छन् । यस्ता मिश्रित संस्कार मान्ने समुदायहरू यहाँ बसोबास गरेका भए पनि अनेकतामा एक ढिक्का भएर बस्नु यहाँको स्थानीय विशेषता हो ।
मारुनी, घाँटु, खेली, चुड्का भजन, सालैजो, ओलेजो, यानीमाया, सुनीमाया झ्याउरे जस्ता लोकगीत यहाँको संस्कृतिका संवाहक हुन् । यहाँ विशेष चाडपर्वमा सोरठी, रोइला, बालन, गोपीनाच जस्ता लोकनाटक प्रदर्शन गर्ने प्रचलन रहेको छ (जि.सी., २०६६, २१) । दौरा सुरुवाल, ढाका टोपी, कोटमाथि गलबन्दी, गुन्यू चोलो याहाँका बासिन्दाका स्थानीय पहिरन हुन् । मगर जातिले भाङ्ग्रो, खुर्पा, कछाड, लुङ्गी, चोलो, चाँप, घलेक, टिकेस, ढुङ्ग्री, बुलाँकी जस्ता मौलिक परिधान प्रयोग गर्छन् । ठकुरी जातिका जातिगत पोषाक दौरा सरुबाल, कोट र कालो टोपी हुन् । उनीहरुले कम्मरमा खुकुरी पनि भिर्ने गर्छन् । सबै समुदायले मानाउने चाडबाड, रीतिरिवाज र खानपिन यस भेगका पहिचान हुन् । मगर जातिहरूले आफ्नो मातृभाषा भन्दा नेपाली भाषालाई नै सञ्चार साधनका रूपमा प्रयोग गर्छन् । अन्य जातिले पनि पर्वते उपभाषिकाको प्रयोग ज्यादा मात्रामा गर्छन् । सामरुन्टामा बसोबास गर्ने हरिजन जाति, सिरुबारीमा बस्ने मगर समुदाय र टिमुरखोलामा बसोबास गर्ने ठकुरीहरू कुस्मिसेराका बलिया मानवीय शक्ति हुन् । यी जनशक्तिको उचित परिचालनबाट नै सेराले विकासको मुहान फुटाउन सक्छ । वडाका यी मानवीय शक्तिहरू कतिपय अवस्थामा तुच्छ गालीका सिकार पनि भएका छन् । कानुनी रूपमा जातीप्रथालाई नकार गरिएको छ तापनि एकाङ्गी रूपमा धार्मिक रुढतालाई स्वीकार गरी छुवाछूत प्रथालाई प्रश्रय दिने समुदायले पुरानो चस्मा फेर्न आवश्यक ठानेको भने देखिन्न। 

