Posts

Bharat Raj Panta भरतराज पन्त

> भरतराज पन्तको(१९८६-२०६५) साल असार ३० गते काठमाडौंमा भएको थियो । उनी मणिदत्त पन्त र ललितादेवीका छोरा थिए । उनी जन्मेको तीन वर्षा नै उनकी आमा स्वर्गीय भइन् । अर्को वर्षनेपालमा महाभूकम्पमा परेर उनको घर नै भत्कियो । तर उनका बुवाले केही वर्षउनलाई त्यही भत्केको घरको छिंडीको कुनामा राखेर हुर्काएका थिए । कृतिः जुनकिरी शोककाव्य > दोभान महाकाव्य शिक्षा : एम्ए पन्त आसुकवि थिए । पन्तको पन्ध्र वर्ष पुग्दानपुग्दै गोपालराज पाण्डे र पूर्र्णोन्दूप्रियाकी छोरी चित्रकुमारी पाण्डेसँग विवाह भयो । यिनको बिहेको भोलिपल्ट नै यिनका बुवालाई हटात ज्वरो आयो र त्यसको छ दिनमा उनी स्वर्गीय भए । त्यसपछि पन्तको अत्यन्तै दुक्खको दिनचर्या आरम्भ भयो । एकातिर पतिपत्नी माझ दिनहुँको कलह र अर्को तिर दुखद आर्थिक अवस्थाले डाम्न थालेपछि उनी विछिप्त हुँदै गए । पन्तकी श्रीमती रूपकी राम्री थिइँन् र उनी तरुनी पनि हुँदै आइन् । त्यसैले उनको श्रीमतीप्रतिको प्रेम, वासना र कामुकता पनि बढ्दै गयो । तर बराबर लोग्नेस्वास्नीको झैंझगडाले त्याहाँ आगो बलिरहने पनि गथ्र्यो । अनि अनमेलमा नै भए तापनि यी दम्पतिबाट दिनेश र रमेश अनि कल्पना र म...

आत्माराम शर्मा पुडासैनी Atma Ram Sharma Pudasaini

Image
आत्माराम शर्मा पुडासैनी विसं २०२० साल असार २२ गते काडमाडाँैको भद्रवासमा जन्मिएका आत्माराम नेपाली भाषाका कवि तथा कथाकार हुन् । उनका माता पिताको नाम क्रमशः मदोदरा र विनायक पुडासैनी हो । स्नातकोत्तर तहमा नेपाली भाषा अध्ययन गरेका शर्मा दूरसञ्चार सेवामा कार्यरत कर्मचारी हुन् । पहिलो रचना ‘लहर’ २०४० पत्रिकामा कविता प्रकाशन गरेका शार्माका ‘माफ गर बहिनी चिन्न सकिन’ (कविता संग्रह २०५७), ‘धुवाँ’ (कथा संग्रह २०६०), ‘डा. अंकल’ (२०६७) कृति प्रकाशित छन् । उनले ‘हातेमालो’ द्वैमासिक २०४२, ‘उत्साह’ साहित्यिक पत्रिका २०५४, ‘प्राची’ द्वैमासिक २०५४, ‘संचार’ र ‘शब्द संयोजन’ २०६१ प्त्रिका सम्पादन गरेका छन् । हाल च|बेलमा बसोबास गर्ने शर्मा मानवीय जीवनका अनुभूति सजिलो र रोचक पाराले अभिव्यक्त गर्न khप्पिस देखिन्छन् ।

