Posts

प्रेतकल्प उपन्यास एक दृष्टि

Image
आरुणि आचार्य १. विषय प्रवेश  नारायण ढकाल(२०१०) बाग्मती, काठमाडौँ,मूलपानी गा. वि. स. ५ का स्थानीय वासिन्दा हुन् । पिता नागेन्द्रप्रसाद ढकाल र माता शान्ता ढकालका दोस्रो गर्भ तथा पहिलो पुत्रका रूपमा जन्मिएका ढकालका पुर्खााको पेशा ज्योतिष रहेको थियो । हाल पत्रकार, राजनीतिज्ञ, कवि, उपन्यासकार र निबन्धकारका रूपमा आफ्नो व्यक्तित्व सबल बनाएका ढकाल २०२८ सालको ‘दमन’ साहित्यिक पत्रिकामा ‘विस्थापित’ नामक कथा प्रकाशन गरी साहित्यमा प्रवेश गरेका हुन् । उनका सहर यन्त्र(२०५०), इरफान अलि(२०५१), बहिर्गमन(२०६१) कथासङ्ग्रह, मु से कान्छाको करामत(२०५९), गोमाको यार्लिङ्(२०५९) बालकथा सङ्ग्रह प्रकाशित रहेका छन् । त्यस्तै पीत संवाद(२०५५), दुर्भिक्ष(२०६१), प्रेतकल्प(२०६५) तीनवटा उपन्यास र तिन संवत्सर र शोकमग्न यात्री निबन्ध सङ्ग्रह प्रकाशित रहेका छन् । ‘प्रार्थना’ र ‘पहिलो घाममा प्रार्थनाको वियोगान्त’ फुटकर कविता पनि प्रकाशित भएका छन् । उत्तम शान्ति पुरस्कार २०५२, लोकेन्द्र साहित्यिक पुरस्कार २०५४, मैनाली कथा पुरस्कार २०५४ बाट पुरस्कृत ढकाल खासगरेर प्रगतिवादी साहित्यकार हुन् । उनको ‘पे्रतकल्प’ उ...

साङ्ख्य दर्शनका कोणबाट उपन्यासको विश्लेषण

Image
मिति २०७६।०५।१४ सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको नियमित कार्यक्रम अन्तर्गत आज शनिवार राजेश्वर देवकोटाका उपन्यासमाथि विमर्श कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका आजीवन सदस्य श्री डा.टीकाराम आचार्य ‘आरुणि’ले आफ्नो ‘राजेश्वर देवकोटाका उपन्यासमा साङ्ख्य दर्शन’ शीर्षकको विद्यावारिधि शोधप्रबन्धको सार प्रस्तुत गर्दै साङ्ख्य दर्शनका आधारभूत अवधारणाका आधारमा देवकोटाका उपन्यास विश्लेषण गरिएको बताएका थिए । साङ्ख्य दर्शन द्वैतवादमा आधारित रहेको र यसका मूल तव प्रकृति र पुरुषका विशेषताका आधारमा पहिलोबाजि समालोचना कर्म गरिएको धारणा उनको रहेको थियो । देवकोटाका उपन्यासको विश्लेषणका क्रममा २८ वटा दार्शनिक विशेषता सघन रुपमा पाइएको उनको जिकिर रहेको थियो । देवकोटाका आठवटा औपन्यासिक कृतिमध्ये चारवटा उपन्यासमा साङ्ख्य दर्शनको घनत्व बढी पाइने र दर्शनको प्रभावका आधारमा तिनको वर्गीकरण पनि गर्न सकिने उनको विचार रहेको थिायो । उनले भनेका छन् ः “आध्यात्मिक ज्ञान र साङ्ख्य दर्शनको वैराग्य सम्बन्धी विचार प्रखर मात्रामा प्रस्तुत गर्ने ‘पूर्वकथा’ पहिलो कोटिको उपन्यास हो । त्यस्तै त्याग, कर्मशी...

बुद्ध दर्शन BUDDHA DARSHANA

Image
बुद्ध दर्शनका आफ्नै मौलिकता भएका कारण इतिहासले एउटा विशिष्ट मूल्य दिएको छ । आफ्ना मूलभूत विचार एवम् सारवस्तुमा उन्नाइसौं शताब्दीका प्रख्यात नास्तिक वैज्ञानिकसँग बुद्ध विचार मिल्दोजुल्दो देखिएको छ । जर्मनेली सोपेनहावर र हार्टमनले कुनै नयाँ विचारको प्रतिपादन नगरेर बुद्ध विचारको पुनरावृत्तिमात्र गरेका थिए । उनीहरूका विचारको आलोचना गर्दै आलोचकहरूले बुद्धको मतभन्दा पनि बढी असँस्कृत एवम् अप्राकृत भनेका छन् । बौद्ध दर्शनले वर्तमान समयका क्रियात्मक मागको पूर्तिका लागि अत्यन्तै अनुकुल विचार प्रस्तुत गरेको छ । यस्तो किसिमको विचार धार्मिक विश्वास र भौतिक विज्ञानका बिचमा जुन खाडल छ त्यसलाई परस्परमा मिलाएर समन्वित तुल्याउने काममा सहायक देखिन्छ । यस विषयमा विशद चर्चा गर्न सकिए पनि यस आलेखमा बुद्ध जीवनवृत्त र व्यक्त्विका वारेमा मात्र चर्चा गरिएको छ । नेपालको कपिलवस्तु जिल्लामा एक अद्वितीय राजकुमार सिध्दार्थ गौतमको जन्म भएको थियो । जसमा धर्मिक त्याग, उच्च आदर्श, जीवनको यथार्थबोध एवम् मनुष्य मात्रमा प्रेमको भावना विकसित भएका कारण उनीपूर्व र उनीपछिका व्यक्तिहरूमा एक विशिष्ट महापुरुष बन्न सफल भएका छन...