७ शैक्षिक पूर्वाधार
शैक्षिक पूर्वाधारको विकासमा सर्कुवाको भाइ कुस्मिसेरा हो । भाइ यस मानेमा कि सेरामा प्राथमिक विद्यालय सञ्चालन हुँदै गर्दा सकुर्वामा माध्यमिक विद्यालयको पठनपाठन सञ्चालनमा थियो । पछि २०६४ सालमा आएर कुस्मिसेरामा प्रमाणपत्र तहका अतिरिक्त स्नातक तहको कक्षा पनि सञ्चालन हुन थाल्यो । त्यसपछि दाजु सर्कुवालाई पछाडितिरै छोड्दै कुस्मिसेरा एक कदम अगाडि बढ्यो ।  यहाँको उच्च शिक्षा दिने पहिलो संस्था शान्ति मा.वि बन्यो । यस भेगको जेठो शैक्षिक संस्था भने कुस्मि प्रा. वि. (२०११) कुसीगाउँ बन्न पुग्यो । त्यसपछि शान्ति मा.वि. (२०१८) कुस्मिसेरा, जैमिनि प्रा.वि. (२०३१) टुनिबोट, सिद्धगणेश प्रा.वि. (२०४५) भण्डार र हिमालय बोर्डिङ स्कुल (२०४८) सेरा बजार (निजी विद्यालय) स्थापित भए । सरस्वती प्रा.वि. (२०४९) बाँसटारी, जनचेतना प्रा. वि. (२०५१) सिरुबारी, पल्लोपाखा सामुदायिक मा.वि. (२०५७) टार, शान्ति दीप बहुमुखी क्याम्पस (२०६४ व्यवस्थापन र मानविकी) कुस्मिसेरा यस वडामा स्थापित भएका शैक्षिक संस्था हुन् (उप.प्रा.शेषनाथ पौडेलबाट प्राप्त हस्त लिखित सामग्रीमा आधारित) । यसलाई अहिलेको अवस्थाको पूर्वाधार सम्पन्न शैक्षिक संस्था बनाउन यस क्षेत्रका बासिन्दाले प्रशस्तै जनश्रदान दिएका छन् । गाविसको अस्तित्व हुने समयसम्म गाविसमा आएको सबैजसो बजेट यही विद्यालयको पूर्वाधार विकासमा लगाइएको थियो । यसलाई आकर्षक शैक्षिक गन्तव्य वनाउने काममा विद्यालयका प्र.अ.हरू विष्णु आचार्य, चन्द्रमणि पण्डित, कृष्ण पौडेल, प्रद्युम्न आचार्य, हरिहर शर्मा, हरिप्रसाद आचार्य, मेघनाथ शर्मा र यामबहादुर जिसीको मुख्य योगदान रहेको छ । 
उल्लिखित आठ विद्यालयबाट सञ्चालित नौ बालविकास केन्द्र हाल सञ्चालनमा छन् । जसमा जानकी बालविकास केन्द्र, टुनिबोट (जैमिनि प्रा.वि.बाट सञ्चालित), जनबृद्धि र शान्ति बालविकास केन्द्र (शान्ति मा.वि.बाट सञ्चालित), सिर्जनशील बालविकास केन्द्र, टार (पल्लोपाखा सामुदायिक मा.वि.बाट सञ्चालित) पर्दछन् । जनचेतना बालविकास केन्द्र, सिरुबारी, (जनचेतना प्रा.वि.बाट सञ्चालित), सिद्धिगणेश बालविकास केन्द्र, भण्डार, (सिद्धिगणेश प्रा.वि.बाट सञ्चालित), कोपिला र मुना बालविकास केन्द्र, (कुस्मि प्रा.वि.बाट सञ्चालित) खोलावारिका बालविकास हुन् । सरस्वती बालविकास केन्द्र, बाँसटारी (सरस्वती प्रा.वि.बाट सञ्चालित) खोलापारिको बालविकास केन्द्र हो (उप.प्रा.शेषनाथ पौडेलबाट प्राप्त हस्त लिखित सामग्रीमा आधारित) । बालविकास सुविधाका हिसाबले कलिला बालबालिकाको आकर्षक गन्तव्य बन्दै गएको छ तापनि यहाँका विद्यालयमा अति न्यूनतम सुविधा मात्र छन् । फुटबल, भलिबल, ब्याडमिन्टन, टिटी, लुँडो, बाघचाल, गट्टा, चुङ्गी, टापु यहाँका बालबालिका खेलसामग्री हुन् । पुस्तकालय, पाठ्यपुस्तक, स्टेसनरी, इन्टरनेट, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, खानेपानी, यातायात, दक्ष शिक्षक, विद्यालयको पोषाक आदिको पर्याप्त अनुपलब्धताका कारण यहाँका बालबालिका युग सुहाउँदो प्रविधिमैत्री सिकाइबाट बञ्चित हुन पुगेका छन् । 

८ पर्यटकीय स्थल
पर्यटन, कृषि र कच्चापदार्थको प्रशोधन कुस्मिसेराको अर्थतन्त्रको मेरुदण्ड हो । कुस्मिसेरालाई नेपालभर चिनाउने पर्यटकीय ठाउँ भनेको जैमिनि क्षेत्र हो । यहाँको शिव मन्दिर, गुफा र नदीवरिपरिका धार्मिक ऐतिहासिक स्थलको संरक्षण र भौतिक पूर्वाधारको विकास गर्ने हो भने स्वदेश तथा विदेशबाट हजारौँ पर्यटक भिœयाउन सकिन्छ । भारतबाट मुक्तिनाथ यात्राका लागि आउने हजारौँ तीर्थयात्रीलाई कालीगण्डकी करिडोरको बाटोबाट आउनका लागि प्रेरित गर्ने र उनीहरूलाई एक दिन जैमिनि घाटमै बिताउनका लागि पूर्वाधार निर्माण गर्ने अथवा त्यो हुन नसके पनि कम्तीमा यस धार्मिक स्थलमा उत्रेर यहाँका ऐतिहासिक स्थलको भ्रमण अवलोकन गर्ने वातावरण सिर्जना गरेमा आयआर्जन बढ्ने देखिन्छु । यसबारे विस्तृत आलेख पनि तयार भएको छ (आचार्य, सन् २०१९) । थप अध्ययन गर्नका लागि सन्दर्भमा दिइएको स्रोत उपयोग गर्न सकिन्छ । 
पल्लोपाखो सामुदायिक वनभित्र रहेको ठूलो छहरो पर्यटकीय सम्भावना भएको इलाका हो । यस सामुदायिक वन र छहरोलाई सहासिक पर्यटकीय ठाउँका रूपमा विकास गर्न सकिन्छ । खासमा यसकिसिमको सोचको विकास त्यहाँको सञ्चालक समितिमा आउनु आवश्यक छ । तारेभिरको वारिपट्टि लुगाधुने घाटको आडमा बगदुलो रहेको छ । हुन त यो बाघखोर मात्र हो तर पनि यसलाई पर्यटकीय स्थानका रूपमा विकास गर्न सकिन्छ । सिरुबारीको मगर बस्ती र टिमुरखोलाको ठकुरी गाउँमा घरबास परियोजनाको विकास गर्ने, यहाँ आएका पाहुनालाई सालैजो, यानीमाया, मारुनी, चुड्का भजन जस्ता मनोरञ्जनका साधनको प्रयोग गरी आयआर्जनको विकस गर्न सकिन्छ । यस बारेमा नगरपालिकामा दीर्घकालीन योजना बन्नु आवश्यक छ । जसले यहाँको दीगो विकासमा टेवा दिन सक्छ । 

