Posts

कालभैरब मन्दिर बलेवा KALBHAIRAB MANDIR BALEWA BAGLUNG

Image
कालभैरब मन्दिर बलेवा टीकाराम आचार्य ‘आरुणि’  जैमिनी न.पा.१ कुस्मिसेरा, बागलुङ । १. परिचय ग्रामीण समुदालयले भैरम वा भैरिम भनेर सम्बोधन गरिने भैरब शिवजीका अवतार मानिन्छन् । पुरुष देवता कालभैरबले आम मानिसका भूमि, गोधन, अन्नबाली र परिवारको पनि सुरक्षा गर्छन् । भैरबको मन्दिर पहाड, उपत्यका र तराईका भूभागमा पाइन्छ । उनलाई धर्मशास्त्र अनुसार शिवजीका आठवटा प्रथमादि गणमध्ये एक गण रहेको स्वीकार गरिन्छ । संस्कृत व्याकरणका अनुसार भैरब शब्दको व्युत्पत्ति भने भीरु शब्दमा अण् प्रत्यय लागेर बनेको हो । पौराणिक मान्यता अनुसार भैरबको जन्म शिवजीबाट भएको हो । भैरबलाई धार्मिक बाहेक कोशीय अर्थबाट नियाल्दा भयानक, डरलाग्दो, भीषण र भयावह भन्ने तात्पर्यमा प्रयोग गरिएको पाइन्छ । भैरब शब्दको अर्थ भयानक भए पनि रूपाकृति डरलाग्दो देखिए पनि भक्तजनले उनलाई अत्यन्त दयालु एवं भक्तभीरु स्वभाव भएका देवताका रूपमा सम्मान गर्दछन् । भैरबलाई जुनसुकै ठाउँका श्रद्धालु भक्तजनले पूजा आराधना गर्न सक्छन् । त्यसो भए पनि कुनै ठाउँ विशेषको अधिपति वा स्थानीय देवताका रूपमा भक्तजनले उनको आदर गर्दछन् । क्षेत्रपति भैरबका अन...

पश्चिमी दर्शनको सङ्क्षिप्त स्वरूप

पश्चिमी दर्शनको सङ्क्षिप्त स्वरूप                                                                                                                          टीकाराम आचार्य  आरुणि               संसारका मानिसका इन्द्रियजन्य समवेदनाको तोड समान किसिमको रहेको देखिन्छ । इन्द्रिको भरणपोषण गर्ने परिपाटी अलग भए पनि विचारका निर्माणका लागि चाहिने आधार सामग्री समान किसिमकै देखिन्छन् । मानवीय अनुभूति र दर्शनका चिन्तनमा केकस्ता विशेषता पहिचान हुन सक्छन् भन्ने ध्येयले पश्चिमी दर्शनका सारभूत विचारको सिंहावलोकन गरिएको छ । प्राचीनकाल      पूर्वमा कपिल ऋषिले ‘साङ्ख्यसूत्र’ (ई.पू.७०० तिर) लेखेर प्रकृति संसारको सृष्ट...

Bharat Raj Panta भरतराज पन्त

> भरतराज पन्तको(१९८६-२०६५) साल असार ३० गते काठमाडौंमा भएको थियो । उनी मणिदत्त पन्त र ललितादेवीका छोरा थिए । उनी जन्मेको तीन वर्षा नै उनकी आमा स्वर्गीय भइन् । अर्को वर्षनेपालमा महाभूकम्पमा परेर उनको घर नै भत्कियो । तर उनका बुवाले केही वर्षउनलाई त्यही भत्केको घरको छिंडीको कुनामा राखेर हुर्काएका थिए । कृतिः जुनकिरी शोककाव्य > दोभान महाकाव्य शिक्षा : एम्ए पन्त आसुकवि थिए । पन्तको पन्ध्र वर्ष पुग्दानपुग्दै गोपालराज पाण्डे र पूर्र्णोन्दूप्रियाकी छोरी चित्रकुमारी पाण्डेसँग विवाह भयो । यिनको बिहेको भोलिपल्ट नै यिनका बुवालाई हटात ज्वरो आयो र त्यसको छ दिनमा उनी स्वर्गीय भए । त्यसपछि पन्तको अत्यन्तै दुक्खको दिनचर्या आरम्भ भयो । एकातिर पतिपत्नी माझ दिनहुँको कलह र अर्को तिर दुखद आर्थिक अवस्थाले डाम्न थालेपछि उनी विछिप्त हुँदै गए । पन्तकी श्रीमती रूपकी राम्री थिइँन् र उनी तरुनी पनि हुँदै आइन् । त्यसैले उनको श्रीमतीप्रतिको प्रेम, वासना र कामुकता पनि बढ्दै गयो । तर बराबर लोग्नेस्वास्नीको झैंझगडाले त्याहाँ आगो बलिरहने पनि गथ्र्यो । अनि अनमेलमा नै भए तापनि यी दम्पतिबाट दिनेश र रमेश अनि कल्पना र म...