राजेश्वर देवकोटाको ‘उत्सर्ग प्रेम’ उपन्यासमा सांख्य दर्शन by aruni acharya

राजेश्वर देवकोटाको ‘उत्सर्ग प्रेम’ उपन्यासमा सांख्य दर्शन टीकाराम आचार्य आरुणि  १. विषयवस्तु     गोर्खा जिल्लाको लिगलिग गा.वि.स.मा वि.सं. १९८६ सालमा जन्मिएका राजेश्वर देवकोटा मध्यमवर्गीय परिवारका हुन् । उनले पिता हरिभक्त देवकोटा र माता बसुन्धरा देवकोटाका जेठा सुपुत्रका रुपमा जन्मी, हुर्की, आफ्ना पण्डित पिताबाटै आरम्भिक शिक्षा ग्रहण गरेका हुन् । उनले संस्कृत साहित्यमा शास्त्री, अंग्रेजीमा बी.ए. र हिन्दीमा साहित्यरत्नसम्मको औपचारिक अध्ययन गरेको बुझिन्छ  ।  उनले औपचारिक अध्ययनका अतिरिक्त, कला, साहित्य र दर्शनका बारेमा प्रशस्त स्वाध्ययन गरेको पाइन्छ । हिन्दी भाषाबाट कलम चलाएका देवकोटाले कविता विधाबाट लेखनको आरम्भ गरेका पनि खुल्न आउँछ । साहित्यका क्षेत्रमा देवकोटाले निबन्ध बालसाहित्य जीवनी साहित्य, कविता, कथा र उपन्यास विधामा क्रियाशिलता रहेको देखिन्छ । उनका कृतिहरु निबन्ध विधातर्फ ‘शाही भोज’ (२०१४) ‘नेपाली निबन्धावली’ (२०१८) (सहलेखन), बाल साहित्य तर्फ ‘बाल साहित्य’ (सहलेखन), जीवनी साहित्यतर्फ ‘हाम्रा पुर्खाहरु’ (२०२४), कविता सँगालोका रुपमा ‘युगकाव्य’ (२०३९) र उ...

dharma

आजका तथाकथित विकसित मान्छे प्राचिन धर्मान्धता र अहङकारबाट ग्रस्त भई आ आफ्नै धर्मको उच्चतामा यति कठोर र अमानवीय रूपले आस्था भएको अभिनय गरेका छन् कि आफ्नो धर्म छोडेर अरु सबैका धर्महरू गलत र निकृष्ट हुन् भन्ने आशय मात्र दिदैनन् व्यवहारमा नै लागु गरेर देखाइ दिन्छन् ।

Class 11 Nepali

Image

नेपाली गृहकार्य

नेपाली गृहकार्य कक्षा १० तपार्इंलाई यो पेजमा स्वागत छ । तपाईको गृहकार्य यस प्रकार छ ः १. आमा अथवा बाबाको जीवनी लेखी फोटो टाँस्नु होस् । २. पुराना प्रश्नको सँगालो हेरी एक सेट प्रश्नको उत्तर लेख्नु होस् । ३. यस पेजमा प्रकाशित लेखको सूची बनाउनु होस् ।

darsanko bikas पूर्वका दर्शनको विकास

पूर्वका दर्शनको विकास प्रक्रिया टिकाराम आचार्य ‘आरुणि’ सारः यस आलेखमा पूर्वीय दर्शनको विकास प्रक्रियाको सामान्य आरेख प्रस्तुत गरिएको छ । वैदिक कालदेखि लिएर आधुनिक कालसम्मका दार्शनिकहरूको समान्य परिचय र तिनका कृतिको विवरण एवं समयको जानकारी गाराइएको छ । प्रस्तुत आलेखलाई व्यवस्थित गर्नका लागि सात अध्यायमा विभाजन गरिएको छ । यस आलेखबाट पाठकले दर्शनको विकासबारे सामान्य जानकारी प्रप्त गर्न सक्नेछन् । १. विषय प्रवेश        पूर्वीय संस्कृति, साहित्य, कला, भाषा र दर्शनको पृष्ठभूमि भनेर ‘‘ऋग्वेद’’लाई मानिदै आएको पाइन्छ । ‘वेद’ समावेशात्मक अर्थयुक्त शब्द रहेको पाइन्छ । जस अन्तर्गत संहिता, ब्राह्मण, आरण्यक, उनिषद् आदि समावेश भएको पाइन्छ । वैदिक कालीन ऋषिहरूले आफ्ना विचार र व्यवहारलाई मानिसको कल्याणका लागि सुखवादी सोच अँगाल्दै अघि बढाएको पाइन्छ (शर्मा र अन्य, २०६९ः ४८) । मानवीय सभ्यताको विकासमा पूर्वीय आर्यहरूको इतिहास, समाजिक नीति, चालचलन, मूल्य र मान्यता, सदाचार, दर्शन र धर्मको पूर्वाधार वेद रहेको बुझिन्छ (मिश्र, सन् २०१२ः ४७) । वेद, ब्राह्मण र आरण्यक आदि ग्रन्थह...