९ विकासका सम्भावना
कुस्मिसेरामा विकासको अपार सम्भावना छ । नगरपालिकाको पहिलो काम प्रभावकारी रूपमा सञ्चालन हुने बाटो (चक्रपथ सहित) निर्माण गर्नु हो । बाटोको कामसँगै शैक्षिक र स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माण गर्नुपर्छ । प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा रहेको हेल्थपोष्टलाई नगरपालिकाको मापदण्डअनुरूप २५ शैयाको अस्पतालमा शीघ्रातिशीघ्र परिणत गर्नुपर्छ । विद्यालयहरूमा पुस्तकालय, शौचालय, खानेपानी, खाजा, शिक्षक र पाठ्यक्रम जस्ता न्यूनतम पूर्वाधारको विकास गर्नुपर्छ । पर्यटकीय क्षेत्र जैमिनिको विकासका लागि गुरुयोजना निर्माण गरी अविलम्ब पूर्वाधार निर्माणतिर लाग्नुपर्छ । न्यून आय भएका जनतालाई आयमुखी तालिको व्यवस्था गर्नुपर्छ । यहाँ उत्पादन हुने कृषिसामग्रीको प्रशोधन गरी जाम, वाइन, अचार, च्यबनप्रास र क्यण्डी जस्ता सामग्री बनाउनु पर्छ । जडीबुटीको पहिचान र संरक्षण गर्ने मात्र होइन प्राकृतिक सन्तुलन कायम हुने गरी तिनको दोहनको योजना पनि बनाउनु पर्छ । कृषिलाई व्यावसायिक पेसाका रूपमा अङ्गीकार गर्ने युवाहरूलाई तालिम र अनुदानको व्यवस्था मात्र गर्ने मात्र हैन उत्पादित सामग्रीको बजारीकरणका लागि पनि पहल गर्नुपर्छ । टेलिफोन र इन्टरनेट जस्ता अत्यावश्यकीय पूर्वाधाको द्रुत विकास गर्न नगरपालिका पछि पर्नु हुन्न । आधुनिक कृषिफर्म, मासुजन्य पदार्थको उत्पादन र प्रशोधन गर्नुपर्छ । निर्बाहमुखी कृषिप्रणालीको अन्त्य गरी व्यावसायिकतामा जोड दिनुपर्छ । यस नगरपालिकाले सेरादेखि हाँडीकोट र त्यहाँबाट नाम्दुक दमेकको गाजाको दह हुँदै कुस्मिसेरामै टुङ्गिने गरी साहसिक पदमार्गको विकास गर्नुपर्छ । दमेकको किटेनीदेखि सेराबजारसम्म खिर्रिँदै उड्ने चिप्लेटी (जिप फ्लायर) बनाएर पर्यटनको विकास गर्नुपर्छ । खेतीयोग्य जमिनको खण्डीकरण रोक्ने र खेती नहुने टारहरूमा बस्तीविस्तार गर्ने योजना बनाउनु पर्छ । टिमुर खोलामा बाँध बाँधी जलभण्डारणमा आधारित बिजुली उत्पादन कसरी गर्न सकिन्छ भनी अध्ययन अगाडि बढाउनु  पर्छ । अहिले कुस्मा नगरपालिका पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । त्यहाँ आएका पर्यटकलाई जम्मा १२ किमी दूरीमा रहेको जैमिनि घाटसम्म कसरी पु¥याउन सकिन्छ भनेर सोच्न, योजना बनाउन र त्यसका लागि प्रशस्त बजेट विनियोजन गर्नका लागि नगरपालिकालाई अविवेक, निष्क्रियता र अकर्मण्यताबाहेक केही कुराले छेकेको छैन ।