आत्माराम शर्मा पुडासैनी Atma Ram Sharma Pudasaini

Image
आत्माराम शर्मा पुडासैनी विसं २०२० साल असार २२ गते काडमाडाँैको भद्रवासमा जन्मिएका आत्माराम नेपाली भाषाका कवि तथा कथाकार हुन् । उनका माता पिताको नाम क्रमशः मदोदरा र विनायक पुडासैनी हो । स्नातकोत्तर तहमा नेपाली भाषा अध्ययन गरेका शर्मा दूरसञ्चार सेवामा कार्यरत कर्मचारी हुन् । पहिलो रचना ‘लहर’ २०४० पत्रिकामा कविता प्रकाशन गरेका शार्माका ‘माफ गर बहिनी चिन्न सकिन’ (कविता संग्रह २०५७), ‘धुवाँ’ (कथा संग्रह २०६०), ‘डा. अंकल’ (२०६७) कृति प्रकाशित छन् । उनले ‘हातेमालो’ द्वैमासिक २०४२, ‘उत्साह’ साहित्यिक पत्रिका २०५४, ‘प्राची’ द्वैमासिक २०५४, ‘संचार’ र ‘शब्द संयोजन’ २०६१ प्त्रिका सम्पादन गरेका छन् । हाल च|बेलमा बसोबास गर्ने शर्मा मानवीय जीवनका अनुभूति सजिलो र रोचक पाराले अभिव्यक्त गर्न khप्पिस देखिन्छन् ।

राजेश्वर देवकोटाको ‘उत्सर्ग प्रेम’ उपन्यासमा सांख्य दर्शन by aruni acharya

राजेश्वर देवकोटाको ‘उत्सर्ग प्रेम’ उपन्यासमा सांख्य दर्शन टीकाराम आचार्य आरुणि  १. विषयवस्तु     गोर्खा जिल्लाको लिगलिग गा.वि.स.मा वि.सं. १९८६ सालमा जन्मिएका राजेश्वर देवकोटा मध्यमवर्गीय परिवारका हुन् । उनले पिता हरिभक्त देवकोटा र माता बसुन्धरा देवकोटाका जेठा सुपुत्रका रुपमा जन्मी, हुर्की, आफ्ना पण्डित पिताबाटै आरम्भिक शिक्षा ग्रहण गरेका हुन् । उनले संस्कृत साहित्यमा शास्त्री, अंग्रेजीमा बी.ए. र हिन्दीमा साहित्यरत्नसम्मको औपचारिक अध्ययन गरेको बुझिन्छ  ।  उनले औपचारिक अध्ययनका अतिरिक्त, कला, साहित्य र दर्शनका बारेमा प्रशस्त स्वाध्ययन गरेको पाइन्छ । हिन्दी भाषाबाट कलम चलाएका देवकोटाले कविता विधाबाट लेखनको आरम्भ गरेका पनि खुल्न आउँछ । साहित्यका क्षेत्रमा देवकोटाले निबन्ध बालसाहित्य जीवनी साहित्य, कविता, कथा र उपन्यास विधामा क्रियाशिलता रहेको देखिन्छ । उनका कृतिहरु निबन्ध विधातर्फ ‘शाही भोज’ (२०१४) ‘नेपाली निबन्धावली’ (२०१८) (सहलेखन), बाल साहित्य तर्फ ‘बाल साहित्य’ (सहलेखन), जीवनी साहित्यतर्फ ‘हाम्रा पुर्खाहरु’ (२०२४), कविता सँगालोका रुपमा ‘युगकाव्य’ (२०३९) र उ...

dharma

आजका तथाकथित विकसित मान्छे प्राचिन धर्मान्धता र अहङकारबाट ग्रस्त भई आ आफ्नै धर्मको उच्चतामा यति कठोर र अमानवीय रूपले आस्था भएको अभिनय गरेका छन् कि आफ्नो धर्म छोडेर अरु सबैका धर्महरू गलत र निकृष्ट हुन् भन्ने आशय मात्र दिदैनन् व्यवहारमा नै लागु गरेर देखाइ दिन्छन् ।

Class 11 Nepali

Image