जैमिनि क्षेत्र कुस्मिसेरा JAIMINI CHHETRA KUSHMISERA

Image
जैमिनि क्षेत्र कुस्मिसेरा          टीकाराम आचार्य ‘आरुणि’ जैमिनि न.पा. १ कुस्मिसेरा ।     बागलुङ जिल्ला सदरमुकामको दक्षिणतिर पहाडी भेगमा पर्ने जैमिनि नगरपालिको वडा नं. १ मा जैमिनि क्षेत्र रहेको छ । ९.७६ वर्ग कि.मी. मा फैलिएको कुुस्मिसेराबाट बग्ने ठेउले खोलाको पुछार र कालगण्डकी नदीको किनारमा जैमिनि क्षेत्र अवस्थित छ । जैमिनि क्षेत्र कुस्मिसेराको मात्र नभएर दमेक, सकुर्वा, बिनामारे, अर्जेवा, जैदी, छिस्ती, पैयुँथन्थाप र राङ्खानी जस्ता ठाउँहरूको पनि आस्थाको धरोहर हो । उक्त ठाउँका करिब एकतिस हजार (२०७५ साल सम्ममा) जनताहरूले जैमिनि घाट भनेर सम्बोधन गर्छन् । यस क्षेत्रको उत्तरतिरबाट ठेउले खोला बग्दैे आएको छ भने दक्षिणतिर कालीनदी बगिरहेको छ । उक्त स्थानबाट उत्तरतर्फ लाग्दा कुस्मिसेराको टुनिबोट पुगिन्छ भने दक्षिणतिर अवस्थित कालीनदीको पुल तरेर पर्वतको फलेबास पुगिन्छ । पूर्वतिरको भूभागमा सरङ्गी र पश्चिमतिर बिनामारे÷थन्थाप अवस्थित छ । वर्तमान समयमा गण्डकीकै पश्चिमतिरबाट कालीगण्डकी (करिडोर) राजमार्ग बनाइएको छ । यस मार्गले जैमिनि क्षेत्रसम...

कालभैरब मन्दिर बलेवा KALBHAIRAB MANDIR BALEWA BAGLUNG

Image
कालभैरब मन्दिर बलेवा टीकाराम आचार्य ‘आरुणि’  जैमिनी न.पा.१ कुस्मिसेरा, बागलुङ । १. परिचय ग्रामीण समुदालयले भैरम वा भैरिम भनेर सम्बोधन गरिने भैरब शिवजीका अवतार मानिन्छन् । पुरुष देवता कालभैरबले आम मानिसका भूमि, गोधन, अन्नबाली र परिवारको पनि सुरक्षा गर्छन् । भैरबको मन्दिर पहाड, उपत्यका र तराईका भूभागमा पाइन्छ । उनलाई धर्मशास्त्र अनुसार शिवजीका आठवटा प्रथमादि गणमध्ये एक गण रहेको स्वीकार गरिन्छ । संस्कृत व्याकरणका अनुसार भैरब शब्दको व्युत्पत्ति भने भीरु शब्दमा अण् प्रत्यय लागेर बनेको हो । पौराणिक मान्यता अनुसार भैरबको जन्म शिवजीबाट भएको हो । भैरबलाई धार्मिक बाहेक कोशीय अर्थबाट नियाल्दा भयानक, डरलाग्दो, भीषण र भयावह भन्ने तात्पर्यमा प्रयोग गरिएको पाइन्छ । भैरब शब्दको अर्थ भयानक भए पनि रूपाकृति डरलाग्दो देखिए पनि भक्तजनले उनलाई अत्यन्त दयालु एवं भक्तभीरु स्वभाव भएका देवताका रूपमा सम्मान गर्दछन् । भैरबलाई जुनसुकै ठाउँका श्रद्धालु भक्तजनले पूजा आराधना गर्न सक्छन् । त्यसो भए पनि कुनै ठाउँ विशेषको अधिपति वा स्थानीय देवताका रूपमा भक्तजनले उनको आदर गर्दछन् । क्षेत्रपति भैरबका अन...