१० निष्कर्ष
गण्डकी प्रदेशको राजधानी पोखराबाट सन्तानब्बे किमी दूरीमा रहेको कुस्मिसेरा पञ्चायत कालदेखि प्रशासनिक केन्द्रका रूपमा स्थापित प्रचीन तपोभूमि हो । ९.८० वर्ग किमी क्षेत्रमा फैलिएको सेरा समुद्र सतहबाट ६१८ मिटरदेखि १०४२ मिटरसम्मको उच्चाइमा अवस्थित छ । कुस्मिसेरा शब्द कुस र फाँटप्रकारको रसिलो खेतको अर्थमा प्रयोग भए पनि अहिले त्यहाँका बासिन्दाको आर्थिक, सामाजिक, मनोवैज्ञानिक र प्रशासनिक आस्थाको प्रतिनिधित्व गरेको छ । प्रशस्त पानीको स्रोत भएको यो इलाकामा ऊर्जा उत्पादनको प्रबल सम्भावना छ । पानीसँगै वन यहाँको प्राकृतिक स्रोत हो । काठ, बिजुली र कृषिउपज यहाँबाट निर्यात हुने सामान हुन् । स्वास्थ्य क्षेत्रका पूर्वाधार अति कमजोर अवस्थामा रहेको यस नगरपालिकमा शैक्षिक पूर्वाधारको विकास भने सन्तोषजनक देखिएको छ । नगरपालिकामा उलब्ध हुने सुविधामध्ये शिक्षा पहिलो स्थानमा छ । खानेपानी दोस्रो स्थानमा छ । त्यसबाहेकका अन्य सुविधाहरू कमजोर अवस्थामा छन् । कृषि, स्वदेशी नोकरी र वैदेशिक रोजगारी आम्दानीका मुख्य स्रोत हुन् भने व्यापार व्यवसाय जीवन निर्बाहका द्वितीयक स्रोत हुन् । पर्यटन र कृषिको व्यावसायिक प्रबर्धन यस क्षेत्रको मुहार फेर्ने प्रमुख हतियार हुन् । 

सन्दर्भ सामग्री स्रोत
आचार्य, गोपालप्रसाद, जैमिनि न.पा.१ कुस्मिसेरा, टार ।
आचार्य आरुणि, टीकाराम, (सन्२०१९), https://easternphilosophynepal.blogspot.com/2019/04/blog-post.html

आचार्य, यदुनाथ, जैमिनि न.पा. १, कुस्मिसेरा , टार ।
आचार्य, होमनाथ, जैमिनि न.पा.१ कुस्मिसेरा, कुसीगाउँ ।
जि.सी., नवीनप्रताप, जैमिनि न.पा.१ कुस्मिसेरा, भण्डार ।
जि.सी., नवीनप्रताप, (२०६६) बागलुङ जिल्लाको दक्षिणी भेकअन्तर्गतको दमेक गाउँ विकास समितिमा प्रचलित लोकनाटक सोरठी ः एक अध्यन, स्नातकोत्तर तहको अप्रकाशित शोधप्रबन्ध, पोखराः पृथ्वीनारायण क्याम्पस ।
जैमिनि नगरपालिकाको सङ्क्षिप्त परिचय, कुस्मिसेराः जैमिनि नगरपालिका, https://jaiminimun.gov.np/content/introduction.

नीति तथा कार्यक्रम २०७७÷०७८, कुस्मिसेराः जैमिनि नगरपालिका, https://jaiminimun.gov.np/content/niti2077-078

पौडेल, शेषनाथ, जैमिनि न.पा. १, कुस्मिसेरा, टुनिबोट । 
पौडेल, रुद्रनाथ, जैमिनि न.पा. १, कुस्मिसेरा, किसेक ।
बजेट वक्तव्य २०७७÷०७८, कुस्मिसेराः जैमिनि नगरपालिका, https://jaiminimun.gov.np/content/budget2077-078

सापकोटा, टङ्कप्रसाद, जैमिनि न.पा. १ कुस्मिसेरा, सेरा बजार ।
सापकोटा, लक्ष्मीनारायण, जैमिनि न.पा. २, दमेक हाल गैँडाकोट नगरपालिका १, मन्दिरमार्ग, नवलपरासी ।
शर्मा नेपाल, वसन्तकुमार, २०६२ नेपाली शब्दसागर, चौँथो संस्क., काठमाडाँै ः भाभा पुस्तक भण्डार । 


Comments

Popular posts from this blog

Bharat Raj Panta भरतराज पन्त

प्रेतकल्प उपन्यास एक दृष्टि

प्रभा भट्टराई