Posts

घनघस्याको उकालो काट्दा

Image
 

नेपालको सामरिक विशिष्टता

 नेपालको सामरिक विशिष्टता डा. टीकाराम आचार्य ‘आरुणि’ सार नेपाल एसिया महादेशको मुटुमा अवस्थित चीन र भारतजस्ता महŒवाकाङ्क्षी देशको भूगोल र कूटनीतिले घेरिको अवस्थामा छ । यी दुई देशको समृद्धि र स्वार्थ उत्तरोत्तर बृद्धि भएसँगै नेपालको सामरिक विशिष्टता बढेर गएको छ । यिनका अतिरिक्त अमेरिकी एसियाकेन्द्री कूटनीतिको केन्द्रमा पनि नेपाल रहेको छ । यहाँ चलखेल गर्ने शक्तिदेशहरूले नेपाली सनातन मौलिकतामाथि प्रहार गर्दै गएका छन् । उनीहरूसँग लिइने अधिक परिमाणको सहायताले आत्माभिमानमा आँच आउने देखिएका कारण चतुरतापूर्वक कूटनैतिक सम्बन्ध कायम गर्दै जानु र आफ्नो क्षमता बढाउँदै लैजानु आजको आवश्यकता हो । मुख्य शब्द ःरणनैतिक साझेदार, सामरिक प्रतिस्पर्धा, युद्धकार्य, भौतिक हतियार, प्रतिरोध, नक्सा १.विषय प्रवेश राजनीति, अर्थनीति, कूटनीति र सेना राष्ट्रिय सुरक्षाका अङ्ग हुन् भने प्राकृतिक स्रोत, जनसङ्ख्या र भूगोल देशका महŒवपूर्ण शक्ति हुन् । राष्ट्रका यस्ता शक्तिलाई उचित तरिकाले व्यवस्थापन, नियन्त्रण र परिचालन गर्ने तŒव राजनैतिक दर्शन हो । राजनीतिले नै राष्ट्रका यस्ता संवेदनशील पक्षको नियन्त्रण गरेको हुन्...

सेरोफेरो ः कुस्मिसेराको

Image
सेरोफेरो ः कुस्मिसेराको                                                                                                                                                   डा.टीकाराम आचार्य ‘आरुणि’                                                                                           ...

नेपाली किताब कक्षा १२

https://classroom.google.com/c/Mzk4NzcxNjY2NzQx?cjc=xbodapj

कक्षा ११/१२ नेपाली पाठ्यक्रम

Image
 

स्फोटवाद

  स्फोट संस्कृत व्याकरण परम्परामा आविष्कृत पाणिनीय दर्शनको महत्त्वपूर्ण विषय हो। केही व्यक्तिहरू यस स्फोट (नित्य शब्द) लाई विश्व उत्पत्तिको कारण वा ब्रह्म मान्दछन्। तिनै शब्द स्फोटलाई विश्वको मूल कारण मान्नेहरूलाई स्फोटवादी र यसको नियमलाई स्फोटवाद भनिन्छ। पाणिनी दर्शनमा वर्णहरुको वाचकत्वलाई भन्दा त्यसबाट प्रवाह हुने स्फोटात्मक अर्थलाई बढी जोड दिइएको छ । वर्णद्वारा जे अर्थ प्रस्फुटित हुन्छ त्यो वर्णातिरिक्त हुन्छ भन्ने उनीहरुको मान्यता छ । जस्तै: कमल शब्दका क, म र ल वर्णबाट जुन कमल भन्ने वास्तविक फूल अर्थ निस्कन्छ त्यो कमल शब्दको सामूहिक अर्थ हो  वर्णको होइन । हो त्यही स्फोट हो र स्फोट नित्य छ ।  पाणिनीय दर्शनको मतअनुसार स्फोटात्मक निरवयव नित्य शब्द नै  यो सारा जगत्काे आदि कारण हो र त्यसलाई परब्रह्म पनि भनिन्छ । अनादि अक्षर रूप शब्द ब्रह्मको सामर्थ्यबाट भाषिक व्यवस्था अर्थमा पर्वर्तित हुन्छ । शब्दका नित्य र अनित्य दुई भेद छन् । नित्य शब्द स्फोट मात्र हो । सम्पूर्ण वर्णात्मक उच्चरित शब्द अनित्य हुन् । अर्थबोधन सामर्थ्य केवल स्फोटमा हुन्छ । वर्ण भनेका (स्फोट) अभिव्यक्ति...

प्रभा भट्टराई

साभार ः सुलेख पत्रिका  www.sulekhmasik.com.np लेखक ः बाजुराम पौडेल पिता नारायणदत्त शास्त्री र माता मिठ्ठू आचार्यका सुपुत्रीका रूपमा वि.सं. २०२२ कात्तिक १६ का दिन चँुदी रम्घा, तनहँुमा प्रभा भट्टराई (आचार्य) को जन्म भयो । हाल उनी भीमसेन थापा मार्ग–१०२, ताहाचल, वडा नं. १३, काठमाडौँमा छोरी सम्पदा र छोरा ्सत्येन्द्रका साथ पारिवारिक जीवन बिताउँदै छिन् । वि.सं. २०४६ मा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर पूरा गरी हाल पद्मकन्या क्याम्पसमा उपप्राध्यापक भई प्राध्यापन गरिरहेकी प्रभा भट्टराईले भारत तथा चीनका सीमावर्ती ठाउँ र नेपालका अधिकांश जिल्लाहरूमा भ्रमण गरेकी छन् । शिक्षित एवं उच्च कुलीन परिवारका जन्मेकी प्रभा भट्टराई (आचार्य) लाई आफ्नो व्यक्तित्व निर्माणका लागि त्यति सङ्घर्ष गर्नु नपरेको बुझिन्छ । हुन पनि शिक्षा, सङ्गत, पारिवारिक वातावरण तथा उनको आफ्नै तीक्ष्णताका कारण उनको जीवनउत्थान सहज बनेको अनुभव हुन्छ । सुशिक्षा र शिक्षित अभिभावकका मार्ग निर्देशन प्रभाका लागि उपयोगी अवसर बन्यो । यसैगरी अनुशासित र मर्यादित उनका जीवनयात्राले उनी स्वयम्लाई धैर्यशील र जीव...